साझा न्यूज । मर्चवार
रुपन्देहीको मर्चवारी गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईले महिला तथा किशोरकिशोरीलाई रोजगारीको अवसर सृजना गर्ने बताउनु भएको छ । उहाँले नेपाल मानव बेचविखन, असुरक्षित बसाइँसराई तथा आनलाईन बालबालिकामा हुने यौनशोषण रोकथाम परियोजनाले मर्चवारी गाउँपालिकामा परियोजना सल्लाहकार समितिको बैठकमा सो कुरा बताउनुभएको हो ।
साथै अध्यक्ष बरईले व्यावसायिक परामर्श सेवा, तालिम, शिक्षा, आवास, जीवनयापनका लागि रोजगारीको अवसर सृजना गर्ने लगायत समाजिक पुर्नस्थापना सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
हिंसा, शोषण तथा बेचबिखनबाट प्रभावित एवम् उच्च जोखिममा रहेका महिला र बालबालिका हरुलाई समाजको मुलप्रवाहमा ल्याउन सशक्तीकरण गर्ने सो परियोजनाको लक्ष्य रहेको नेपालका समाजिक परिचालन अधिकृत विकास देवकोटाले बताउनुभयो । मर्चवारी गाउँपालिकाको अध्यक्ष गया प्रसाद बरईको अध्यक्षतामा भएको बैठक कार्यक्रममा गाउपालिकाका कार्यपालिका सदस्य र मर्चवारी गाउँपालिकाको सबै शाखा प्रमुखहरुको सहभागीता रहेको थियोे ।