Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लुम्बिनीमा पाँचसय अल्पकालीन भिक्षु

Author Avatar साझा न्यूज 16th March 2023 , 8:06 PM
लुम्बिनीमा पाँचसय अल्पकालीन भिक्षु

लुम्बिनीस्थित मायादेवी मन्दिर प्राङ्गणमा एकै दिन पाँच सय जना अल्पकालीन भिक्षु बनेका छन् । अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्ध धर्मका सय वटा नियमहरू पालना गर्नुपर्नेछ ।

अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङ्घको आयोजना, लुम्बिनी विकास कोषसहितका विभिन्न संस्थाहरूको सहआयोजनामा बिहीबार मायादेवी मन्दिर प्राङ्गणमा पाँच सय जनालाई कुलपुत्र प्रव्रज्या (अल्पकालीन भिक्षु) गराइएको हो ।

अखिल नेपाल भिक्षु महासङ्घका महास्थविर धम्म शोभन र धम्मकाय फाउण्डेशनका उपप्रमुख भिक्षु फरा पभनाले अल्पकालीन भिक्षुका लागि चीवर प्रदान गर्नुभयो । अल्पकालीन भिक्षुहरूले पहेलो चीवर लगाएर बुद्ध धर्मका सयवटा नियमहरू पालना गर्नुपर्नेछ । सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नु पर्नेछ ।

फागुन २७ गते काठमाडौं र फागुन २८ गते लुम्बिनीमा गरी ५ सय जनाको केश मुन्डन गरिएको थियो । केश मुन्डन गरिए पनि बिहीबार मात्रै उहाँहरूले प्रवज्या गरी अल्पकालीन भिक्षुका रूपमा पहेलो चीवर लगाउन योग्य हुनुभएको हो ।

चीवर प्रदान एवं कुलपुत्र प्रवज्या कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तय) ले भगवान् बुद्धको जन्मस्थलमा अल्पकालीन समयका लागि भए पनि प्रव्रज्यामा सहभागी हुनेलाई स्वागत गर्नुभयो ।

उहाँले बुद्ध जन्मेकै देशका नागरिकहरू यसरी बुद्धको शिक्षा ग्रहण गर्नु नै महान् काम रहेको बताउनुभयो । बुद्ध शिक्षालाई सतही रूपमा मात्रै नभई बुद्धभूमिमै आएर प्रव्रज्या (अल्पकालीन भिक्षु) ग्रहण गरी व्यवहारमै बुझ्नु अत्यन्तै सकारात्मक रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा अखिल नेपाल भिक्षु सङ्घका महास्थवीर शोभनले भिक्षु सङ्घको निर्देशनअनुसार प्रव्रज्या ग्रहणका लागि देशभरिबाट सहभागी भएकालाई स्वागत गर्दै बुद्ध शिक्षालाई नजिकबाट चिन्ने र व्यवहारमा अङ्गाल्न आग्रह गर्नुभयो ।

बुद्धजन्मस्थल लुम्बिनीमा कोभिड महामारीपछि एकैदिन प्रव्रज्या (अल्पकालीन भिक्षु) कार्यक्रम पहिलो पटक भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो । उहाँले एकै दिन पाँच सय जना अल्पकालीन भिक्षु हुने कार्यक्रमले बुद्ध शिक्षाको प्रवर्द्धन र लुम्बिनीको महत्त्वलाई थप उजागर गर्ने बताउनुभयो ।

कोभिडअघि सन् २०११ मा एक हजार जना, २०१५ मा एक हजार ११२ जना र सन् २०१९ मा एक हजार ११९ जनालाई प्रव्रज्या गराइएको कार्यक्रम निर्देशक एवं कोषका कार्यकारिणी सदस्य राजेश शाक्यले बताउनुभयो ।

कोभिडका कारण अहिले सङ्ख्या घटाएर पाँच सय गराइएको र आगामी दिनमा एकै दिन १० हजारलाई प्रव्रज्या गराइने योजना रहेको शाक्यको भनाइ छ । प्रव्रज्या कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, कार्यकारिणी सदस्यहरू विश्वराज पौडेल, नेत्रबहादुर शाही, थाई विहारका प्रमुख भिक्षु सुबोध भिक्षुलगायतको उपस्थिति थियो । प्रव्रज्यामा नेपालको २० बढी जिल्लाबाट सहभागिता छ । चैत १७ गते अल्पकालीन भिक्षुहरूको समय सकिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज