साझा न्यूज । मर्चवार
जिल्लाको मर्चवारी गाउँपालिकामा कोभिड प्रतिकार्य कार्यक्रम परियोजना समीक्षा तथा समापन कार्यक्रम भएको छ । कार्यक्रमका अध्यक्षमा मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरई प्रमुख अतिथि पलिकाका प्रमुख प्रशासकिय अधिकृत मीन प्रसाद भट्टराई विशिष्ट अतिथि उपाध्यक्ष आशा सिंह अतिथि मर्चवारी गाउपालिका का वडा नं.१ देखि वडा नं.७ सम्माका वडा अध्यक्ष र मर्चवारी गाउँपालिका का सबै बिद्यालयका प्रधानाध्यापक तथा कालिका स्वालम्बनका कार्यक्रम सुपरभाइजर शेषनाथ यादवको उपस्थिति रहेको थियोे ।
परियोजना समीक्षा तथा समापन कार्यक्रम युनिसेफ र यु ए आई डी को सहयोगमा मर्चवारी गाउँपालिकाको कार्यालयको समन्वय÷सहकार्य कालिका स्वालम्बनले आयोजना गरेको थियोे । टोल कक्षा संचालनको लागि आधारभुत तालिम एकीकृत पाठ्यक्रम, बहुकक्षा बहुस्तरको शिक्षण सिकाई तथा रिफेसर तालिम दिइएको थियो । त्यस्तै प्रबिधि शिक्षा आधारित ९ सय ३० शिक्षकहरूलाई प्रदान गरी ९ सय ३० वटा कक्षा संचालनमा रहेको थियो । टोल शिक्षा कक्षाहरु मार्फत ३ सय ७४ बिद्यालय ३७ हजर ७९७ जना कक्षा १ देखि ३ सम्मा बालबालिका प्रत्यक्ष लाभान्वित भएको कालिका स्वालम्बनका कार्यक्रम संयोजक अशोक लम्सालले जानकारी दिनुभएको छ ।
कार्यक्रमको संचालन बिजय कुमार पालले गर्नु भएको थियोे भने स्वागत मन्तव्य मर्चवारी गाउपालिका शिक्षा शाखा प्रमुख मनमोहन यादवले गरेका थिए ।