Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भारतीय तरकारीमा निर्भर भान्सा

Author Avatar साझा न्यूज 29th March 2023 , 1:13 PM
भारतीय तरकारीमा निर्भर भान्सा

काठमाडौँ,  चैत १५ गते । कुनै समय थियो हामीलाई आफ्नै खेतबारीमा उत्पादित तरकारीले पुग्थ्यो । मकै, चामल, गहुँदेखि मौसमी तरकारी र फलफूल सायदै किन्न पर्दथ्यो । भान्सामा केही सीमित वस्तुबाहेक कृषिजन्य उत्पादनको आयात आवश्यक थिएन ।

तर पछिल्लो समय कृषि प्रधान देश नेपालमा कृषिजन्य उत्पादन घट्दो र आयात बढ्दो अवस्थामा गएको देखिन्छ । फलस्वरुप हाम्रो भान्सामा भारतीय तरकारीले हिस्सा बढाउँदै लगेको तथ्याङ्ले देखाउँछ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा करिब एक वर्षको अवधिमा भित्रिएको तरकारी तथा फलफूलको हिस्सा हेर्ने हो भने हामी पूर्णरुपमा भारतीय बजारमा निर्भर हुँदै गरेको प्रष्ट हुन्छ । हामीले दैनिक खाने तरकारी तथा फूलफूलमा भारतीय बजारको तरकारी र फलफूल अनिवार्य जस्तै भएको छ ।

उदाहरणका लागि गत वैशाख १ गतेदेखि चैत १३ गतेसम्म कालीमाटी बजारमा भित्रिएको कुल प्याजमध्ये ९९ प्रतिशत भारतीय बजारबाट आयात भएको छ । साथै कूल भित्रिएको ५२ लाख ४८ हजार ३२ केजी ठूलो टमाटरमध्ये ४९ लाख ३९ हजार १८२ केजी अर्थात् ९४ दशमलव ११ प्रतिशत भारतबाट आयात भएको छ ।

यस अवधिमा कालीमाटी फलफूल तथा तरकारी बजारमा भारतीय बजारबाट रातो आलु ६० प्रतिशत र सेतो आलु ५७, हरियो केराउ ४५ प्रतिशत, लौका ३९ प्रतिशत,  फर्सी ६६ प्रतिशत र सजिवन ७७ प्रतिशत भित्रिएको छ । साथै इमली ९९ प्रतिशत, स्याउ ८१ प्रतिशत, अनार ९८ प्रतिशत, मेवा ८१ प्रतिशत, अङ्गुर ८१ प्रतिशत भारतबाट मात्रै आयात भएको  देखिन्छ ।

हालै प्रकाशित राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कृषिमा आश्रित जनसङ्ख्या ५० दशमलव एक प्रतिशत छ । आधाभन्दा बढी जनसङ्ख्या कृषि क्षेत्रमा आश्रित रहँदा आयात बढ्दो क्रममा हुनु अर्थतन्त्रका लागि सुखद् नभएको जानकार बताउँछन् । कालीमाटी फलफूल तथा तरकारी बजारका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार यहाँ भारतीय तरकारीको माग अत्यधिक छ ।

समितिको तथ्याङ्क अनुसार पछिल्लो करिब एक वर्षमा कालीमाटी बजारमा भित्रिएको कुल तरकारी र फलफूलमध्ये ३८ दशमलव ६८ प्रतिशत भारतबाट आयात भएको छ । “भारतबाट ठूलो परिमाणमा तरकारी आयात हुन्छ, २० देखि २५ टन तरकारी खुद्रा बजारले किन्न सक्दैनन्”, उहाँले भन्नुभयो, “कालीमाटी तरकारी बजारले ठूलो परिमाणमा भारतीय तरकारीको खरिद गर्ने भएकाले हिस्सा धेरै देखिएको हो ।”

समितिका अनुसार गत वैशाख १ गतेदेखि चैत १३ सम्म कालीमाटी तरकारी बजारमा २६ करोड ३५ लाख २२ हजार ३५ केजी विभिन्न तरकारी आयात भएकोमा भारतबाट मात्रै १० करोड १९ लाख ४१ हजार पाँच सय ७७ केजी तरकारी आयात भएको समितिका योजना अधिकृत रमेश डङ्गोलले जानकारी दिनुभयो । सो अवधिमा चीनबाट एक लाख १२ हजार तीन सय, बङ्गलादेशबाट एक लाख ४७ हजार, भुटानबाट एक लाख १२ हजार तीन सय र अन्य मुलुकबाट पाँच हजार नौ सय २७ केजी तरकारी आयात भएको छ ।

“कतिपय तरकारी नेपालमा पर्याप्त हुँदैनन, कृषिलाई व्यावसायिकरण गर्न नसकिएको पनि कारण हुनसक्छ”, उहाँले भन्नुभयो, “त्यसैले भारतलगायतका देशबाट तरकारी आयात गनर््ुपरेको हो ।” उहाँका अनुसार केही वर्षअघिसम्म मात्रै ७० देखि ८० प्रतिशत तरकारी नेपालमा उत्पादन भएका हुने गरेकोमा पछिल्लो समय भारतबाट तरकारी आयात बढ्न थालेको छ ।

“जुम्लामा उत्पादन हुने स्याउ विभिन्न समस्याका कारण यहाँसम्म आइपुग्दैन, यस्तोमा आयातित स्याउ खरिद गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय आयातित तरकारी र फलफूल बढ्दो अवस्थामा छ ।”

काठमाडौँ आसपासका जिल्लाबाट कालीमाटी तरकारी बजारमा बढी मात्रामा तरकारी बिक्री हुन्छ । जसमा सबैभन्दा धेरै धादिङबाट यस अवधिमा सबैभन्दा धेरै तीन ६१ हजार ७९ केजी तरकारी तथा फलफूल भित्रिएको छ ।

धादिङ लगायत काभे्रपलाञ्चोक, मकवानपुर, चितवन, सर्लाही, काठमाडाँै, दोलखा, ललितपुर, नुवाकोट  भक्तपुर, गोरखालगायतका जिल्लाबाट पनि कालीमाटीमा तरकारी भित्रिने गरेको छ । समितिका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा कुल दुई लाख ७० हजार दुई सय ७८ मेट्रिक टन तरकारी तथा फलफूल आयात भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

सलमानको सिनेमा ‘मातृभूमि’को ट्रेलरमा अनुपविक्रम शाहीको दबदबा

सलमानको सिनेमा ‘मातृभूमि’को ट्रेलरमा अनुपविक्रम शाहीको दबदबा

घरायसी विवादपछि डेरामै श्रीमतीको मृ`त्यु, श्रीमान पक्राउ

घरायसी विवादपछि डेरामै श्रीमतीको मृ`त्यु, श्रीमान पक्राउ

‘छठी माई र सूर्य भगवान’लाई सलामी अर्पण

‘छठी माई र सूर्य भगवान’लाई सलामी अर्पण

आइपिएलमा ठूलो खेलाडी ट्रेड, हार्दिक पञ्जाब र अर्शदीप मुम्बईमा

आइपिएलमा ठूलो खेलाडी ट्रेड, हार्दिक पञ्जाब र अर्शदीप मुम्बईमा

मधेशमा सत्ता संकट गहिरिँदै, मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने

मधेशमा सत्ता संकट गहिरिँदै, मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने

भर्खरै प्रकाशित

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

सलमानको सिनेमा ‘मातृभूमि’को ट्रेलरमा अनुपविक्रम शाहीको दबदबा

सलमानको सिनेमा ‘मातृभूमि’को ट्रेलरमा अनुपविक्रम शाहीको दबदबा

घरायसी विवादपछि डेरामै श्रीमतीको मृ`त्यु, श्रीमान पक्राउ

घरायसी विवादपछि डेरामै श्रीमतीको मृ`त्यु, श्रीमान पक्राउ

‘छठी माई र सूर्य भगवान’लाई सलामी अर्पण

‘छठी माई र सूर्य भगवान’लाई सलामी अर्पण

आइपिएलमा ठूलो खेलाडी ट्रेड, हार्दिक पञ्जाब र अर्शदीप मुम्बईमा

आइपिएलमा ठूलो खेलाडी ट्रेड, हार्दिक पञ्जाब र अर्शदीप मुम्बईमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज