Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

‘बालविवाह अन्त्य गर्न तीनै तहका सरकारबीच समन्वय हुनुपर्छ’

Author Avatar साझा न्यूज 29th March 2023 , 4:52 PM
‘बालविवाह अन्त्य गर्न तीनै तहका सरकारबीच समन्वय हुनुपर्छ’

धनुषा, चैत १५ गते । नेपालबाट सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने सरकारले लिएको लक्ष्यप्राप्तीका लागि तीन वटै तहका सरकारले समन्वय र सहकार्य गरी अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिइएको छ । मधेश प्रदेश सरकारको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय र लाइफ नेपालले संयुक्त रूपमा आज बुधबार जनकपुरधाममा आयोजना गरेको बालविवाह अन्त्यका लागि आयोजित कार्यक्रममा सहभागीले सो सुझाव दिएका हुन् ।

बालविवाह अन्त्यका लागि नीति कानुन निर्माण भए पनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि तिनै तहका सरकारबीच समन्वय सहकार्य आवश्यक रहेको उहाँहरूको सुझाव छ ।  नीति तथा योजना आयोग मधेश प्रदेशका उपाध्यक्ष नथुप्रसाद चौधरीले बालविवाहको मामिलामा नेपाल एसियामै तेस्रो स्थानमा रहेको बताउनुभयो । यसको अन्त्यका लागि चेतना वृद्धि गर्नुपर्ने उहाँले बताउनुभयो ।

सात वटै प्रदेशमध्ये मधेश प्रदेश र कर्णाली प्रदेशमा बालविवाहको घटना बढी हुनेगरेको भन्दै त्यसलाई कम गर्न विगतमै मधेश प्रदेश सरकारले ‘बेटी पढाऊ बेटी बचाउ, छोरी बीमा, आठ कक्षामा पढ्ने छात्रालाई साइकल वितरण, दलित छात्रालाई छात्रवृत्ति’ लगायतका कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

सरकारहरूले सञ्चालन गरेको कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनुपर्ने भन्दै विद्यालय भर्ना अभियानकै समयदेखि बालबालिकालाई सोबारे जानकारी गराउनुपर्ने उहाँको भनाइ छ ।

सङ्घीय महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्ण थापाले बालविवाह न्यूनीकरणका लागि कानुनी जटिलताले समेत समस्या पार्ने गरेको बताउनुभयो । बालबालिका सम्बन्धी बनेको ऐनमा १८ र देवानीसंहितामा २० वर्ष उमेर तोकेकाले त्यसको संशोधनका लागि मन्त्रालयले प्रक्रिया अघि बढाएको बताउनुभयो ।

मधेश प्रदेश सरकारको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव देवकुमारी खत्रीले सङ्घ सरकारले लिएको लक्ष्य पूरा गर्ने किसिमले प्रदेशस्तरमा कामकाज अघि बढेको बताउनुभयो । बालविवाह अन्त्यका लागि मधेश प्रदेशमा सुरुङ्गा नगरपालिकाबाट सुरुवात भएको र अन्य पालिका पनि घोषणा गर्ने तयारीमा रहेको बताउनुभयो ।

लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले मधेश प्रदेशमा बालविवाह अन्य गर्नका लागि बालिकालाई जागरूक गराउन आगामी वैशाख ५ गते जनकपुरधाममा प्रदेश स्तरीय बालिका सम्मेलनको आयोजन गर्न लागिएको बताउनुभयो । सहभागीले मधेश प्रदेशमा विभिन्नखालका सामाजिक विकृतिका कारण बालविवाहको घटना बढेको भन्दै त्यस्ता विकृतिविरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

सलमानको सिनेमा ‘मातृभूमि’को ट्रेलरमा अनुपविक्रम शाहीको दबदबा

सलमानको सिनेमा ‘मातृभूमि’को ट्रेलरमा अनुपविक्रम शाहीको दबदबा

घरायसी विवादपछि डेरामै श्रीमतीको मृ`त्यु, श्रीमान पक्राउ

घरायसी विवादपछि डेरामै श्रीमतीको मृ`त्यु, श्रीमान पक्राउ

‘छठी माई र सूर्य भगवान’लाई सलामी अर्पण

‘छठी माई र सूर्य भगवान’लाई सलामी अर्पण

आइपिएलमा ठूलो खेलाडी ट्रेड, हार्दिक पञ्जाब र अर्शदीप मुम्बईमा

आइपिएलमा ठूलो खेलाडी ट्रेड, हार्दिक पञ्जाब र अर्शदीप मुम्बईमा

मधेशमा सत्ता संकट गहिरिँदै, मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने

मधेशमा सत्ता संकट गहिरिँदै, मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने

भर्खरै प्रकाशित

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

सलमानको सिनेमा ‘मातृभूमि’को ट्रेलरमा अनुपविक्रम शाहीको दबदबा

सलमानको सिनेमा ‘मातृभूमि’को ट्रेलरमा अनुपविक्रम शाहीको दबदबा

घरायसी विवादपछि डेरामै श्रीमतीको मृ`त्यु, श्रीमान पक्राउ

घरायसी विवादपछि डेरामै श्रीमतीको मृ`त्यु, श्रीमान पक्राउ

‘छठी माई र सूर्य भगवान’लाई सलामी अर्पण

‘छठी माई र सूर्य भगवान’लाई सलामी अर्पण

आइपिएलमा ठूलो खेलाडी ट्रेड, हार्दिक पञ्जाब र अर्शदीप मुम्बईमा

आइपिएलमा ठूलो खेलाडी ट्रेड, हार्दिक पञ्जाब र अर्शदीप मुम्बईमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज