Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मुद्दा फर्छ्यौटमा सर्वोच्चको प्राथमिकता

Author Avatar साझा न्यूज 28th March 2023 , 4:51 PM
मुद्दा फर्छ्यौटमा सर्वोच्चको प्राथमिकता

काठमाडौं, चैत १४ गते । सर्वोच्च अदालतले मुद्दा फर्छ्यौटलाई प्राथमिकताका साथ तीव्रता दिएको छ । अदालतका अनुसार ३६ हजार पाँच सयभन्दा बढी लगत रहेको मुद्दामा सात हजार सात सय मुद्दा फर्छ्यौट भइसकेको छ ।

“अहिले प्रतिइजलास करिब चार हजार मुद्दा पर्ने अवस्था छ तर चालु आर्थिक वर्षमा प्रतिइजलास करिब नौ सयका दरले मुद्दा फर्छ्यौट भएका छन्”, सर्वोच्च अदालतका प्रवक्त विमल पौडेलले भन्नुभयो, “यो सङ्ख्या आफैँमा उल्लेख्य ठूलो हो यद्यपि सर्वोच्च अदालतमा भएको मुद्दाको चापको अवस्था हेर्दा उपलब्धि पनि गौण बन्न पुगेको छ ।” अदालतका अनुसार अब २८ हजार आठ सय ५२ मुद्दा फर्छ्यौट हुन बाँकी छन् ।

“नेपालको संविधानअनुसार २१ जना न्यायाधीश हुनुपर्ने व्यवस्था छ तर विगत छ महिनादेखि १६ जना न्यायाधीशले मात्र काम गरिरहनुभएको छ”, प्रवक्ता पौडेलले भन्नुभयो, “न्यायाधीशको कमी, बजेट, स्रोत र साधनको कमी भए पनि मुद्दा फर्छ्यौटको कामलाई भने प्राथमिकता राखिएको छ ।”

सर्वोच्च अदालतमा एक वर्षदेखि कामु प्रधानन्यायाधीशले काम गरिरहनुभएको छ । प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया र सर्वोच्च अदालतमा रिक्त न्यायाधीश प्रक्रिया तत्काल गर्नुपर्ने भए पनि अहिलेसम्म हुन सकेको छैन । मुद्दाको चाप बढ्दै जाने तर न्यायाधीश, स्रोत र साधनको कमीले गर्दा पनि अदालतले सोचेअनुरुप काम गर्न नसकेको प्रवक्ता पौडेलको भनाइ छ ।

अदालतमा २०६३ र २०६४ सालमा दर्ता भई विचाराधीन रहेका दुई थान मुद्दा फर्छ्यौट भइसकेका छन् । अब सबैभन्दा पुरानामा मुद्दा २०६५ सालमा दर्ता भएका दुई थान बाँकी छन् । सर्वोच्च अदालतमा पाँच वर्ष नाघेका मुद्दा चार हजार पाँच सय ३० थान छन् । कूल छ हजार तीन सय ४३ मुद्दा रहेकामा एक हजार आठ सय १३ मुद्दा फर्छ्यौट भइसकेका छन् । त्यस्तै, दुई वर्ष नाघेका  १६ हजार आठ सय ३८ मुद्दा छन् । कूल २१ हजार एक सय ६२ मुद्दा रहेकामा चार हजार तीन सय २४ थान मुद्दा फर्छ्यौट भइरहेका छन् ।

अदालतमा पेसी व्यवस्थापन फाँटमा रहेका मुद्दा सङ्ख्याको अनुपात हेरी सबै फाँटलाई पेसीको कोटा निर्धारण गरिएको छ । सर्वोच्च अदालतमा ४२ वटा मुद्दाका फाँट छन् । अदालतमा कम्तीमा ६ महिनाभित्र कम्तीमा एउटा पेसी तारेख पाउने गरी व्यवस्थापन गरिएको छ । पुराना मुद्दालाई बढीमा दुई महिनाभित्र पेसी तारेख तोकिने व्यवस्था गरिएको छ । इजलास गठन प्रक्रिया गोला प्रक्रियाद्वारा हुने गरेको छ ।

“दैनिक पेसी सूचीको निर्धारण गोला प्रक्रियाबाट हुन्छ”, प्रवक्ता पौडेलले भन्नुभयो, “एकदम पुराना, राष्ट्रिय महत्व र शीघ्र फर्छ्यौट गर्नुपर्ने मुद्दा हेर्न नमिल्ने इजसालमा नपरोस् भनेर हेर्न मिल्ने न्यायाधीशहरुको बीचमा मात्रै गोला प्रक्रियामार्फत सुनुवाइ गर्ने गरिएको छ ।”

अदालतमा पाँच वर्ष नाघेका मुद्दालाई प्राथमिकता दिएको प्रवक्ता पौडेलको भनाइ छ । “एकपटक पेसी पाएको मुद्दा छ महिना नकटाउने गरी काम भइरहेको छ, पाँच वर्ष नाघेका मुद्दाको हकमा भने दुई महिनाभन्दा पछाडि पेसी जाँदैन”, उहाँले भन्नुभयो ।

सर्वोच्च अदालतमा दैनिकजसो मुद्दाको चाप बढ्दै गइरहेको भए पनि भौतिक पूर्वाधार अवस्था भने दयनीय भएको उहाँको भनाइ छ । करिब १०–१५ हजार मुद्दाको लगत मात्र व्यवस्थापन गर्न सकिने क्षेत्रफलमा करिब ४० हजार मुद्दाको व्यवस्थापन गर्नुपर्ने काम चुनौतीपूर्ण भएको उहाँले बताउनुभयो ।

“मिसिल सुरक्षित राख्न सक्ने ठाउँ छैन, कोठाभित्र मिसिल राख्न पर्याप्त स्थान नभएपछि कोरिडोरमा मिसिल राख्नुपरेको छ”, प्रवक्ता पौडेलले सर्वोच्च अदालतको भौतिक अवस्थाबारे जानकारी गराउँदै थप्नुभयो, “कर्मचारी बस्नका लागि पर्याप्त स्थान समेत छैन, यस्तो अवस्थामा काम गर्ने वातावरण पनि सहज बनाउन सकिएको छैन ।”

सर्वोच्च अदालतमा मुद्दाको चाप बढ्दै गएपछि सेवाग्राही हिँड्ने बाटोमा मिसिलका दराज, कार्यकक्षमा पनि मिसिल जताजतै राखिएको छ । सर्वोच्च अदालतको नयाँ भवन निर्माणका लागि अझै एक वर्ष जति लाग्ने देखिएको छ । उक्त भवन नबनाउँदासम्म पर्याप्त ठाउँको समेत अभाव देखिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज