Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

महँगियो बजार

Author Avatar साझा न्यूज 28th March 2023 , 2:42 PM
महँगियो बजार

काठमाडौँ, चैत १४ गते । दैनिक उपभोग्य वस्तुको भाउ महँगिएको छ । पछिल्लो एक वर्षको अवधिमा हरेक वस्तुको भाउ आकाशिएको छ ।

एक हजार रुपियाँले चार जनाको परिवारलाई दुई छाक टार्न गाह्रो भएको अनुभव निर्माण मजदुरका रूपमा काम गर्ने विमल तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “ज्याला बढेको छैन, एक वर्षको अवधिमा खानेकुराको भाउ बढेर कहाँ पुग्यो कसरी बाँच्ने हो ? गरिबलाई त बाँच्नै गाह्रो भइसक्यो ।” सबभन्दा सस्तो चामलको भाउ प्रतिकेजी ७५ रुपियाँ पुगेको छ । दाल, तरकारी, खाने तेल सबै यसैगरी बढेको छ ।

विमल त एउटा प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । महँगीको मारमा दैनिक काम गरेर कमाएको ज्यालाले परिवार पाल्नुपर्ने र न्यून आय भएका आमउपभोक्ता मारमा परेका छन् ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार एक वर्षको अवधिमा सबैजसो उपभोग्य वस्तुको भाउ औसतमा २० प्रतिशत महँगिएको छ । सङ्घका अध्यक्ष पवित्र वज्राचार्यले एक वर्षयताका हरेक उपभोग्य वस्तुको मूल्य विश्लेषण गरेर हेर्दा कुनै १० देखि ५० प्रतिशतसम्म महँगिए पनि औसतमा २० प्रतिशतसँग महँगो भएको पाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बिस्कुट, चकलेट ५० प्रतिशतसम्म महँगिएका छन् । मैदा र आँटा महँगो भएकाले बिस्कुट, पाउरोटीलगायत अधिकांश उत्पादन ४० देखि ५० प्रतिशतसम्म महँगो भएको अनुभव सङ्घका अध्यक्ष वज्राचार्यको छ ।

सङ्घका अनुसार गत वैशाखमा प्रतिकेजी ५० देखि ५५ रुपियाँ रहेको गहुँको आँटा बढेर ९५ रुपियाँ हुँदै अहिले ८५ रुपियाँमा कारोबार भएको छ । यस्तै सो अवधिमा मैदा प्रतिकेजी ६० रुपियाँबाट ११० रुपियाँसम्म पुगेकामा अहिले घटेर प्रतिकेजी ९० रुपियाँमा किनबेच भइरहेको छ ।

सङ्घका अध्यक्ष वज्राचार्यले गहुँको आँटा र मैदाको भाउ केही घटे पनि यसबाट तयार गरिने बिस्कुट र पाउरोटीका परिकार नघटेको बताउनुभयो । चामल, दाल, गेडागुडी, चिउरालगायतका भाउ १० देखि १५ प्रतिशतसम्म महँगिएको खुद्रा व्यापारी बताउँछन् ।

कलङ्कीका खुद्रा व्यापारी विमल खत्रीले अधिकांश खाद्यवस्तुको भाउ महँगो भएकाले उपभोगमा ठूलो ह्रास आएको अनुभव सुनाउनुभयो । डेढ दशकदेखि सोही चोकमा व्यापार गर्दै आउनुभएका उहाँले भन्नुभयो, “हरेक महिना चार केजी दाल, चार केजी गेडागुडी किन्ने उपभोक्ताले आधा घटाएर दुई/दुई केजीमा सीमित हुुने गरेका छन् । राम्रो ब्रान्डको चामल किन्नेले सस्तो चामल किन्न थालेका छन् ।”

महँगी भएका विषयमा बढी खाद्यवस्तु मात्रै बाहिर आउँछन् तर एक वर्षको अवधिमा लत्ताकपडा, भाँडाकुँडा, विद्युतीय सामग्रीलगायत सबै वस्तुको भाउ बढेको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले बताउनुभयो । “भाउ बढ्नुको कारण खोज्यो भने कहीँकतैबाट उत्तर पाइँदैन, त्यसैले पनि आमउपभोक्ता कुन सस्तो छ र भन्नेमा पुगेर चुप लागेर बस्नुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो ।

तिमल्सिनाले सरकारसँग बजारमा कुन वस्तुको कति माग हो, कति खपत हुन्छ भन्ने कुनै तथ्याङ्क नभएका कारण बजार केही मुठीभर व्यापारीको नियन्त्रणमा भएकाले उपभोक्ता सधैँ मारमा पर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको सात महिनाको उपभोग्य वस्तुको मूल्य वृद्धि कायमै रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । बैङ्कको विवरणअनुसार चालु आर्थिक वर्षको माघ महिनासम्ममा उपभोक्ता मुद्रास्फीति ७ दशमलव ८८ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ६ दशमलव २४ प्रतिशत थियो ।

केन्द्रीय बैङ्कको विवरणअनुसार समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ६ दशमलव १९ प्रतिशत रहेको छ भने गैरखाद्य र सेवा समूहको मुद्रास्फीति ९ दशमलव २२ प्रतिशत छ । गत वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ५ दशमलव ९३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६ दशमलव ४९ प्रतिशत थियो ।

यस्तै गैरखाद्य तथा सेवा समूहअन्तर्गतका समूहको मूल्य सूचकाङ्क १५ दशमलव ५८ प्रतिशत, स्वास्थ्यको १० दशमलव ३९ प्रतिशत, घरायसी उपयोगका वस्तुको ९ दशमलव ७८ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ९ प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको ८ दशमलव ८१ प्रतिशतले बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौँसँग जनकपुर र कर्णालीसँग विराटनगर भिड्दै

एनपीएलमा आज दुई खेल: काठमाडौं–सुदूरपश्चिम र चितवन–जनकपुर भिड्दै

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’विधि गरिँदै

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’विधि गरिँदै

साझा न्यूजका सल्लाहकार गुप्तालाई पितृशोक

साझा न्यूजका सल्लाहकार गुप्तालाई पितृशोक

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

सलमानको सिनेमा ‘मातृभूमि’को ट्रेलरमा अनुपविक्रम शाहीको दबदबा

सलमानको सिनेमा ‘मातृभूमि’को ट्रेलरमा अनुपविक्रम शाहीको दबदबा

घरायसी विवादपछि डेरामै श्रीमतीको मृ`त्यु, श्रीमान पक्राउ

घरायसी विवादपछि डेरामै श्रीमतीको मृ`त्यु, श्रीमान पक्राउ

भर्खरै प्रकाशित

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौँसँग जनकपुर र कर्णालीसँग विराटनगर भिड्दै

एनपीएलमा आज दुई खेल: काठमाडौं–सुदूरपश्चिम र चितवन–जनकपुर भिड्दै

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’विधि गरिँदै

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’विधि गरिँदै

साझा न्यूजका सल्लाहकार गुप्तालाई पितृशोक

साझा न्यूजका सल्लाहकार गुप्तालाई पितृशोक

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

सलमानको सिनेमा ‘मातृभूमि’को ट्रेलरमा अनुपविक्रम शाहीको दबदबा

सलमानको सिनेमा ‘मातृभूमि’को ट्रेलरमा अनुपविक्रम शाहीको दबदबा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज