Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

‘मातृ मृत्युदरमा कमी आएन’ सुदूरपश्‍चिम, स्वास्थ्य

Author Avatar साझा न्यूज 21st March 2023 , 4:47 PM
‘मातृ मृत्युदरमा कमी आएन’  सुदूरपश्‍चिम, स्वास्थ्य

धनगढी, चैत ७ गते । यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतन सम्बन्धि कानुनी प्रावधानबारे जानकारी नहुँदा नेपालमा अपेक्षा गरिए अनुसार अझै मातृ मृत्यु दरमा कमी आउन सकेको छैन । धनगढीमा मंगलबार आयोजित यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतन सम्बन्धि छलफलका गरिएको हो ।

स्वास्थ्य तालिम केन्द्र, धनगढीका प्रजनन स्वास्थ्य फोकल पर्सन  रमा गिरीले पर्याप्त चेतनामुलक कार्यक्रम सञ्चालन नहुँदा, अन्धविश्वास कायम रहँदा गर्भवतीहरु समयमै स्वास्थ्य संस्था नआउँदा, गर्भपतन सम्बन्धी कानुनी प्रावधान बारे जानकारी नहुँदा र नजिकै स्वास्थ्य संस्था नहुँदा मातृ मृत्यु दर घट्न नसकेको बताउनुभयो ।

उहाँले यसै कारण कैलालीमा यस वर्ष चार जना, २०७८-०८९ मा ९ जना र २०७७-०७८ मा २० जना गर्भवतीको मृत्यु भएको बताउनुभयो । यसबाहेक उहाँले चुरे र मोहन्याल जस्ता विगत पालिका हुनु राजनीतिक कारण कर्मचारीको अनावश्यक सरुवा हुनुले पनि कतिपय स्वास्थ्य सेवा दिन कठिनाइ भएको पनि उल्लेख गर्नुभयो ।

आइपास नेपालका माधवी बर्जाचार्यले २०६० देखि कानुनीरुपमा  गर्भपतन गर्न पाउने सुविधा हुँदा पनि त्यसबारे पर्याप्त जानकारी नहुनाले अनिश्चित गर्भधारणलाई असुरक्षित तरिकाले गर्भपतन गराउने कारण मातृ मृत्यु दरमा कमी आउन नसकेको बताउनुभयो । उहाँले गर्भपतन गर्ने मान्यता कुन संस्थाले पाएको छ गर्भपतन गराउने व्यक्तीले त्यो सम्वन्धी तामिल लिएको छ वा छैन, कति हप्तासम्मको गर्भपतन गराउन मिल्छ वा मिल्दैन, गर्भपतनको औषधि खाँदा कति मात्रा खाने बारे जानकारी नहुँदा पनि गर्भवतीको मृत्यु हुने गरेको विषयमा चर्चा गर्नुभयो । उहाँका अनुसार नेपालमा अहिले पनि सात प्रतिशत महिला गर्भपतनबाट मर्ने गरेका छन् । उहाँले सञ्चारकर्मीहरुले गर्भपनत सम्बन्धी नेपालमा बनेका ऐन कानुनबारे कलम चलाउँदा पनि चेतना वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

यद्यपी कैलालीमा सुरक्षित गर्भपतन गराउनेको संख्या हरेक वर्ष बढ्दै गएको छ । स्वास्थ्य तालिम केन्द्रको तथ्यांक अनुसार २०७६-७७ मा एक हजार ९५१, २०७७-७८ मा दुई हजार ६२९ र २०७८-७९ मा पाँच हजार ५६७ ले सुरक्षित गर्भपतन गराएका छन् । ती मध्ये २०७६-७७ मा १८७, २०७७-७८ मा २१७ र २०७८-७९ मा ३६५ जना २० वर्ष मुनीकाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

प्रजनन स्वास्थ्य फोकल पर्सन गिरीका अनुसार कैलालीमा एक सय ७० स्वास्थ्य संस्था, ५५ वटा सुरक्षित गर्भपतन केन्द्र रहेपनि ४३ वटा सञ्चालनमा रहेका, ४६ वटा वर्थिङ सेन्टर, पाँच थरीका अस्थायी साधन पाउने सेवा केन्द्र ३६ र २३ वटा किशोरकिशोरी मैत्री संस्था रहेको बताउनुभयो ।

यस्तै, कैलालीमा एक हजार दुई सय ६१ जना महिला स्वास्थ्य स्वयम्सेवक छन् । कैलालीमा सेती प्रादेशिक अस्पताल, नवजीवन अस्पताल र टीकापुर अस्पताललेभने गर्भवतीको अप्रेशन गर्ने मान्यता पाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

भर्खरै प्रकाशित

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज