Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एक लाखसम्मको कारोबारलाई सरलीकृत केवाइसी

Author Avatar साझा न्यूज 28th March 2023 , 3:25 PM
एक लाखसम्मको कारोबारलाई सरलीकृत केवाइसी

काठमाडौं, चैत १४ गते । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्था बाहेकका भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्रप्राप्त संस्थालाई एक लाख रुपियाँसम्मको कारोबारमा सरलीकृत ग्राहक पहिचान (केवाइसी) प्रक्रिया लागू गरेको छ ।

राष्ट्र बैङ्कले आज (मङ्गलबार) भुक्तानी सेवा प्रदायक संस्थालाई परिपत्र गर्दै वार्षिक एक लाख रुपियाँसम्मको व्यावसायिक कारोबारमा यस्तो व्यवस्था लागू गर्न भनेको हो ।

“सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ तथा सम्पत्ति शुद्धीकरण निवारण नियमावली, २०७३ को व्यवस्थाबमोजिम वार्षिक रु एक लाखसम्मको कारोबार गर्ने मर्चेन्टलाई आबद्ध गर्दा यस्ता संस्थाले सरलीकृत ग्राहक पहिचानको प्रक्रिया अवलम्बन गर्नसक्नेछन्”, राष्ट्र बैङ्कले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७९ मा संशोधन गर्दै भनेको छ ।

यसरी सरलीकृत ग्राहक पहिचान तथा मर्चेन्टको सम्पुष्टि गर्दा अपनाउनुपर्ने मापदण्ड र प्रक्रिया पनि राष्ट्र बैङ्कले तोकिदिएको छ । सरलीकृत केवाइसी प्रक्रियाबाट ग्राहक आबद्ध गर्न छुट्टै फारम भर्नुपर्नेछ । जसमा व्यवसाय वा मर्चेन्टको नाम, ठेगाना, व्यवसायको प्रकृति, कारोबारको भौगोलिक क्षेत्र, अनुमानित मासिक कारोबारको सङ्ख्या र रकमलगायतका विषय अनिवार्य रूपमा खुलाउनुपर्नेछ ।

बैङ्क तथा वित्तीय संस्थाबाहेकका भुक्तानी प्रदायक संस्थामा लागू हुने सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी विद्यमान व्यवस्थामा नयाँ विषयहरू थप गरिएको राष्ट्र बैङ्कले जनाएको छ । जसमा सरलीकृत केवाइसी पद्धतिबाट मर्चेन्ट आबद्ध गर्ने मापदण्ड, विधि र प्रक्रिया समेटिएका छन् ।

नयाँ व्यवस्थाअनुसार व्यावसायिक कारोबार गर्ने व्यवसाय तथा मर्चेन्टहरुले व्यवसायको दर्ता, उक्त व्यवसायको अस्तित्व वा गतिविधिको पुष्टि हुने कागजात, भ्याट वा पान दर्ता विवरण, व्यवसायको स्थलगत निरीक्षण गरेर भिडियो वा फोटोमार्फत प्रमाणीकरण र व्यवसायको प्रकृति, कारोबारको भौगोलिक क्षेत्र एवम् कारोबार सङ्ख्या खुल्ने विवरणमध्ये कुनै दुईवटा विवरण बुझाउनुपर्नेछ ।

त्यसैगरी, भुक्तानी सेवा दिने संस्थाहरूले सम्बन्धित व्यवसायको सञ्चालक (प्रोप्राइटर) को पहिचान तथा सम्पुष्टि गर्नुपर्नेछ । यसरी पहिचान गर्दा प्रोप्राइटरको नाम, ठेगाना, सम्पर्क नम्बर, नागरिकता वा राष्ट्रिय परिचयपत्र नम्बरलगायतका विवरण अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौँसँग जनकपुर र कर्णालीसँग विराटनगर भिड्दै

एनपीएलमा आज दुई खेल: काठमाडौं–सुदूरपश्चिम र चितवन–जनकपुर भिड्दै

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’विधि गरिँदै

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’विधि गरिँदै

साझा न्यूजका सल्लाहकार गुप्तालाई पितृशोक

साझा न्यूजका सल्लाहकार गुप्तालाई पितृशोक

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

सलमानको सिनेमा ‘मातृभूमि’को ट्रेलरमा अनुपविक्रम शाहीको दबदबा

सलमानको सिनेमा ‘मातृभूमि’को ट्रेलरमा अनुपविक्रम शाहीको दबदबा

घरायसी विवादपछि डेरामै श्रीमतीको मृ`त्यु, श्रीमान पक्राउ

घरायसी विवादपछि डेरामै श्रीमतीको मृ`त्यु, श्रीमान पक्राउ

भर्खरै प्रकाशित

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौँसँग जनकपुर र कर्णालीसँग विराटनगर भिड्दै

एनपीएलमा आज दुई खेल: काठमाडौं–सुदूरपश्चिम र चितवन–जनकपुर भिड्दै

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’विधि गरिँदै

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’विधि गरिँदै

साझा न्यूजका सल्लाहकार गुप्तालाई पितृशोक

साझा न्यूजका सल्लाहकार गुप्तालाई पितृशोक

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

सलमानको सिनेमा ‘मातृभूमि’को ट्रेलरमा अनुपविक्रम शाहीको दबदबा

सलमानको सिनेमा ‘मातृभूमि’को ट्रेलरमा अनुपविक्रम शाहीको दबदबा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज