साझा न्यूज । संवाददाता
कपिलबस्तु, चैत ८ गते । कपिलबस्तुको मायादेवी गाँउपालिका ४ ले वडाभित्र रहेको सामुदायिक विद्यालय तथा मदरसाहरुलाई शैक्षिक एव्म खेलकुद सामाग्री हस्तन्तरण गरिएको छ । वडाभित्र रहेको दश वटै विद्यालय तथा मदरसालाई सो सामाग्री हस्तन्तरण गरिएको हो ।
सो अवसरमा बोल्दै गाँउपालिका अध्यक्ष वलिउद्धिन खाँले शिक्षा नै समग्र विकासको मेरुदण्ड भएकाले आफ्ना बालवालिको पढाईमा सघाउन अभिभावकहरुलाई आग्रह गर्नुभयो । गुणस्तरीय शिक्षाले बालवालिकाको भबिष्य उज्जल हुनुका साथै राष्ट्रको मुहार फेरिने भएकाले आफ्ना बालबालिकाहरुको पढाईमा बिषेश ध्यान दिन अभिभावक र शिक्षकलाई उहाँले आग्रह गर्नुभयो । शिक्षा विना पालिकाको विकास सम्भाव नरहेकोले बताउदै गुणस्तरिय शिक्षा दिन विद्यालयको प्रधानाध्यापकहरुको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो ।
विद्यालयमा पढाईको गुणस्तर सुधार गर्न र सामुदायिक बिद्यालय तर्फको आकर्षण बढाउन झोला लगायतको सामाग्री वडाबाट हस्तान्तरण गरिएको वडाध्यक्ष असफक अहमद खाँले बताउनुभयो । सामुदायिक विद्यालय तथा मदरसाको शैक्षिक गुणस्तर बृद्धि गर्न सबै एकजुट भएर लाग्नुपर्ने उहाँले बताउनुभयो । वडाद्वारा विद्यालय तथा मदरसाहरुलाई व्याग तिन सय पिस, कपि छ सय पिस, अल इन वान किताब, पेन्सिल, कटर, व्याट, व्याडमिन्टन, डयारी, पेन र डष्ट विन लगायतको सामाग्री हस्तन्तरण गरिएको वडाध्यक्ष खाँले बताउनुभयो ।
समय समयमा पालिका तथा वडाहरुले शैक्षिक सामाग्री विद्यालयमा उपलब्ध गराउदै आयो भने विद्यालयमा अध्यायन गर्ने गरिब विपन्न परिवारलाई धेरै सहयोग पुग्ने जनता प्राविका प्रअ प्रेम प्रकाश शुक्लाले बताउनुभयो । यस्तो सहयोगले विद्यालय नआएका बालबालिकालाई नियमित गराउने कुल्लीया सोमईया गल्र्स कालेजका प्रअ निजामुद्धिन मुसलमानले बताउनुभयो ।
कार्यक्रममा वडा सचिव शिव गुलाम कलवार, वडा सदस्य हृदयराम यादव, वडा भित्र रहेका दश वटै विद्यालयका प्रअ, समाज सेवी सम्से कमाल लगायतकाो सहभागिता रहेको थियो ।