Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भवन निमार्णको भविष्य ः हलो ब्रिक


भवन निमार्णको भविष्य ः हलो ब्रिक

कपिलबस्तु, फागुन १७। हामीले निमार्ण गर्ने भवन तथा संरचनामा प्रयोग गरीने इट्टाको माध्यमबाट मात्रै पनि थुप्रै उर्जा बचत गर्न सकिने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । उनीहरुले विश्वव्यापी रुपमा उर्जा संकटको बहस चलिरहेको वर्तमान अवस्थामा सामान्य भवन तथा अन्य पुर्वाधार निमार्णमा प्रयोग गरिने ईट्टाको माध्इमबाट मात्रै पनि उर्जा बचत गर्नुका साथै उर्जा दक्षता बृद्धि गर्न सकिनेमा समेत जोड दिएका छन् ।

विश्वका बिकसित राष्ट्रहरुले उर्जा बचतका लागी विभिन्न कार्यक्रम गर्दै आएको बताउदै उर्जा दक्षता बृद्धिका लागी निमार्णका क्रममा प्रयोग गरिने ईट्टाबाट मात्रै पनि भवनको उर्जा खपतलाई झण्डै ३० देखी ४० प्रतिशत सम्म उर्जा बचत गर्न सकिने बताएका हुन । भवन तथा अन्य पुर्वाधार निमार्णमा प्रयोग हुने ईट्टाको बिकल्पको रुपमा हलो ब्रिक्र मार्फत उर्जा बचत गर्न सकिने उनीहरुको भनाई छ ।

हलो बिक्र ( प्लाव भएको ईट्टा ) मार्फत उर्जा दक्षताको बृद्धि गर्नुका साथै आर्थिक हिसाबले सस्तो, वातावरण मैत्री र प्रयोग गर्न सजिलो हुने भन्दै यसको प्रयोगमा जोड दिनु पर्ने बताएका छन् । युरोपियन युनियनको सहयोगमा स्वीच एशिया ग्रान्टस कार्यक्रम मार्फत बिल्डिङ्ग इनर्जि इफिसियन्सी इन नेपाल ( बिन ) परियोजनाले नेपालमा उर्जा दक्षताको लागी हलो बिक्र प्रविधिको प्रर्वद्धनको सुरुवात गरिएको परियोजनाका इन्जिनियर बिशाल पाण्डेले जानकारी दिनु भयो ।

नेपालको बाग्मती, लुम्बिनी र गण्डकी प्रदेश गरी ६० वटा स्थानीय तह मार्फत उर्जा दक्षता बृद्धिको कार्यक्रम संचालन गरेको परियोजनाले लुम्बिनी प्रदेश अन्र्तगत कपिलवस्तुको मायादेवी गाउँपालीकामा अवस्थित एवान ईट्टा उद्योग मार्फत हलो बिक्र प्रविधिका ईट्टा उत्पादन सुरु गरेको जनाएको छ । ईट्टा उत्पादनको प्रविधि र यसको उपयोगीताको बिषयमा परियोजनाले कपिलवस्तु नगरपालीकाका नगरप्रमुख सुदिप पौडेल, मायाँदेवी गाउँपालीका अध्यक्ष वलिउद्धिन मुलमान, लुम्बिनी बिकास कोषका परियोजना प्रमुख सरोज भट्टराई, स्थानीय जनप्रतिनिधी, लुम्बिनी प्रदेश ईट्टा उद्योग महासँघका सचिव रुक बहादुर भुषाल, विभिन्न पालीकामा कार्यरत इन्जिनियर लगायत सरोकार वाला निकायका प्रतिनिधीलाई स्थलगत अवलोकन गराईको थियो ।

बिल्डिङ इनर्र्जी इफिसियन्सी इन नेपाल ( बिन ) परियोजनाको प्राविधिक सहयोगमा सुरु गरिएको हलो ब्रिक उत्पादनको उपयोगीताको बिषयमा जानकारी दिदै परियोजनाका टिम लिडर सुयस प्रजापतिलेले १५ प्रतिशतको हलो ब्रिक्सको प्रयोगले २४ प्रतिशत माटो कम खपत हुनका साथै ईट्टा उत्पादनमा प्रयोग हुने कोइला खपतमा ३० प्रतिशत सम्म कम खपत हुदाँ वार्षिक पाँच अर्ब बचत हुने बताउनुभयो । हाल नेपालमा एक हजार तीन सय ५० वटा इँटा उद्योगबाट कोइला खरिदका लागि वार्षिक २५ अर्ब रुपैयाँ विदेशिएको तथ्य सार्वजनिक गर्नुभयो ।

उहाँले हलो ब्रिक इँटाको तौल हल्का हुँदा घरको भार कम हुने बताउदै ईट्टा उत्पादनका क्रममा उत्र्सजन हुने हानिकारक ग्यासको मात्रा समेत कम हुने भएकोले यो प्रविधि वातावरण मैत्री समेत रहेको उल्लेख गर्नु भयो । सो अवसरमा बोल्दै कपिलवस्तु नगरपालीकाका नगरप्रमुख सुदिप पौडेलले लुम्बिनी प्रदेश मध्य कपिलवस्तुमा ईट्टा व्यवसाय बढि भएको उल्लेख गर्दै ईट्टा भट्टाबाट निस्किएको फोहर तथा त्यसको वायु प्रदुषणले पारेको प्रभावका बिषयमा विभिन्न समयमा नगरपालीकामा गुनासोहरु समेत आउने गरेको बताउदै उहाँले वातावरणीय र आर्थिक हिसाबले यो प्रविधि निकै उपयोगी रहेको उल्लेख गर्दै यो प्रविधिको प्रयोगमा जोड दिन आग्रह गर्नु भयो ।

कार्यक्रममा बोल्दै मायादेवी गाउँपालीकाका अध्यक्ष वलिउद्धिन मुसलमानले मायादेवी गाउँपालीक सँगै कपिलवस्तु जिल्लालाई उर्जा प्रभावकारी सहरको रुपमा बिकास गर्न तथा उर्जा प्रर्वद्धनका लागी गाउँ पालीकाले विभिन्न नगरपालीका तथा सरोकार वाला प्रतिनिधी सँग समन्वय गरेर आवश्यक नितिगत व्यवस्था गर्ने बताउनु भयो । लुम्बिनी प्रदेश ईट्टा उद्योग महाँसघका सचिव रुक बहादुर भुषालले पछिल्ला केही समय यता भारतबाट १९ रुपैया प्रतिकिलोमा खरिद गरिने कोइलाको मुल्य ४० देखी ४५ रुपैया सम्म मुल्यबृद्धि भएको भन्दै हलो ब्रिक ईट्टा उत्पादनमा ३० प्रतिशत सम्म कोइला खपत कम हुने र वातावरण मैत्री समेत भएको भन्दै यसको प्रर्वद्धन र बजारीकरणमा जोड दिन आग्रह गर्नु भयो ।

सो अवसरमा लुम्बिनी प्रदेशमा पहिलो पटक हलो ब्रिक ईट्टा उत्पादन गर्दै उर्जा दक्षता अभिबृद्धि परियोजनामा सहयोग पु¥याएको भन्दै एवान ईट्टा उद्योगका संचालक गोकर्ण खड्कालाई सम्मान गरिएको थियो । कार्यक्रममा परियोजनाका भवन निमार्ण सामाग्री विशेषज्ञ सानु बाबु डंगोल, लुम्बिनी बिकास कोषका परियोजना प्रमुख सरोज भट्टराई, रुपन्देही ईट्टा उद्योग व्यवसायी संघका अध्यक्ष अजय कुमार गुप्ता, कपिलवस्तु ईट्टा उद्योग व्यवसायी संघका अध्यक्ष अल्तार्फु रहमान खाँ लगायतले बोल्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

fifa हत्याको आरोपमा आठ पक्राउ

रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रशासकीय अधिकृतसहित तीनजा घुससहित पक्राउ

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

काँग्रेस महाधिवेशन : प्रतिनिधि हारे पनि माथिल्लो तहमा उम्मेदवार हुन पाउने

मन्त्रीहरूको नाम टुङ्गो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

‘बालविवाह अन्त्य गर्न तीनै तहका सरकारबीच समन्वय हुनुपर्छ’

‘बालविवाह अन्त्य गर्न तीनै तहका सरकारबीच समन्वय हुनुपर्छ’

भारतमा कोरोना संक्रमण बढ्दा पनि नाकामा बेवास्ता

भारतमा कोरोना संक्रमण बढ्दा पनि नाकामा बेवास्ता

भर्खरै प्रकाशित

fifa हत्याको आरोपमा आठ पक्राउ

रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रशासकीय अधिकृतसहित तीनजा घुससहित पक्राउ

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

काँग्रेस महाधिवेशन : प्रतिनिधि हारे पनि माथिल्लो तहमा उम्मेदवार हुन पाउने

मन्त्रीहरूको नाम टुङ्गो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

fifa हत्याको आरोपमा आठ पक्राउ

fifa हत्याको आरोपमा आठ पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि