Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तु, दाङ र बाँकेमा १३ वर्षसम्म भएन हात्तीपाइले उन्मुलन

Author Avatar साझा न्यूज 21st February 2023 , 6:35 PM
कपिलवस्तु, दाङ र बाँकेमा १३ वर्षसम्म भएन हात्तीपाइले उन्मुलन

लुम्बिनी प्रदेशका तीन जिल्लामा हात्तीपाइले विरुद्धको अभियान सुरु भएको १३ वर्ष बितिसक्यो, तर रोग उन्मुलन हुन सकेको छैन ।

बाँके र दाङमा ०६७ सालदेखि हात्तीपाइले विरुद्धको औषधी सेवनको अभियान सुरु गरिएको थियो । ६ वर्षभित्रै रोग उन्मुलन गर्ने लक्ष्य राखिएको यी दुई जिल्लामा यो वर्ष १३ औं र कपिलवस्तुमा १५ औं पटक औषधी सेवन अभियान चल्दैछ । कपिलवस्तुमा २०६३ सालमा औषधी सेवन अभियान सुरु भएको थियो ।

लक्षित जनसंख्याले औषधी नखाइदिँदा १६ वर्षसम्म हात्तीपाइले निवारणहुन नसकेको स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले बताइन । ‘शहर र बजारी क्षेत्रका बासिन्दाले औैषधी नखाइदिदा अभियान सफल हुन सकेको छैन’, उनी भन्छिन्, ‘कति जनाले जानीजानी र कतिपयले औषधीको असरबारे गलत बुझाइले औषधी नखाइदिदा निवारणमा समस्या भइरहेको छ ।’

उनका अनुसार लक्षित जनसंख्याको ८० प्रतिशतले औषधी नखाइदिएको बताइन् । ‘हरेक वर्ष हात्तीपाइले विरुद्ध औषधी सेवन अभियान चलाइरहेका छौं’ उनी भन्छिन्, ‘तर लक्षित संख्या अनुसार औषधी नखाइदिदा रोग निवारण गर्न सकेको छैन ।’

स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दका अनुसार जिल्लामा हात्ती पाइले रोग विरुद्धको अभियान सुरु गर्दा संक्रमणको दर २९ प्रतिशत थियो । अहिले यो दर घटेर ४ प्रतशितमा झरेको छ । जबकी यो दर २ प्रतिशत भन्दा कम भएमात्र रोग निवारण भएको मानिन्छ ।

बाँकेमा हात्तीपाइले रोगको संक्रमणको दर ४ प्रतिशत र कपिलवस्तुमा ८ प्रतिशत छ । स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन चन्दका अनुसार औषधि सेवन अभियानपछि रोगको परीक्षण गरिन्छ । परीक्षणमा हात्तीपाइलेको जोखिम कायमै रहेको पाइएमा जोखिम नघटुन्जेलसम्म औषधि सेवन अभियान हरेक वर्ष चलाइन्छ  ।

दाङ र बाँके लक्षको नजिक

एउटै वर्ष अभियान सुरु भएको बाँके र दाङ हात्ती पाइले रोग उन्मुलन गर्ने लक्ष्यको नजिक छन् । स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले हात्ती पाइले विरुद्धका औषधी सेवन अभियानले पूर्णता नपाए पनि लक्षको नजिक भएको बताए ।

उनका अनुसार दाङमा सन् २००१ मा सर्वेक्षण गर्दा २९ प्रतिशत रहेको हात्ती पाइले रोगको दर अहिले ४ प्रतिशतमा झरेको छ । त्यस्तै बाँकेमा रोगको दर २१ बाट ४।१ प्रतिशतमा झरेको छ ।

साढे १९ लाखलाई औषधी खुवाइदै

दाङ, बाँके र कपिलवस्तुमा फागुन ११ देखि हात्तीपाइले विरुद्धको औषधी सेवन अभियान सुरु हुँदैछ । यो वर्ष यी तीन जिल्लामा गरी साढे १९ लाख भन्दा बढीलाई औषधी खुवाइदैछ । दाङमा ६ लाख ८७ हजार, बाँकेमा ६ लाख १६ हजार र कपिलवस्तुमा साढे ६ लाख जनसंख्यालाई औषधि खुवाउने लक्ष्य राखिएको छ ।

फागुन ११ गतेबाट सुरु हुने औषधी सेवन अभियानका लागि जिल्लाका स्थानीय तह मार्फत गाउँ–गाउँमा पुगनेर औषधी खुवाइने स्वास्थ्य कार्यालय कपिलवस्तुका जनस्वास्थ्य अधिकृत उमेशचन्द्र घिमिरेले बताए । उनका अनुसार घर–घरमा स्वाथ्यकर्मी खटाएर औषधी सेवन गराइनेछ । समुदायमै पुगेर स्वास्थ्यकर्मीकै रोहबरमा हात्तीपाइले औषधि खुवाउने तयारी छ ।

यो पटक ९० प्रतिशतलाई औषधी खुवाउने गरी अभियान चलाउन लागिएको उनले बताए । ‘अघिल्ला वर्षहरुमा ग्रामीण भेगका, धार्मिक व्यक्तिहरु र दैनिक ज्याला मजदुरी गर्नेहरु औषधी सेनवमा छुटिरहेका थिए’ उनले भने, ‘यो वर्ष धर्मगुरुहरु, लगायत सबैसँग छलफल गरेर औषधी खुवाउँदैछौं । यो पटक विगतमा भन्दा धेरै औषधी सेवन गराउँन सफल हुन्छौं ।’

सुत्केरी र गर्भवती महिलाबाहेक २ वर्ष माथि पुगेका सबैले औषधि खान सक्छन् । स्वास्थ्य कार्यालयका दाङका अनुसार पोथी लामखुट्टेको टोकाइबाट मानिसको शरीरमा पस्ने फाइलेरिया नामक परजीवीका कारण हात्तीपाइले रोग लाग्ने गर्दछ । उक्त परजीवि करिब छ वर्षसम्म मानिसको शरीरमा सुशुप्त अवस्थामा रहने हुँदा कम्तीमा लगातार ६ वर्ष नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ ।

ज्वरो आउनु, हातगोडामा नीला–काला धर्सा देखिनु, गिर्खा बढ्नु, पुरुषको अण्डकोष ठूलो हुनु, दुख्नु गिर्खा भेटिनु र अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुनु हात्तीपाइलेको लक्षण हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज