Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गतिशील राष्ट्रलाई दक्ष जनशक्तिको आवश्यक छ: प्रधानमन्त्री प्रचण्ड

Author Avatar साझा न्यूज 2nd April 2023 , 2:42 PM
गतिशील राष्ट्रलाई दक्ष जनशक्तिको आवश्यक छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडाैँ, चैत १९ गते । प्रधानमन्त्री एवम् पूर्वाञ्चल विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक गतिशील राष्ट्रलाई जहिल्यै दक्ष जनशक्तिको आवश्यकता परिरहने बताउनुभएकाे छ ।

पूर्वाञ्चल विश्वविद्यालयको एघारौँ दीक्षान्त समारोह बाेल्नुहुँदै उहाँले त्यसका लागि विश्वविद्यालयहरूले राष्ट्रिय आवश्यकता एवं अन्तर्राष्ट्रिय श्रमबजार समेतलाई ध्यानमा राखेर हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने गुणस्तरीय जनशक्तिको उत्पादनमा विशेष ध्यान दिन आवश्यक रहेकाे बताउनुभएकाे हाे।

”विश्वविद्यालयहरूले आफ्ना पाठ्यक्रमहरूमा दीगो विकास, वातावरण संरक्षणबारे गहन् अनुसन्धान र नवप्रवर्तनलाई उच्च प्राथमिकतामा राखेर व्यवहारिक, जीवनोपयोगी र गुणस्तरीय शिक्षामा जोड दिनु आवश्यक छ,” उहाँले भन्नुभयाे,  ”प्रविधिमा भइरहेको तीब्र गतिको विकास र विस्तारको यस युगमा दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहन्छ ।”

 

पूर्वाञ्चल विश्वविद्यालयको एघारौँ दीक्षान्त समारोहमा प्रधानमन्त्री प्रचण्डज्यूको मन्तव्य

माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् पूर्वाञ्चल विश्वविद्यालयका सह–कुलपतिज्यू,

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिज्यू,

रजिष्ट्रारज्यू,

डीनज्यूहरु एवं विद्वान् सभासद्ज्यूहरू,

प्राध्यापकज्यूहरु,

आज दीक्षित हुनुहुने सम्पूर्ण विद्यार्थीहरू,

अभिभावकज्यूहरु,

विश्वविद्यालयका कर्मचारीहरु,

सञ्चारकर्मी मित्रहरू,

उपस्थित आमन्त्रित महानुभावहरू।

सर्वप्रथम पूर्वाञ्चल विश्वविद्यालयको कला, कानून, शिक्षाशास्त्र, व्यवस्थापन,  चिकित्साशास्त्र, विज्ञान तथा प्रविधि संकाय अन्तर्गतका विभिन्न शैक्षिक कार्यक्रमहरूमा तोकिएका मापदण्डहरू पूरा गरी एमफिल, स्नातकोत्तर र स्नातकतह पारगरी आज दीक्षित हुनुहुने सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै तपाईंहरूको उज्ज्वल भविष्यको कामनासहित सफल व्यावसायिक जीवनका लागि शुभकामना व्यक्त गर्दछु।

म आजभन्दा ६ वर्ष अगाडि अर्थात् २०७३ साल चैत २२ गते आयोजना गरिएको पूर्वाञ्चल विश्वविद्यालयको आठौँ दीक्षान्त समारोहमा कुलपतिका हैसियतले सहभागी हुने अवसर प्राप्त भएको स्मरण गर्न चाहन्छु। आज दोस्रोपटक एघारौँ दीक्षान्त समारोहमा पूनः कुलपतिका हैसियतले सहभागी हुन पाउँदा मलाई अत्यन्त खुशी लागेको छ।

हरेक गतिशील राष्ट्रलाई जहिल्यै दक्ष जनशक्तिको आवश्यकता परिरहेको हुन्छ। राष्ट्रको सर्वाङगीण विकास र समुन्नतिका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने पवित्र उद्धेश्यसहित करिब तीन दशक अगाडि स्थापित यस विश्वविद्यालयले तीन दशकको यस अवधिमा उल्लेख्य उपलब्धि हासिल गर्न सफल भएकोमा हार्दिक बधाई दिन चाहन्छु। यस अवसरमा विश्वविद्यालय स्थापनाका लागि योगदान पुर्‍याउनुहुने र यसको प्राज्ञिक उन्नयन र विकासमा सहयोग प्रदान गर्ने सबै महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। साथै, आगामी दिनमा विश्वविद्यालयको संस्थागत सुधार गर्दै उच्चशिक्षामा प्रतिस्पर्धी गुणस्तर प्राप्त गर्नका लागि समर्पित हुन सबैलाई प्रेरणा र उत्साह प्राप्त होस् भन्ने शुभकामनासमेत व्यक्त गर्दछु।

आज हाम्रा सामू जनताको बलिदानबाट निर्मित संबिधानको सफल कार्यान्वयन गर्दै देशको समुन्नति, समृद्धि एवम् विकासका साथै नेपाली जनताको जीवनस्तर माथि उठाउन आइपर्ने हरेक प्रकारका कठिनाई र व्यवधानहरूको सामना गर्दै अगाडि बढ्ने चुनौतीहरु छन्। यस यात्रामा विश्वविद्यालयहरूले राष्ट्रिय आवश्यकता एवं अन्तर्राष्ट्रिय श्रमबजार समेतलाई ध्यानमा राखेर हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने गुणस्तरीय जनशक्तिको उत्पादनमा विशेष ध्यान दिनुपर्छ।

पूर्वाञ्चल विश्वविद्यालयले विज्ञान तथा प्रविधि, इञ्जिनियरिङ, व्यवस्थापन, चिकित्साशास्त्र, शिक्षाशास्त्र र कानूनको क्षेत्रमा राष्ट्रको आवश्यकताका र अन्तर्राष्ट्रिय मागसमेत सम्बोधन हुने हिसाबले दक्ष जनशक्तिको उत्पादनमा ध्यानकेन्द्रित गर्दै गइरहेको थाहा पाउँदा खुशी लागेको छ। विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरूले आफ्नो अध्यापन, अध्ययन र अनुसन्धानको दायरालाई अझ ब्यापक बनाएर मानवजाति र सम्पूर्ण प्राणी जगतको सुरक्षा र सम्बर्धन गर्दै गरिने दिगो विकासका मोडलहरुको खोजी गर्नु आवश्यक छ। साथै हामी बाँचेको पृथ्वीमा भइइरहेको तापक्रम वृद्धि र वातावरणीय उथलपुथलबाट हिमालय र यस क्षेत्रमा उत्पन्न सबै प्रकारका चुनौतीहरु र समस्याहरूको समाधानमा विषेश ध्यान केन्द्रित गर्नु आवश्यक भइसकेको छ।

विश्वविद्यालयहरूले आफ्ना पाठ्यक्रमहरूमा दीगो विकास, वातावरण संरक्षणबारे गहन् अनुसन्धान र नवप्रवर्तनलाई उच्च प्राथमिकतामा राखेर व्यवहारिक, जीवनोपयोगी र गुणस्तरीय शिक्षामा जोड दिनु आवश्यक छ। प्रविधिमा भइरहेको तीब्र गतिको विकास र विस्तारको यस युगमा दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहन्छ।

हाम्रा विश्वविद्यालयहरूले सैद्धान्तिक ज्ञान दिने मात्र नभई विद्यार्थीहरूलाई जीवनोपयोगी र व्यवहारिक ज्ञान र सीप सिकाएर आत्मनिर्भर, व्यवसायिक र उद्यमशील बन्न सक्ने गरी तयार गर्नुका साथै  खोज, अनुसन्धान र आविष्कार एवं नवप्रवर्तनको नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नुपर्दछ। यसरी मात्र देशको समुन्नति र विकासका लक्ष्य हासिल गर्नुका साथै विश्व बजारमा पहुँच विस्तारको अवसर प्राप्त हुनेछन्।

२१औँ शताब्दीमा हाम्रा आवश्यकता परिपूर्तिका लागि उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गर्दै वैकल्पिक साधन र स्रोतहरूको खोजी गर्न विश्वविद्यालयलाई समुदायस्तरमा विस्तार गर्दै लैजानु आवश्यक छ।  लोकतान्त्रिक मूल्य–मान्यता र संस्कारका साथै लोककल्याणकारी राज्यको मर्म र भावनाअनुसार केन्द्र, प्रदेश र स्थानीय सरकारसँगको समन्वय, सहकार्य र सम्बन्ध विस्तारमा भूमिका निर्वाह गर्नसक्ने जनशक्तिको उत्पादनमा समेत विश्वविद्यालयहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन् भन्ने मलाई लागेको छ।

