Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि विज्ञसँग छलफल

Author Avatar साझा न्यूज 26th March 2023 , 8:03 PM
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि विज्ञसँग छलफल

प्राचीन राजधानी कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि मनोनयन दस्तावेज तयार पार्ने कार्यलाई तीव्रता दिइएको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातात्व विभाग, लुम्बिनी विकास कोषले अन्तर्राष्ट्रिय र राष्ट्रिय विज्ञहरुको कार्यशाला गरी विश्व सम्पदा सूचीमा सूचीकृतका लागि दस्तावेज तयार पार्ने कामलाई तीव्रता दिएको हो ।

शनिबार र आइतबार अन्तर्राष्ट्रिय विज्ञ डा. डंकन मार्सल (अष्ट्रेलिया), प्रा.डा. रविन कनिङहम (बेलायत), प्रा. डा. यूकियो निसिमुरा (जापान) सहित नेपालका तर्फबाट विज्ञहरु काई वाइजे, प्रा.डा. राजेश राई, डा. इनु प्रधान, सृष्टिना श्रेष्ठ, राजेन्द्र सुवाल, यनी जोशीको उपस्थितिमा मनोनयन दस्तावेजका लागि विधागत विषयमा गहन छलफल गरिएको छ ।

मनोनयन दस्तावेजमा पुरातात्व विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य र पुरातात्वविद् बसन्त विडारीले विज्ञहरुले निकालेको निष्कर्षमा सुझाव दिएका थिए ।

लुम्बिनी विकास कोषका प्रशासकीय अधिकृत ज्ञानिन राईको संयोजकत्वमा विश्व सम्पदा सूचीमा सूचीकृतका लागि मनोनयन दस्तावेजलाई अन्तिम रुप दिन विज्ञहरुसँग छलफल अगाडि बढाइएको छ ।

आइतबार विज्ञहरुको कार्यशालामा सरोकारवाला सरकारी निकायका प्रतिनिधि र सरोकारवालाहरुसँग पनि छलफल गरिएको छ ।
छलफलमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेशकुमार त्रिपाठी) ले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा जतिसक्दो चाँडो सूचीकृत गराउने गरि मनोनयन दस्तावेजलाई अन्तिम रुप दिन विज्ञहरुलाई आग्रह गरे । उनले तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुँदा कपिलवस्तुको ऐतिहासिक र पुरातात्विक महत्व विश्वले चिन्ने बताए । हालसम्म गरिएका अध्ययन, अन्वेषण, बौद्धकालिन अवस्था उल्लेख गरेका तीर्थयात्रीहरुको भ्रमण जस्ता आधारले तिलौराकोट विश्व सम्पदा सूचीका लागि योग्य भइसकेको उपाध्यक्ष मैत्तयको भनाइ छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेले तिलौराकोटलाई विश्व सम्पदाका रुपमा चिनाउन आवश्यक रहेकाले विज्ञहरुलाई जतिसक्दो चाँडो प्रक्रिया अगाडि बढाउन आग्रह गरे । उनले कपिलवस्तु बुद्धको बंश रहेको र बुद्ध स्वयंले २९ वर्ष बिताएको ठाउँ रहेकाले तुरुन्त सम्पदा सूचीमा सूचीकृत गर्नुपर्नेमा जोड दिए ।

पुरातात्व विभागका महानिर्देशक दामोदर गौतमले विज्ञहरुबाट मनोनयनका लागि महत्वपूर्ण सुझावहरु आएको बताउँदै सीमा क्षेत्रका बारेमा प्रदेश सरकार, स्थानीय सरकार एंव स्थानीयहरुको समेत सहयोग आवश्यक हुने बताए ।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सहसचिव डा. सुरेश सुरेश श्रेष्ठले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका आवश्यक प्रमाणहरु जुटाउने काम भइरहेको बताए । उनले सन् १९९६ सालमै तिलौराकोट सम्भाव्य विश्व सम्पदा सूचीमा रहेकाले सन् २०२४ सम्ममा सूचीकृत गर्ने र त्यसका लागि सबैको सहयोग आवश्यक पर्ने बताए ।

कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले सम्पदामा सूचीकृतका लागि कोषका तर्फबाट विदेशी विज्ञ मनोनित गरिसकेको बताउँदै स्थानीय रुपमा वातावरण अनुकुल बनाउने काममा स्थानीय सरकारको सहयोग हुनुपर्ने बताए ।  कार्यशालामा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि कार्यतालिका, विषयसूची, तिलौराकोटको विशेषता र अदितिय अनुपम विश्वव्यापी महत्वका बारेमा छलफल गरिएको कोषका प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए ।

छलफलमा लुम्बिनी प्रदेश प्रदेश प्रमुख कार्यालयका सचिव प्रल्हाद पोखरेल, यूनेस्को जापान फन्ड इन ट्रष्टका कन्सल्ट्यान्ट नभा थापा बस्नेत, कपिलवस्तु नगरपालिकाका उपप्रमुख सुनिता गुप्ता, वडाअध्यक्ष प्रकाश गैरे लगायतले बोल्दै तिलौराकोटलाई विश्व सम्पदाका रुपमा स्थापित गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

छलफलमा कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), योजना प्रमुख सरोज भट्टराई, पुरातात्व प्रमुख हिमाल उप्रेती, सूचना अधिकृत राजन बस्नेत, कपिलवस्तु शाखा प्रमुख माधव प्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो । यूनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्विक स्थल तिलौराकोटलाई सम्भावित विश्व सम्पदा सूचीमा राखेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज