Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नीतिगत अस्थिरताको मारमा निकुञ्ज पर्यटन


नीतिगत अस्थिरताको मारमा निकुञ्ज पर्यटन

अमलटारी (नवलपुर), फागुन ८ गते । नीतिगत स्थिरता नहुँदा चितवन राष्ट्रिय निकुञ्जमा हुने पर्यटकीय गतिविधि प्रभावित बनेको छ । नेपालमा निकुञ्ज पर्यटनको सुरुवात भएको उक्त क्षेत्रमा पर्यटकीय गतिविधि सञ्चालनसम्बन्धी स्थिर नीति नहुँदा विभिन्न समयमा समस्या देखिने गरेको हो ।

निकुञ्जभित्र हुने जङ्गल सफारी बन्द गर्ने र खोल्ने समय यकिन नहुनु, सफारीका लागि प्रयोग हुने सवारीको अनुमतिमा एकरूपता नहुनेजस्ता अवस्थाले पश्चिम चितवन र नवलपुर क्षेत्रका पर्यटन व्यवसायी मारमा परेका छन् । खास गरी निकुञ्ज बन्द र खुला गर्ने समयको टुङ्गो नलाग्दा सफारीका लागि जाने पर्यटक त्यसबाट वञ्चित हुनुपर्ने अवस्थासमेत सिर्जना भएको छ । निकुञ्ज खुल्ने र बन्द हुने समयसम्बन्धी स्थिर नीति नहुँदा पर्यटकलाई सही जानकारी दिन समस्या हुने गरेको टेम्पल टाइगर गु्रप अफ कम्पनीजका अध्यक्ष वसन्त मिश्रले जानकारी दिनुभयो । “यस किसिमको अस्थिर नीतिले यस क्षेत्रको समग्र पर्यटनलाई नै असर पु-याइरहेको छ,” उहाँले भन्नुभयो ।

निकुञ्जले पश्चिम क्षेत्रबाट हुने सफारी गत भदौमा बन्द गरेर माघ पहिलो साता मात्र खुलाएको थियो तर सौराहाबाट हुने सफारी भने असोजमै खुला भएको थियो । त्यस्तै पश्चिम क्षेत्रबाट हुने सफारीका लागि एकदमै कम मात्र सवारीसाधन उपलब्ध गराएको मिश्रले जानकारी दिनुभयो । “हाम्रै कुरा गर्दा एउटा मात्र सवारीसाधनको अनुमति दिएको छ, उहाँले भन्नुभयो, “आठ-दस जनाभन्दा बढी पर्यटक भएको अवस्थामा अरूसँग सवारीसाधन सापट माग्नुपर्ने अवस्था छ ।” पश्चिम क्षेत्रका व्यवसायीले निकुञ्ज क्षेत्रको भ्रमणमा उत्सुक पर्यटकलाई जङ्गल सफारीका लागि सवारीसाधन उपलब्ध गराउँदा समान व्यवहार गरिनुपर्ने, होटलको स्तर अनुभव, राजस्व सङ्कलन तथा पर्यटकको सङ्ख्याका आधारमा गाडीको सङ्ख्या तोकिनुपर्ने जनाउँदै आएका छन् । निकुञ्ज खुला गर्ने समयमा सबैतिर एकै पटक खोल्नुपर्ने, साना होटललाई घरबास समितिमार्फत सवारीसाधन राख्न दिनुपर्नेजस्ता व्यवसायीको माग छ ।

पछिल्लो समय निकुञ्जभित्रको नीतिगत व्यवस्था मौखिक रूपमा चल्ने भएकाले त्यसो हुन नहुने पनि व्यवसायीको भनाइ छ । कसैसँग चित्त नबुझेकै भरमा निकुञ्जको बाटो बन्द गरिदिने, महिनौँसम्म खुला नगरिदिने, चित्त बुझेमा चाँडै खुला गरिदिने र थप सुविधा दिनेजस्ता प्रवृत्ति अन्त्य हुनुपर्ने पनि व्यवसायीले जनाएका छन् । घरबास कार्यक्रमका लागि चर्चित अमलटारी र पश्चिम चितवन क्षेत्रबाट पनि पछिल्लो समय जङ्गल सफारीका लागि जाने पर्यटकको सङ्ख्या बढेको छ तर सफारीको समय निश्चित नहुने, सवारी पनि कम हुनेजस्ता कारणले धेरै स्तरीय पर्यटक पनि त्यत्तिकै फर्कनु परेको अवस्था छ । अमलटारी क्षेत्रमा अहिले दर्जनौँ घरबास होटल सञ्चालनमा छन् । त्यस्तै नेपालमै निकुञ्ज पर्यटनको सुरुवात गरेको टाइगर टप्स र लामो इतिहास बोकेको टेम्पल टाइगर ग्रिन रिसोर्ट पनि अहिले उक्त क्षेत्रमा सञ्चालन भइरहेको छ ।

क्षेत्रीय होटल सङ्घ चितवनका पूर्वअध्यक्ष सुमन घिमिरे पनि सफारी पर्यटनलाई प्रवद्र्धन गर्न जुनसुकै क्षेत्रमा पनि खुल्ने र बन्द गर्ने समय एउटै हुनुपर्ने बताउनुहुन्छ । पर्यटक सफारीका लागि पनि आउने भएकाले निकुञ्जले पर्यटनमैत्री भएर व्यवहार गर्नुपर्ने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नदीमा अडकिएको शवको पहिचान

नदीमा अडकिएको शवको पहिचान

घट्दै छ कालीकोटमा बालबिवाह

घट्दै छ कालीकोटमा बालबिवाह

फिल्म ‘नाङ्गो गाउँ’को छायांकन सुरु

फिल्म ‘नाङ्गो गाउँ’को छायांकन सुरु

कलाकारमाथि साइबर आक्रमण बढयाे : भुवन केसी

कलाकारमाथि साइबर आक्रमण बढयाे : भुवन केसी

एकदुई दिनभित्र सरकारले पूर्णता पाउँछ : सञ्चारमन्त्री शर्मा

एकदुई दिनभित्र सरकारले पूर्णता पाउँछ : सञ्चारमन्त्री शर्मा

‘स्थिरताले मात्र मुलुकको समृद्धि सम्भव छ’

‘स्थिरताले मात्र मुलुकको समृद्धि सम्भव छ’

भर्खरै प्रकाशित

भेरी अस्पतालमा एमडी र एमएसको पढाई गर्ने अनुमति प्राप्त

भेरी अस्पतालमा एमडी र एमएसको पढाई गर्ने अनुमति प्राप्त

रामनवमीको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा

रामनवमीको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा

नदीमा अडकिएको शवको पहिचान

नदीमा अडकिएको शवको पहिचान

बलात्कार गरेको अभियोगमा भारतीय नागरिक पक्राउ

बलात्कार गरेको अभियोगमा भारतीय नागरिक पक्राउ

घट्दै छ कालीकोटमा बालबिवाह

घट्दै छ कालीकोटमा बालबिवाह

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि