Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राष्ट्रपति बन्ने ठोस प्रस्ताव आएको छैन : अध्यक्ष नेपाल

Author Avatar साझा न्यूज 21st February 2023 , 4:10 PM
राष्ट्रपति बन्ने ठोस प्रस्ताव आएको छैन : अध्यक्ष नेपाल

देउखुरी, फागुन ९ गते । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति बन्नेगरी ठोस प्रस्ताव अहिलेसम्म नआएको बताउनुभएको छ । दाङको भालुवाङमा पत्रकारसँग आज कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रपति निर्वाचनलाई आफ्नो पार्टीले शक्ति सन्तुलनको रूपमा लिएको बताउनुभयो ।

निर्वाचनमा आफ्नो पार्टीको भूमिका महत्त्वपूर्ण रहने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘अहिले हल्ला धेरै कोणबाट आए पनि मलाई राष्ट्रपति बन्ने ठोस प्रस्ताव आएको छैन, हाम्रो पार्टीले पनि राष्ट्रपतिको विषयमा टुङ्गो लगाइसकेको छैन ।’

सधैँ त्याग गर्ने काम आफ्नो पार्टीबाट नहुने भन्दै उहाँले सञ्चार माध्यममा आएका विषय सबै साँचो हुन्छन् भन्न नसकिने बताउनुभयो । पूर्व प्रधानमन्त्री नेपालले  राष्ट्रपतिको लागि बृहत् छलफलको आवश्यकता रहेको बताउनुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति बन्न नेपाललाई प्रस्ताव गरेको विषयलाई उहाँले सबै कुरा पर्दा बाहिर ल्याउन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबै कुराहरू पर्दा बाहिरै ल्याउनुपर्छ भन्ने छैन, केही कुरा पर्दाभित्रै रहन दिनुपर्छ, मैले र पार्टीले यस विषयमा निर्णय गरेको छैन ।’

अध्यक्ष नेपालले देशको हितको रक्षा गर्नुपर्ने कुरामा सबै गम्भीर हुनुपर्ने बताउँदै संविधानलाई जोगाउने कुरामा चनाखो बन्न समेत आग्रह गर्नुभयो । यस्तै, अध्यक्ष नेपाल एकीकृत समाजवादी पार्टीको लुम्बिनी प्रदेशको बैठकमा सहभागी हुन दाङ आउनुभएको हो । बैठकलाई सम्बोधन गर्दै नेपालले राष्ट्रियता, स्वतन्त्रता र संविधानलाई रक्षा गर्ने विषयमा सधैँ चनाखो बन्न पार्टी कार्यकर्तालाई निर्देशन दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज