Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्याङ्जामा खानेपानीको पहुँच ९० प्रतिशत, इन्धनमा दाउराकै भर

Author Avatar साझा न्यूज 28th March 2023 , 3:34 PM
स्याङ्जामा खानेपानीको पहुँच ९० प्रतिशत, इन्धनमा दाउराकै भर

वालिङ, चैत १४ गते । स्याङ्जाका ९० प्रतिशत घरपरिवारले सहज रुपमा खानेपानीको उपभोग गर्दै आएका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा धारा र पाइपको प्रयोगमा ८९ दशमलब ५ प्रतिशत नागरिकले सहज रुपमा खानेपानीको उपभोग गर्दै आएको पाइएको हो ।

जिल्लाका ६८ हजार ९५९ घरपरिवार मध्ये ६१ हजार ६९२ परिवारले धारा पाइपको पानी घरभित्र र परिसरमै उपभोग गर्दै आएको तथ्याङ्कमा समाबेश गरिएको छ । झण्डै छ हजारले मुलधाराको र एक हजार परिवारले खुल्ला इनारको पानी उपभोग गर्दै आएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

तथ्याङ्कको सुविधा र साधनमा ६५ दशमलब ७ प्रतिशत अर्थात ४५ हजार २९३ परिवार काठ र दाउरा मार्फत खाना बनाउने इन्धनका रुपमा प्रयोग गर्दै आएका छन् । एलपी ग्याँसको प्रयोग गर्ने नागरिकको संख्या २२ हजार ६४३ रहेको छ । बायोग्याँस र विद्युत प्रयोग गर्नेको संख्या करिब दुई प्रतिशत मात्रै छ ।

तथ्याङ्क अनुसार जिल्लाका ५० हजार ३३० ले सुविधा सम्पन्न र १५ हजार परिवारले साधारण शौचालयको प्रयोग गरेको देखिन्छ । शौचालयको रुपमा दुई हजार छ सयले सार्वजनिक ढल प्रयोग गर्दै आएका छन् भने एक प्रतिशत घरपरिवारको शौचालय नै छैन ।

बत्ति बाल्न प्रयोग हुने इन्धन तर्फ ९९ प्रतिशत घरपरिवारले विद्युत उपभोग गर्दै आएको तथ्याङ्कमा देखिन्छ । नेपालकै ठूलो १४४ मेगावाटको जलविद्युत ‘कालिगण्डकी ए परियोजना’ मार्फत विद्युत प्राधिकरण र ९ दशमलब ४ मेगावाटको बुटवल पावर कम्पनी (बीपीसी) आँधीखोला वितरण केन्द्रले जिल्लाका शतप्रतिशत घरधुरीका नागरिकले विद्युत सेवा उपभोग गरेको दाबी गरेका छन् ।

जिल्लामा २५ हजार घरपरिवारले इन्टरनेटको प्रयोग गर्दै आएको तथ्याङ्कले देखाएको छ । तथ्याङक अनुसार ८ हजार घरपरिवारले ल्यापटप वा कम्प्यूटर प्रयोग गरेका छन् भने करिब २ हजार घरपरिवारले कार, जीप भ्यान प्रयोग गरेको देखिन्छ । झण्डै २० प्रतिशतले हुने १५ हजार घरपरिवारले मोटरसाइकल वा स्कुटर प्रयोग गर्दै आएको तथ्याङ्कले देखाउँछ ।

साधन र सुविधा अन्र्तगत स्याङ्जाका करिब ९८ प्रतिशत घरपरिवारले कुनै न कुनै साधन र सुविधा प्रयोग गर्दै आएका छन् । रेडियो ३४, टेलिभिजन ६४, साधारण मोबाईल ८० प्रतिशत घरपरिवारले प्रयोग गरेका छन् भने, स्मार्ट मोबाईल फोन प्रयोग गर्नेको संख्या करिब ७६ प्रतिशतले हुने ५३ हजार घरपरिवार रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज