Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एक जना व्यक्तिको गल्तीले पूरै राजनीति बदनाम छः विश्वप्रकाश शर्मा


एक जना व्यक्तिको गल्तीले पूरै राजनीति बदनाम छः विश्वप्रकाश शर्मा

सुर्खेत – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुनै एक व्यक्तिले गरेको गल्तीका कारण पूरै राजनीति बदनाम हुने गरेको बताएका छन्। कर्णाली उत्सवको चौथो संस्करणको ‘सग्लो समाजः सङ्लो राजनीति’ सत्रमा वक्ताका रुपमा सहभागी शर्माले केही राजनीतिज्ञको प्रवृत्तिका कारण समग्र राजनीतिप्रति जनतालाई वितृष्ण जागेको बताए।

‘राजनीतिभित्र भएका सबै मानिस एउटै छैनन्, केही राम्रा पनि छन् भन्ने कुरा जनतालाई बुझाउन सकिएको छैन,’ उनले भने, ‘गर्नुपर्ने कामको प्राथमिकता निर्धारण गर्न नसकिनु, समयमै आयोजना सम्पन्न नहुनु, भनेको बेला सेवा लिन नपाउनुजस्ता कुराले राजनीतिप्रति मानिसलाई वितृष्णा जागेको पाइन्छ।’

उनले अगाडि भने, ‘कुनै दिन जिल्ला प्रशासन कार्यालय नागरिकता लिन पुगेको मानिसले समयमै नागरिकता नपाउँदा त्यहाँ ढिलो गर्ने कर्मचारीलाई भन्दा नेतालाई गाली गर्छ।’

संस्थामै राजनीतिकरण हुने गरेकाले अहिले राजनीति निष्पक्ष नभएको उनको भनाइ छ। उनले राजनीतिक रुपमा हुने हरेक निर्णयहरु निष्पक्ष हुनुपर्ने बताए।

उनले राजनीतिलाई सङ्लो बनाउन राजनीतिज्ञले पदको लोभ गर्न नहुनेमा जोड दिए। ‘राष्ट्रपति बन्ने हो भने एक पटक मात्र बनोस्, प्रधानमन्त्री बनेको मान्छे दुई पटक मात्र बनोस्,’ महामन्त्री शर्माले भने, ‘मन्त्री बन्ने हो भने तीन पटक र सांसद बन्ने हो भने ४ वर्ष बनोस्, बाँकी समय अर्कोलाई मौका दिनुपर्छ।’

उनले राजनीतिज्ञले संवैधानिक निकायमा आफ्नो भाग खोज्ने प्रवृत्ति समाजमा राजनीतिप्रति वितृष्णा जगाउने अर्को विषय भएको टिप्पणी गरे। देश विकासका लागि राजनीतिक दलको मात्र योग्दान छ भन्ने बुझाइलाई छोड्नुपर्ने उनको सुझाव थियो।

महामन्त्री शर्माले बालबालिका, महिला, युवाबीचको असमानतालाई हेरेर राजनीतिले आफ्नो बाटो निर्धारण गर्नुपर्नेमा जोड दिए। यसरी अघि बढे राजनीति सङ्लो बन्ने उनको सुझाव थियो।

‘हामी अहिले जुन स्थानमा छौँ, त्यो अपर्याप्त छ, हामी कैयौँ दुनियाँको तुलनामा कमै छौँ,’ उनले भने, ‘हामीले जति गर्नुपर्थ्यो त्यो गर्न नसकिएको कुरा आत्मसात गर्नुपर्छ, तर हामीले केही गरेका कुरालाई पनि मनन् गर्नैपर्छ।’

सत्रमा सहभागी मानव अधिकारकर्मी मोहना अन्सारीले यसअघि असमानता र विभेदमा टिकेको नेपालको राजनीति विस्तारै परिवर्तन हुँदै गएको बताइन्। उनले जनताको चाहना बुझेर राजनीतिक दलले आफ्नो बाटो निर्धारण गर्नुपर्नेमा जोड दिइन्।

‘जनताले मेरो घरलाई सिंहदरबार बनाइदिनु भनेका छैनन्, उनीहरुले रोजगारीका लागि हामी भौतारिनु नपरोस् भन्ने चाहेका छन्,’ उनले भनिन्, ‘यस्ता कुरालाई राजनीज्ञले बुझ्न जरुरी छ।’

अन्सारीले समाजको प्रतिविम्वका रुपमा रहेको राजनीति सफा भए मात्र समाज पनि सफा हुने बताइन्। ‘राजनीति सफा भए समाज सफा हुने हो, तर त्यो प्रत्याभूति जनताले गरेको अहिलेसम्म पाइएको छैन,’ उनले भनिन्, ‘यसमा नीतिगत, कानुनी अड्चन छन्, सङ्लो राजनीति गर्न यसलाई सुधार गर्नुपर्छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

fifa हत्याको आरोपमा आठ पक्राउ

रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रशासकीय अधिकृतसहित तीनजा घुससहित पक्राउ

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

काँग्रेस महाधिवेशन : प्रतिनिधि हारे पनि माथिल्लो तहमा उम्मेदवार हुन पाउने

मन्त्रीहरूको नाम टुङ्गो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

‘बालविवाह अन्त्य गर्न तीनै तहका सरकारबीच समन्वय हुनुपर्छ’

‘बालविवाह अन्त्य गर्न तीनै तहका सरकारबीच समन्वय हुनुपर्छ’

भारतमा कोरोना संक्रमण बढ्दा पनि नाकामा बेवास्ता

भारतमा कोरोना संक्रमण बढ्दा पनि नाकामा बेवास्ता

भर्खरै प्रकाशित

fifa हत्याको आरोपमा आठ पक्राउ

रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रशासकीय अधिकृतसहित तीनजा घुससहित पक्राउ

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

काँग्रेस महाधिवेशन : प्रतिनिधि हारे पनि माथिल्लो तहमा उम्मेदवार हुन पाउने

मन्त्रीहरूको नाम टुङ्गो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

fifa हत्याको आरोपमा आठ पक्राउ

fifa हत्याको आरोपमा आठ पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि