तौलिहवा, फागुन ९ गते । कपिलबस्तुको कपिलवस्तु नगरपालिका ९ जगदीशपुरतमा तिन महिने एडभान्स लेबल (स्तरोन्नती)को हाउस व्यरिङ्ग तालिम शुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुको आयोजनामा भएको कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष दिपक गुरुङले तालिमले बेरोजार युवाहरुलाई थप सिप प्रदान गर्ने बताउनुभयो । उहाँले सिप सिकेर आय आर्जनमा टेवा पुग्ने बताउनुभयो । उहाँले आफ्नो वडाले समेत सिप मुलक तालिमहरु क्रमशः संचालन गर्दै जाने बताउनुभयो । तालिम सिके पछि आफ्नो खुट्टामा आफै उभिन आग्रह गर्नुभयो ।
युवाहरुको मागकै आधारमा जगदीशपुरमा एडबान्स लेबलको तालिम संचालन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख बिष्णु पोख्रेलले बताउनुभयो । उहाँले तालिममा बेसिक लेबलको तालिम लिएका १५ जना युवाहरुलाई सहभागी गराइएको बताउनुभयो । पाएको अवसरलाई सदुपयोग गर्नु पर्ने उहाँले बताउनुभयो ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पोख्रेलको अध्यक्षता, पुर्ण परियारको संचालनमा भएको कार्यक्रममा महिला वडा सदस्य कमला देबी शर्मा, लेखापाल गोबिन्द प्रसाद तेली, बिनय कुमार पुडासैनी, स्थानिय नारायण प्रसाद पन्थी, समाजसेवी अत्मराम पौडेल प्रशिक्षक दिपक केसी लगायतले शुभकामना मन्तब्य दिएका थिए ।