Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बेनी बजारको अव्यवस्थित तार हटाउन सुरु

Author Avatar साझा न्यूज 22nd March 2023 , 10:25 AM
बेनी बजारको अव्यवस्थित तार हटाउन सुरु

म्याग्दी, चैत ८ गते । म्याग्दीको बेनी बजारमा टाँगिएको अव्यवस्थित तार हटाउन सुरु गरिएको छ । बेनी नगरपालिकाले बजारमा रहेका अव्यवस्थित तारहरू हटाउन थालेको हो ।

बजारलाई सफा र सुन्दर बनाउन नगरले विद्युत्का पोलहरूमा अस्तव्यस्त रूपमा रहेका तारहरूलाई हटाउन लागेको हो । विद्युत्का पोलहरूमा रहेका तारहरूलाई व्यवस्थित गरेर बजारलाई सफा र सुन्दर बनाउन नगरपालिकाले यो अभियान थालेको हो । विद्युत्का पोलहरूमा रहेका अनावश्यक तारहरूले बजारलाई नै कुरूप बनाउनुका साथै यत्रतत्र झुन्डिएका तारहरूले दुर्घटनाको जोखिम समेत बनाएको थियो ।

नेपाल विद्युत् प्राधिकरण र विभिन्न केवल तथा इन्टरनेट प्रदाय संस्थासँग समन्वय गरेर बजार क्षेत्रका विद्युत् पोलमा रहेका अनावश्यक तारहरू हटाएर नगरलाई सफा र सुन्दर बनाउने अभियान थालिएको नगरका प्रमुख सुरत केसीले बताउनुभयो । उहाँका अनुसार १५ दिन भित्र बजार क्षेत्रका तारहरूलाई व्यवस्थित गरिनेछ ।

विभिन्न केबुल तथा इन्टरनेट सेवा प्रदायकहरूले मापदण्ड विपरीत विद्युत्का पोलहरूमा अस्तव्यस्त रूपमा तानिएका तारहरूले बजारको सौन्दर्य कुरूप बनेको र दुर्घटनाको जोखिम समेत बढेको पाइएपछि सेवा प्रदायक सङ्घसंस्थाको सहकार्यमा  बजारको बाल मन्दिर चोकबाट तारहरूको व्यवस्थापन गराउने काम सुरु गरिएको नगर प्रमुख केसीले बताउनुभयो ।

नगर प्रहरीको नेतृत्वमा वडा नम्वर ७ र ८ वडाको बजार क्षेत्रमा रहेका विद्युत्का पोलहरूमा रहेका अव्यवस्थित इन्टरनेट तथा केवल प्रदायक संस्थाका तारहरू १५ दिनभित्र हटाइने नगरपालिकाले जनाएको छ । पोलका अव्यवस्थित तारहरू हटाउन केवल, इन्टरनेट प्रदायक संस्थाका प्रतिनिधिहरू, नगर प्रहरी र तार व्यवस्थापन गर्ने तीन जनाको प्राविधिक टोली बजारमा खटिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज