Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आपतकालिन कार्यलाई चलायमान बनाउन छलफल


आपतकालिन कार्यलाई चलायमान बनाउन छलफल

कपिलबस्तु, चैत १२ गते । जिल्ला र स्थानिय आपतकालिन कार्य संचालन केन्द्रलाई चलायमान बनाउन विभिन्न विषयमा छलफल गरिएको छ । कपिलबस्तुको कपिलबस्तु नगरपालिकामा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा बैठक बसि विभिन्न छलफल तथा निर्णयहरु गरिएको हो ।
कपिलबस्तु नगरपालिकाले सञ्चालनमा ल्याउने योजना गरिरहेको स्थानिय आपतकालिन कार्य सञ्चालन केन्द्र र जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र विच सिधा सञ्चार सम्पर्क स्थापित गर्ने, विपतको घटना हुन साथ स्थानियले जिल्लालाई जानकारी गराउने निर्णय भएको प्रजिअ आचार्यले बताउनुभयो । साथै विपद पश्चात संकलन भएको क्षतिको विवरण स्थानिय विपद् व्यवस्थापन समितिबाट निर्णय गराई जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउने, विपद्को घटना घट्नसक्ने सम्भावना देखिएमा स्थानिय सुरक्षा निकायलाई खबर गरी खोज तथा उद्धारमा सहजीकरण गर्न पालिकाले सञ्चालनमा ल्याउन लागेको केन्द्रले भुमिका निर्वाह गर्नु पर्ने उहाँले बताउनुभयो ।
स्थानिय आपतकालिन कार्य सञ्चालन केन्द्रले खोज, उद्धार, राहतका साथसाथै विपद् जोखिम न्यूनिकरणका लागि जानचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने र स्थानिय विपद् व्यवस्थापन समिति र जिल्ला विपद् व्यवस्थापन समितिका विचमा स्थानिय आपतकालिन केन्द्रले सम्पर्क विन्दुको रुपमा कार्य गर्ने लगायतको विषयमा छलफल तथा निर्णयहरु गरिएको प्रजिअ आचार्यले बताउनुभयो ।
कार्यक्रममा कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, सहायक प्रजिअ अनिल पौडेल, प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेत, सशस्त्र प्रहरी उपरिक्षक जीवन केसी, नगरपालिकाका विपद् फोकल पर्सन पदमराज श्रेष्ठ, लेखा अधिकृत बलराम न्यौपाने, नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्य, कपिलबस्तु नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहम्मद जाहिद खाँ, वडा नं. २ का वडाध्यक्ष अशोक कुमार गुप्ता लगायतको सहभागिता रहेको थियो । यो खबर आजको साझा न्यूजमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

उच्च ब्याजदर र तरलता सङ्कुचनलाई सम्बोधन गरिने

उच्च ब्याजदर र तरलता सङ्कुचनलाई सम्बोधन गरिने

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, अझै १५ प्रतिशत मजदुर न्यूनतम पारिश्रमिकबाट वञ्चित

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, अझै १५ प्रतिशत मजदुर न्यूनतम पारिश्रमिकबाट वञ्चित

आजदेखि हलमा ‘प्रेमा’

आजदेखि हलमा ‘प्रेमा’

भारतको सर्वोच्च अदालतले विदेशी भनेपछि सिक्किमका नेपालीभाषी आन्दोलित

भारतको सर्वोच्च अदालतले विदेशी भनेपछि सिक्किमका नेपालीभाषी आन्दोलित

गण्डकीमा भोलि सभामुखको निर्वाचन, गठबन्धनबाट माओवादीका धिताल

गण्डकीमा भोलि सभामुखको निर्वाचन, गठबन्धनबाट माओवादीका धिताल

जिपमाथि ढुङ्गा खस्दा ३ जनाको मृत्यु, ३ घाइते

बसको ठक्करबाट विद्यार्थीको मृत्यु

भर्खरै प्रकाशित

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

व्यावसायिक ड्रागन फ्रुट खेती

व्यावसायिक ड्रागन फ्रुट खेती

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

रारामा म्याराथन प्रतियोगिता हुने

रारामा म्याराथन प्रतियोगिता हुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि