Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्ववियु निर्वाचनको मतगणना अन्तिम चरणमा राजनीति, राष्‍ट्रिय

Author Avatar साझा न्यूज 21st March 2023 , 2:42 PM
स्ववियु निर्वाचनको मतगणना अन्तिम चरणमा  राजनीति, राष्‍ट्रिय

काठमाडौँ, चैत ७ गते । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।

चैत ५ गते सम्पन्न भएको निर्वाचनको मतगणना उपत्यकाबाहिरका केही क्याम्पसमा जारी रहे पनि उपत्यकामा निर्वाचन भएका १५ वटै आङ्गिक क्याम्पसमा मतगणना सम्पन्न भएको छ।

स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन केन्द्रीय समन्वय समितिका सदस्यसचिव प्राध्यापक पशुपति अधिकारीका अनुसार उपत्यकाका आङ्गिक क्याम्पसमध्ये नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले केन्द्रीय क्याम्पस कीर्तिपुर, शङ्करदेव, पद्मकन्या, पब्लिक युथ, थापाथली इन्जिनियरिङ क्याम्पस र भक्तपुर र सरस्वती क्याम्पसमा सभापतिमा विजय प्राप्त गरेको छ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट अनेरास्ववियुले उपत्यकाको पुल्चोक इन्जिनियरिङ, महेन्द्ररत्न, चिकित्शाशास्त्र अध्ययन संस्थान, महाराजगञ्ज नर्सिङ, जनप्रशासन, ललितकला क्याम्पसमा सभापति पदमा विजय हासिल गरेको छ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) निकट अखिल (क्रान्तिकारी)ले उपत्यकाको सानोठिमी क्याम्पस र नेपाल क्याम्पसमा सभापति पदमा विजय हासिल गरेको छ। उपत्यकाको रत्न राज्यलक्ष्मी, नेपाल कमर्स, विश्व भाषा, पाटन संयुक्त त्रिचन्द्र, अमृत साइन्स तथा केन्द्रीय आयुर्वेद क्याम्पसमा भने विद्यार्थी सङ्गठनको विवादका कारण निर्वाचन हुन सकेको छैन। केन्द्रीय आयुर्वेद क्याम्पसमा चैत १७ गते निर्वाचन गर्ने निर्णय गरिएको छ। अन्य क्याम्पसमा पनि सम्बन्धित क्याम्पसको निर्वाचन समितिमार्फत निर्वाचनको मिति तय गर्ने विषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो।

उपत्यकाबाहिरका क्याम्पसमध्ये पनि धेरै क्याम्पसमा मतगणना सकिसकेको र नतिजा आउने क्रम जारी रहेको त्रिविले जनाएको छ। त्रिविले ६२ वटा आङ्गिकमध्ये ४५ वटामा आइतबार निर्वाचन गरेको थियो। १५ वटामा स्थगित भएको छ भने दुईवटामा निर्वाचन मितिअगाडि नै निर्विरोध सभापति चयन भएको थियो।

त्रिविमा २०१८/१९ सालदेखि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुरु भएको हो। सुरुका वर्षमा प्रत्येक वर्ष हुने गरेकामा २०३६ सालपछि प्रत्येक दुई/दुई वर्षको अन्तरालमा निर्वाचन हुँदै आएको छ। त्रिविले २०७३ सालदेखि मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरेको हो। जसअनुसार सभापति, सचिव तथा कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन तथा उपसभापति र उपसचिव समानुपातिक एवं ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन भएका छन्। स्ववियुको कार्यसमितिमा रहन उम्मेदवारी दर्ता गर्ने दिन २८ वर्ष ननाघेको हुनुपर्ने प्रावधान छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज