कपिलबस्तु, फागुन २४ गते । कपिलबस्तुमा ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । लैङ्गिक समानताको बलियो आधार ः सिर्जनातत्मक प्रविधिमा महिला पहँुचको विस्तार भन्ने मुलनाराको साथ लैंगिक समानताका लागि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदार माथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।
सनशाईन सामाजिक विकास संस्थाको अयोजन, यूनाईटेड मिसन टु नेपालको सहयोगमा संचालित शान्तिका लागि स्थानिय क्षमता परियोजनको सहयोग र मायादेवी गाउँपालिका ४ पिपराको समन्वयमा लैंगिक समानताका सो प्रतियोगिता भएको हो ।
विभिन्न अतिरिक्त क्रियाकलापमा किशोरी र महिलाहरुलाई सहभागि गराई समुदायमा लैङ्गिक समानताको सन्देश दिने र सामुदायमा हुने विभिन्न क्रियाकलापहरुमा महिला तथा किशोरीहरुको सहभागीतामा वृद्धि भइ लैङ्गिक समानता कायममा सहयोग मिल्नेछ भन्ने उद्देश्यले कार्यक्रमको अयोजन गरिएको सनशाईन सामाजिक विकास संस्था र यूनाईटेड मिसन टु नेपालको सहयोगमा संचालित शान्तिका लागि स्थानिय क्षमता परियोजनका सयोंजक मनोज यादवले जनकारी दिनुभएको छ ।
लैंगिक समानताका लागि हाजिरी जवाफ प्रतियोगितामा वडा भित्रका ५ वटा महिला समुहको सहभागीता रहेको थियो । प्रतियोगितामा प्रगति अत्मनिर्भार समुह चकारचौड प्रथाम, हिमालय अत्मनिर्भार समुह वुलकडिहवा द्धितिय, उन्नति अत्मनिर्भार समुह ठुलो गौरा तृतिय स्थान र हारियलि अत्मनिर्भार समुह सानो गौरा र प्रसंसा अत्मनिर्भार समुह पिपरा सन्तावन स्थान हासिल गरेको परियोजना सयोजक यादवले बताउनुभयो ।
सहभागि सबै समुहलाई पुरस्कार वितारण गरेर सम्मान पनि गरिएको थियो । यूनाईटेड मिसन टु नेपालको सहयोगमा संचालित शान्तिका लागि स्थानिय क्षमता परियोजनका कार्यक्रम अधिकृत धनी राउत र वडा सदस्य हृद्दय राम यादवले महिला आफ्नो हकआधिकारको लागि बढे मात्रै महिलाको अवस्थामा सुधार हुँदै जने जोड दिनुभएको थियो । महिला पुरुष दुबैको साथ र सहयोगबाट मात्रै महिला हिंसा लगाएतका समस्याहरु समाधान हुने उहाँहरुले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा वडाध्यक्ष अशफाक अहमद मुसलमान वडा सदस्य, पत्रकार, महिला , किशोर किशोरी, बालबालिका लगायतको सहभागिता रहेको थियो ।