Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

यस्तो छ नेपालको जनसांख्यिक चित्र

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८


यस्तो छ नेपालको जनसांख्यिक चित्र

राष्ट्रिय जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदन सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको अन्तिम प्रतिवेदनअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ।

जसमध्ये पुरुष १ करोड ४२ लाख ५३ ५३ हजार ५५१ अर्थात् (४८  दशलमव ९८ प्रतिशत), महिला १ करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१ दशमलव ०२ प्रतिशत) र अन्य लिङ्गी २ हजार ९२८ जना छन्।

यसअघि २०७८ साल माघ १२ मा नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएकोमा विस्तृत र अन्तिम प्रतिवेदनमा त्यसभन्दा २६ हजार ९०२ कम देखिएको हो।

सबैभन्दा धेरै जनसंख्या काठमाडौँ जिल्लाको  २० लाख ४१ हजार ५८७ जना रहेको प्रतिवेदनले जनाएको छ । सबैभन्दा कम जनसंख्या मनाङ जिल्लामा ५ हजार ६८५ जना छन्।

भौगोलिक क्षेत्रअनुसार तराईमा कुल जनसंख्याको ५३ दशमलव ६१ प्रतिशत (१ करोड ५६ लाख ३४ हजार ६ जना), पहाडमा ४ दशमलव ३१ प्रतिशत (१करोड १७ लाख ५७ हजार ६२४ जना) र हिमाली क्षेत्रमा ६ दशमलव ०८ प्रतिशत (१७ लाख ७२ हजार ९४८ जना) जनसंख्या रहेको छ।

प्रदेशगत रूपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेशमा २० दशमलव ९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५ दशमलव ७९ प्रतिशत रहेको छ ।

सबैभन्दा बढी वृद्धिदर भक्तपुर जिल्लामा देखिएको छ। जहाँ ३ दशमलव ५ प्रतिशतले बढ्दा रामेछाप जिल्लामा भने सबैभन्दा बढी घटेको देखिएको छ। यो जिल्लमा हरेक वर्ष १ दशमलव ६७ प्रतिशतले जनसंख्या घटेको देखिएको छ।

जनघनत्व बढेर अहिले एक वर्ग किलोमिटरमा १९८ जना बस्ने गरेको देखिएको छ। जनघनत्व २०६८ सालमा १८० जना मात्र थियो ।

भौगोलिक क्षेत्रअनुसार हेर्दा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना छ । जिल्लागत रूपमा धेरै जनघनत्व काठमाडौं जिल्लामा ५ हजार १६९ जना र सबैभन्दा कम मनाङ जिल्लामा तीन जना मात्रै रहेको छ।

परिवारको संख्या ६६ लाख ६६ हजार ९३७ पुग्यो देशमा बसोबास गर्ने कुल परिवार ६६ लाख ६६ हजार ९३७ छन्। जसमध्ये व्यक्तिगत परिवार (एकल) ६६ परिवार ६० हजार ८४१ र संस्थागत परिवार (संयुक्त) ६ हजार ९६ रहेका छन् । प्रति परिवार बसोबास गर्ने सदस्य औसतमा ४ दशमलव ३७ जना रहेको छ। २०६८ सालमा ४ मशलव ८८ जना रहेको थियो । यस हिसावले प्रति परिवार संख्या घटेको छ।

नगरमा बस्ने बढे गाउँमा घटे नगरपालिकाहरूमा बस्ने जनसंख्या बढेको छ। जम्मा जनसंख्यामा ६६ दशमलव १७ प्रतिशत रहेको नगरपालिकामा बस्ने गरेका छन्। गाउँपालिकाहरूमा बस्ने घटेका छन्। जम्मा जनसंख्या ३३ दशमलव ८३ प्रतिशत गाउँमा गाउँपालिकामा बसेका छन् ।

२०६८ को जनगणनामा नगरपालिकाहरूमा बस्ने जनसंख्या ६३ दशमलव १९ प्रतिशत रहेको थियो भने गाउँपालिकाहरूमा बस्ने जनसंख्या ३६ दशमलव ८१ प्रतिशत रहेको थियो। साढे १५ लाख परिवारका करिब २२ लाख नागरिक विदेशमा जनगणनाले करिब २२ लाख परिवार विदेशमा रहेको देखाएको छ। जम्मा १५ लाख ५५ हजार ९६१ परिवारका सदस्य विदेशमा रहेको पाइएको छ ।

२०६८ सालको जनगणना अनुसार १९ लाख २१ हजार ४९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोबास गरेका थिए । करिब साढे ६ लाख जनसंख्या अपाङ्ग तथ्यांक कार्यालयले कुल जनसंख्याको २.२ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ । कुल जनसंख्ययाको २ दशमलव २ प्रतिशत भनेको ६ लाख ४१ हजार ६२० जना हो। अपाङ्गता भएका व्यक्ति मध्ये पुरुष ५४ दशमलव २ प्रतिशत र महिला ४५.८ प्रतिशत छन् ।

३ प्रतिशत बालबालिका आमा-बुवा दुबैसँग बस्न पाउँदैनन् १८ वर्ष मुनीको संख्या कुल ९८ लाख ६९ हजार ५८३ जना देखिएको छ। यो जसंख्यामध्ये ७ दशमलव ९ प्रतिशत बालबालिका आमाबाबु दुबैसँग बस्ने गरेका छन् । आमासँग मात्र बस्ने बालबालिका १७ दशमलव १ प्रतिशत बस्ने गरेका छन्। बाबुसँग मात्र बस्ने बालबालिका १ प्रतिशत र अन्य नातेदारसँग बस्ने बालबालिका ३ प्रतिशत रहेका छन् । ३१ प्रतिशत परिवारमा महिलाको नेतृत्व कुल ६६ लाख ६६ हजार ९३७ परिवार रहेको छ। जसमध्ये ३१ दशमलव ५५ प्रतिशत परिवार मूली महिला रहेका छन्। २०६८ को तुलनामा ५ दशमलव ८२ प्रतिशत बिन्दुले बढि हो ।

५१ प्रतिशत परिवारले खाना पकाउन दाउरा र ४४ प्रतिशतले ग्यास प्रयोग गर्छन् देशका ६६,६०,८४१ परिवारमध्ये ५१ प्रतिशत परिवारले खाना पकाउन अक्सर काठ/दाउरा प्रयोग गर्ने गरेका छन् ।

त्यसपछि धेरै प्रयोग गर्नेमा ग्यास रहेको छ। ग्यासको प्रयोग ४४ प्रतिशतले गरेका छन्। बिजुली, गुईठा/गोरहा, बायो ग्यास, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवारको प्रतिशत क्रमशः ०.५, २.९, १.२, ०.०५ र ०.१ रहेको छ।

२०६८ सालकाे राष्ट्रिय जनगणना अनुसार ६४ प्रतिशत नागरिकले खाना पकाउन अक्सर दाउरा प्रयोग गर्ने गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

व्यावसायिक ड्रागन फ्रुट खेती

व्यावसायिक ड्रागन फ्रुट खेती

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

रारामा म्याराथन प्रतियोगिता हुने

रारामा म्याराथन प्रतियोगिता हुने

ठेकेदार सम्पर्कविहीन हुँदा भवन निर्माण अधुरै

ठेकेदार सम्पर्कविहीन हुँदा भवन निर्माण अधुरै

भर्खरै प्रकाशित

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

व्यावसायिक ड्रागन फ्रुट खेती

व्यावसायिक ड्रागन फ्रुट खेती

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

रारामा म्याराथन प्रतियोगिता हुने

रारामा म्याराथन प्रतियोगिता हुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि