Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ट्याङ्कीमा शव भेटिएपछि वैकल्पिक रूपमा खानेपानी वितरण

Author Avatar साझा न्यूज 28th March 2023 , 12:03 PM
ट्याङ्कीमा शव भेटिएपछि वैकल्पिक रूपमा खानेपानी वितरण

तनहुँ, चैत १४ गते । ट्याङ्कीमा शव भेटिएपछि काकाकुल बनेका म्याग्दे गाउँपालिका–४ पिपलटारका बासिन्दाको खानेपानी समस्या समाधानको लागि काम अघि बढेको छ । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएपछि काम अघि बढको हो ।

सांसद भण्डारीको पहलमा सो स्थानमा सञ्चालित पिपलटार खानेपानी आयोजनाका लागि तीन लाख ७० हजार बराबरको खानेपानीको पाईप उपलब्ध गराइएको छ ।

आइतबार खानेपानी आयोजनाको ट्याङ्कीमा महिलाको शव भेटिएपछि त्यो पानी उपभोक्ताले प्रयोग गरेका छैनन् । वैकल्पिक ढङ्गले खानेपानीको व्यवस्था गर्न उक्त खानेपानीको पाईप उपलब्ध गराइएको हो ।

सांसद भण्डारीले गण्डकी प्रदेशका खानेपानी मन्त्रालयका सचिव डा. सन्तोष कैनीलाई टेलिफोन गरी पाइपको व्यवस्था गर्न आग्रह गर्नुभएको थियो । खानेपानीको पाईप उपलब्ध भएसँगै १३८ घर परिवार लाभान्वित हुने भएका छन् ।

दूषित पानी पिउँदा सो गाउँका ३५० जना बिरामी भएकाे म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

‘‘ट्याङ्कीमा शव भेटिएपछि किलकिलाएर धेरै जसोले बान्ता गरेका छन्’’ उपाध्यक्ष घिमिरेले भन्नुभयो । ट्याङ्कीभित्रबाट दुर्गन्ध फैलिएपछि स्थानीयले पानी ट्यांकी चेक गर्ने क्रममा लाश देखेर प्रहरीमा खबर गरेका थिए ।

खानेपानी ट्याङ्की मृत भेटिएकी महिलाको पहिचान खुल्यो 

तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्यांकीमा आइतबार मृत भेटिएकी महिलाको पहिचान खुलेकाे छ । सो शव पोखरा महानगरपालिका–३३ बाग्माराकी ४२ वर्षीया शान्ति श्रेष्ठको रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिनुभयो ।

मृतक शन्तिको छोरा गणेश श्रेष्ठले शव बुझेको उहाँले जानकारी दिनुभयो । गत फागनु २३ गतेदेखि हराउनु भएकी श्रेष्ठ फेला नपरेपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा खोजी गर्नको लागि चैत ६ गते निवेदन दिएको शर्माले बताउनुभयो । ‘‘शव फेला परेपछि हराएको सूचना दिने परिवारलाई बोलायौँ, मृतकको पहिचान खुल्यो छोराले शव बुझ्नु भयो’’ प्रहरी निरीक्षक शर्माले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौँसँग जनकपुर र कर्णालीसँग विराटनगर भिड्दै

एनपीएलमा आज दुई खेल: काठमाडौं–सुदूरपश्चिम र चितवन–जनकपुर भिड्दै

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’विधि गरिँदै

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’विधि गरिँदै

साझा न्यूजका सल्लाहकार गुप्तालाई पितृशोक

साझा न्यूजका सल्लाहकार गुप्तालाई पितृशोक

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

सलमानको सिनेमा ‘मातृभूमि’को ट्रेलरमा अनुपविक्रम शाहीको दबदबा

सलमानको सिनेमा ‘मातृभूमि’को ट्रेलरमा अनुपविक्रम शाहीको दबदबा

घरायसी विवादपछि डेरामै श्रीमतीको मृ`त्यु, श्रीमान पक्राउ

घरायसी विवादपछि डेरामै श्रीमतीको मृ`त्यु, श्रीमान पक्राउ

भर्खरै प्रकाशित

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौँसँग जनकपुर र कर्णालीसँग विराटनगर भिड्दै

एनपीएलमा आज दुई खेल: काठमाडौं–सुदूरपश्चिम र चितवन–जनकपुर भिड्दै

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’विधि गरिँदै

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’विधि गरिँदै

साझा न्यूजका सल्लाहकार गुप्तालाई पितृशोक

साझा न्यूजका सल्लाहकार गुप्तालाई पितृशोक

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

सलमानको सिनेमा ‘मातृभूमि’को ट्रेलरमा अनुपविक्रम शाहीको दबदबा

सलमानको सिनेमा ‘मातृभूमि’को ट्रेलरमा अनुपविक्रम शाहीको दबदबा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज