Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

धनगढीका व्यापारी भन्छन्, ‘सटरको भाडा तिर्न धौधौ भयो’

Author Avatar साझा न्यूज 22nd March 2023 , 3:23 PM
धनगढीका व्यापारी भन्छन्, ‘सटरको भाडा तिर्न धौधौ भयो’

धनगढी, चैत ८ गते । धनगढीका व्यापारीहरूले सटर भाडा तिर्न धौधौ भएको बताएका छन् । पछिल्लो समय व्यापार, व्यवसाय चौपट भएपछि उहाँहरूलाई सटर भाडा तिर्न मुस्किल भएको हो ।

कोरोना महामारीले थला परेको व्यापार फष्टाउन नपाउँदै सडक विस्तारका लागि धनगढी बजारमा तोडफोड भएपछि व्यापार, व्यवसाय न्यून भएको उनीहरूको भनाइ छ । ‘घर तोडफोड भएपछि चार महिना त सामान थन्क्याएर बस्नु प¥यो’, कपडा व्यापारी मुन्नालाल गुप्ताले भन्नुभयो, ‘व्यापार केही छैन । महिनाको भाडा तिर्न नै मुस्किल भइरहेको छ ।’

धनगढीमा ३५ वर्षदेखि व्यापार गर्दैआएको आफूले पहिलो पटक यस्तो सङ्कट झेलिरहेको उहाँले बताउनुभयो । ‘पहिले बाहिरै कपडा राखेर व्यापार गर्दा राम्रो कमाई हुन्थ्यो’, उहाँले भन्नुभयो, ‘अहिले भाडा खर्च उठाउन धौधौ छ ।’

धनगढीको मुख्य सडक फराकिलो बनाउन धनगढी उपमहानगरपालिकाले सडक अधिकार क्षेत्रभित्र परेका संरचना गत दीपावलीपछि हटाउने कार्य थालेको थियो । उपमहानगरपालिकाको डोजर चलेपछि कतिपय व्यवसायी विस्थापित भएका छन् । यसैगरी, केही घरधनी घरबारविहीन हुन पुगेका छन् ।

कोरोनापछि अलि–अलि व्यापार व्यवसाय बढे पनि सटर तोडफोड भएपछि फेरि व्यापार घटेको जुत्ताचप्पल व्यवसायी शरण सिंहको भनाइ छ । मासिक २० हजार रुपियाँ सटर भाडा तिर्दैआएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘भाडा चर्को छ, तर व्यापार छैन । अहिले हामी घाटामा छौँ ।’

व्यापार नभएका कारण सामान थप्न पनि नसकेको उहाँले बताउनुभयो । ‘बैङ्कबाट ऋण लिएर सामान थपौँ भने चर्को व्याज कसरी तिर्ने समस्या छ’ उहाँले भन्नुभयो, ‘अहिले त बैङ्कले व्यवसायीलाई ऋण दिन मानेका छैनन् ।’

धनगढी बजारको मुख्य सडक निर्माण हुँदासम्म आफूहरू व्यापार, व्यवसायबाटै पलायन हुने अवस्था आउने त हैन, भन्ने चिन्ताले व्यवसायीलाई पिरोलेको छ । सडक बन्न अझै धेरै वर्ष लाग्ने भएकाले तबसम्म व्यापार नै धराशायी हुने उहाँहरूको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज