तौलिहवा, चैत १२ गते । कपिलबस्तु जिल्ला भित्र रहेका धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक सम्पदाहरुको विश्व सामु चिनाउन ३ दिने राष्ट्रिय कला कार्यशाला र संस्कृतिक प्रबद्र्धन कार्यक्रम हुन लागेको छ । सिया आर्ट एण्ड क्राफ्टले कपिलबस्तुको तौलिहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो । सो कार्यक्रम बुद्धले २९ वर्ष विताएको ठाँउ तिलौराकोट दरबारमा हुन लागेको हो ।
कुनै पनि जिल्लाको ऐतिहासिक सम्पदाहरको प्रर्बद्धन गर्न कलाकारहरुको महात्वपूर्ण भुमिका रहने गरेको क्रफ्टका अध्यक्ष बाल गोविन्द त्रिपाठीले बताउनुभयो । राष्ट्रिय एवम् अन्र्तराष्ट्रिय स्तरमा आफ्नो देश र ठाँउका कला संस्कृतिलाई चित्रकलाको माध्यमबाट प्रर्दशन गरेको उहाँको भनाई छ । हजारौ बर्षको इतिहास बोकेको कपिलबस्तु जिल्लामा रहेका सम्पदाहरुको कुनै पनि ठाँउमा चित्रकलाहरु प्रर्दशनमा नदेखिएपछि यसको प्रचार प्रसारको लागि कला कार्यशाला गर्न लागेको त्रिपाठीले बताउनुभयो । चित्रकारहरुले चित्रकलाको माध्यमबाट पशुपतिनाथ, स्वायमभुनाथ, लुम्बिनी लगायतको चित्रहरु प्रर्दशन गरे पनि कपिलबस्तुको कुनै चित्रहरु नभेटाएको उहाँको गुनासो छ । उहाँले भन्नुभयो “लुम्बिनीमा बुद्धले जन्म मात्र लिनु भयो त्यस ठाँउको चित्रहरु विभिन्न ठाँउमा हेर्न पाइन्छ तर कपिलबस्तुमा बुद्धले २९ वर्ष विताएको ठाँउको चित्रहरु नभेटाएको बताउनुभयो । ”
कार्यक्रममा राष्ट्रिय एवम् अन्र्तराष्ट्रिय स्तरका २० जना कलाकारहरुको सहभागिता रहने छ । कार्यक्रम तिन दिन चल्ने छ भने पहिलो दिन कलाकारहरुलाई कपिलबस्तु जिल्लाको सम्पूर्ण पुरातत्विक स्थलहरुको भ्रमण र त्यसबारे जानकारी गराउने, दोस्रो दिन तिलौराकोट दरबारमा उहाँहरुले अवलोकन गरेको स्थलहरुको चित्रकलाबाट प्रर्दशन गर्नु हुने छ । तेस्रो दिन कार्यक्रमको समापन गरिने छ ।
राष्ट्रिय कला कार्यशाला र संस्कृतिक प्रबद्र्धन कार्यक्रम लातिल कला परिषदका उप कुलपति लाल काजि लामा, हस्तकला विभागका अध्यक्ष प्रदिप अधिकारी, कलाकारहरु वि के नर बहादुर, डि के बराल लगायत कलाकारहरुको सहभागिता रहने छ । पत्रकार सम्मेलनमा पत्रकार महासंघका अध्यक्ष किरणमात्र बज्राचार्य, नेपाल प्रेस यूनियनका सभापति गोपाल भण्डारी लगायत विभिन्न सञ्चारमाध्यमका प्रमुख एव्म प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । यो खबर आजको साझा न्यूजमा प्रकाशित छ ।