अथाह सम्भावनाले भरिएको यस प्रदेशमा स्थापित पूर्वाञ्चल विश्वविद्यालय देशकै उत्कृष्ठ अध्ययन, अनुसन्धानको केन्द्र बन्न सकोस् भन्ने मेरो चाहना छ। यस सन्दर्भमा समुदायस्तरमा पहुँच विस्तारका लागि विश्वविद्यालयले अघि सारेको नीति तथा कार्यक्रमको कार्यान्वयनमा देखा पर्न सक्ने बाधा–अड्चन र कानूनी तथा नीतिगत समस्याहरूको समाधानका लागि नेपाल सरकारका तर्फबाट सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछु। साथै, ऐनको समयाकुल परिमार्जन र संसोधनका लागिसमेत नेपाल सरकारबाट यथोचित सहयोग रहने विश्वास दिलाउन चाहन्छु।

गोठगाउँमा जति सक्दो चाँडै मेडिकल कलेज सञ्चालन भई जनतामा गुणस्तरीय स्वास्थ्य सेवासमेत उपलब्ध होस् भन्ने यस क्षेत्रका जनताको अपेक्षाबारे म जानकारी राख्दछु। त्यसका लागि उपयुक्त उपायहरूको खोजी गर्दै समन्वयात्मक रूपमा स्पष्ट कार्ययोजनाका साथ स्रोत–साधन जुटाएर र कानूनी जटिलतालाई हटाएर मेडिकल कलेज सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइ चाँडै एबिबिएस तहको शैक्षिक कार्यक्रमको पठनपाठन शुरू गर्न नेपाल सरकारका तर्फबाट सक्दो सहयोग रहनेछ।

मेडिकल कलेज सञ्चालन गरेर यस क्षेत्रका जनसंख्यालाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ नेपाल सरकारका तर्फबाट निरन्तर पहल र प्रयत्न भइरहेको समेत स्मरण गराउन चाहन्छु।

प्राकृतिक सम्पदा तथा परम्परागत ज्ञान–सीपको संरक्षण, उर्जा, उद्योग, पर्यटन  र वैज्ञनिक कृषि शिक्षा, कृषिमा यान्त्रिकरण र जैविक विविधताको अनुसन्धान मार्फत् प्रदेशका साथै समग्र देशकै अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सक्ने जनशक्ति उत्पादनमा यस विश्वविद्यालयले अग्रणी भूमिका खेलोस् भन्ने म चाहन्छु।

यस क्षेत्रका महत्व पूर्ण कृषि उपजहरु अलैँची, चिया,  जुट, फलफूल, रुद्राक्ष, जडिबुटी लगायत मौलिक उत्पादनहरूमा समेत सूक्ष्म शोध–अनुसन्धान गरेर त्यस्ता उत्पादनको वृद्धि र प्रशोधनका साथै अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने कार्यमा समेत यो विश्वविद्यालयले महत्वपूर्ण योगदान दिन सक्नेछ भन्ने मेरो विश्वास छ।

अन्त्यमा पूर्वाञ्चल विश्वविद्यालयको कला, कानून, शिक्षाशास्त्र, व्यवस्थापन,  चिकित्साशास्त्र, विज्ञान तथा प्रविधि संकाय अन्तर्गतका विभिन्न शैक्षिक कार्यक्रमहरूमा तोकिएका मापदण्डहरू पूरा गरी एम.फिल, स्नातकोत्तर र स्नातक तह पार गरेर आज दीक्षित हुनुभएका सम्पूर्ण विद्यार्थीहरूलाई पुनः हार्दिक बधाई ज्ञापन गर्दै तपाईंहरूले प्राप्त गरेको ज्ञानबाट समाज र राष्ट्रको उत्थानमा योगदान पुर्‍याउनुका साथै आफ्नो दैनिक व्यवहार र व्यावसायिक जीवन समेत सकारात्मक प्रभाव पार्न सकोस् भन्ने शुभकामना समेत दिन चाहन्छु। धन्यवाद ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

सुस्ता गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

सुस्ता गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

नैतिकताको ‘दुहाइ’ दिँदै गृहमन्त्री गुरुङले दिए राजीनामा !

नैतिकताको ‘दुहाइ’ दिँदै गृहमन्त्री गुरुङले दिए राजीनामा !

भर्खरै प्रकाशित

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज