Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

काठमाडौं महानगरको राजश्व सङ्कलनमा २७.१ प्रतिशतले वृद्धि

Author Avatar साझा न्यूज 28th March 2023 , 10:36 AM
काठमाडौं महानगरको राजश्व सङ्कलनमा २७.१ प्रतिशतले वृद्धि

काठमाडौं,चैत्र १४ गते । काठमाडौं महानगरको राजश्व सङ्कलनमा वृद्धि भएको छ । गत आर्थिक वर्षको फागुन मसान्तको तुलनामा यस आर्थिक वर्षको फागुन मसान्तमा महानगरपालिकाको २७.१ प्रतिशत बढी राजश्व सङ्कलन भएको छ ।

महानगरको राजश्व महाशाखाका अनुसार गत आर्थिक वर्षको फागुन मसान्तमा चार अर्ब ७३ करोड ९५ लाख ९६ हजार राजश्व सङ्कलन भएको थियो । चालू आर्थिक वर्षको सोही समयमा ६ अर्ब २ करोड ७८ लाख ८४ हजार राजश्व सङ्कलन भएको छ ।

महानगरका राजश्व महाशाखाका लेखा अधिकृत सजना चालिसेका अनुसार पछिल्लो समय महानगरले राजश्व सङ्कलनमा कडाइ गरेपछि  वृद्धि भएको हो । उहाँले भन्नुभयो, “महानगरले पछिल्लो समय राजश्व सङ्कलनमा कडाइ गरेपछि  राजश्व वृद्धि भएको देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा यसको परिणाम देखिएको छ ।”

महानगरमा घर बहाल कर धेरैले ठगेको पाइएकाले मुख्यरुपमा घरबहाल कर सङ्कलनलाई कडाइ नै गर्दा राजश्व वृद्धि भएको उहाँको भनाइ छ । यस्तै सम्पत्ति करमा पनि महानगरले कडाइ गरेपछि  राजश्व सङ्कलन बढेको उहाँको भनाइ छ ।  अहिले स्थानीय तहलाई नक्साको अभिलेखीकरण गर्न दिएका कारण महानगरको राजश्व पनि वृद्धि भएको उहाँको भनाइ छ ।

महानगरले पछिल्लो समय मनोरञ्जन करमा समेत कडाइ गर्दै जाँदा मनोरञ्जन बापतको कर पनि बढ्दै गएको चालिसेले बताउनुभयो । तर, मनोरञ्जन कर बापतको रकम हाल राजश्वमा बाँडफाँड गर्न बाँकी रहेकाले यसलाई राजश्वको रूपमा समावेश नगरिएको उहाँले बताउनुभयो ।

चालिसेले भन्नुभयो, “महानगरले मनोरञ्जन करमा कडाइ गरेपछि अहिले मनोरञ्जन कर सङ्कलन बढेको छ । तर राजश्वमा बाँडफाँड नभइसकेकाले यसलाई राजश्वमा बाँधिएको छैन ।”

फुटपाथबाट एक करोड बढी राजश्व सङ्कलन

काठमाडौं महानगरले अनधिकृत रूपमा फुटपाथ व्यापारमा राखिएका बस्तुहरू जफत बापत चालू आर्थिक वर्षको फागुन मसान्तसम्म एक करोड १५ लाख ५९ हजार ९०० रुपियाँ राजश्व सङ्कलन गरेको छ ।

महानगरका राजश्व महाशाखाका लेखा अधिकृत चालिसेका अनुसार फुटपाथमा अनधिकृत रूपमा राखिएका तरकारी, खाद्य सामग्री, ग्याँस चुल्हो सिलिण्डर र मोटरसाइकल तथा लत्ताकपडाबापत यही मात्रामा राजश्व सङ्कलन भएको हो ।

गत आर्थिक वर्ष २०७८/०७९ मा फुटपाथ बापत एक करोड ५४ लाख ७५ हजार ९०० रुपियाँ राजश्व उठेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज