Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अव्यवस्थित तारले आगलागीको उच्च जोखिम


अव्यवस्थित तारले आगलागीको उच्च जोखिम

रौतहट, फागुन २० गते । विद्युतीय पोलमा अव्यवस्थित रूपमा टाँगेका केबल तथा इन्टरनेटका तारले चन्द्रपुर नगरपालिकामा समस्या भएको छ।

इन्टरनेट र टेलिभिजन केबल सञ्चालकले अव्यवस्थित ढङ्गबाट पोलमा तार विस्तार गर्दा नगरको सौन्दर्य प्रभावित बनेको छ। लत्रिएका तारले बटुवा तथा सवारीसाधनलाई समस्या पारेको छ। पोलमै गुजुल्टिएका तारले सुन्दरतामा ह्रास ल्याएको छ भने आगलागीको जोखिमसमेत बढाएको छ।

सञ्चारसेवा प्रदायक संस्थाले विद्युत प्राधिकरणलाई वार्षिक प्रति बक्स छ सय रुपियाँ शुल्क बुझाउने गरेको विद्युत् प्रधिकरण शाखा कार्यालय चन्द्रनिगाहपुरमा अभिलेख छ। शुल्क तिरेपनि प्राधिकरणले तार सही तरिकाबाट टाँगेको छ वा छैन नियमन नगर्दा जोखिम बढेको चन्द्रपुर–४ का समाजसेवी भरत आचार्यको आरोप छ।

चन्द्रपुर नगरपालिका–५ का वडाध्यक्ष निलहरि कोइरालाले पोलमा झुन्ड्याइएका तार लत्रिएर र आपसमा रगडिँदा आगालागीको जोखिम उच्च रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “भुइँमै लत्रिएका तारले गर्दा बटुवादेखि सवारीसाधनसमेतले दुःख पाएका छन्। अघिल्लो साता विद्युत् पोलमा आगो लाग्दा नजिकका मानिस डराएर भागेका थिए। नेटवर्क कम्युनिकेसनले टाँगेका तार खुकुलो भई हल्लिएर विद्युत्को नाङ्गो तारमा ठोकिएको कारण आगो लागेको थियो।”

यस्तै दुई महिनाअघि नगरपालिकाको मुख्य चोकको पोलमा आगलागी हुँदा आगो निभाउन वारुणयन्त्र कै प्रयोग गर्नु प-यो। नेटवर्क कम्पनीले विद्युतीय पोल हुँदै घरघरमा विस्तार गरेको तार भुइँमा लत्रिदासमेत बेवास्ता गरेको नगर उपभोक्ता समिति मञ्चका अध्यक्ष टीका घिमिरेको आरोप छ।

प्राधिकरण शाखा चन्द्रनिगाहपुरका प्रमुख धिरेन्द्र यादवले नेटवर्क कम्पनीलाई व्यवस्थित रूपमा तार विस्तार गर्न सुझाए पनि वास्ता नगरेको बताउनुभयो। उहाँका अनुसार पोलमा झुन्ड्याइएका तार नतन्काइएका कारण समस्या बढेको हो। यस सम्बन्धमा नेटवर्क कम्पनीसँग छलफल गरी समस्या समाधान गरिने छ।

नगरपालिकाका प्रमुख सञ्जय काफ्ले भन्नुहुन्छ, “विद्युतीय पोलमा झुन्ड्याइएका तार असरल्ल हुँदा नगरको सुन्दरता बिगारेको छ। आगलागीको जोखिम पनि उच्च रहेको छ। यस सम्बन्धमा सम्बन्धित निकायको ध्यानाकर्षण गराई यथाशीघ्र समस्या समाधान गरिने छ।” जिल्लाको सदरमुकाम गौर, गरुडा, शिवनगर, कटहरियालगायतका बजारमा समेत यही समस्या रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुँदै

भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुँदै

बालविवाहविरुद्ध धामीझाँक्री

बालविवाहविरुद्ध धामीझाँक्री

लुमडी आचार्यको ‘विचरण र अनुभूति’ सार्वजनिक

लुमडी आचार्यको ‘विचरण र अनुभूति’ सार्वजनिक

राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो : नेता पन्त

राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो : नेता पन्त

नेप्से परिसूचकमा २६.८५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २६.८५ अङ्कको गिरावट

गरगहना सफा गर्ने भन्दै ठगी गर्ने तीन जना पक्राउ

गरगहना सफा गर्ने भन्दै ठगी गर्ने तीन जना पक्राउ

भर्खरै प्रकाशित

भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुँदै

भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुँदै

बालविवाहविरुद्ध धामीझाँक्री

बालविवाहविरुद्ध धामीझाँक्री

लुमडी आचार्यको ‘विचरण र अनुभूति’ सार्वजनिक

लुमडी आचार्यको ‘विचरण र अनुभूति’ सार्वजनिक

राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो : नेता पन्त

राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो : नेता पन्त

नेप्से परिसूचकमा २६.८५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २६.८५ अङ्कको गिरावट

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि