चितवन – चितवनमा बसले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको ज्यान गएको छ । बसकाे ठक्करबाट रत्ननगर नगरपालिका–१ का ७५ वर्षीय कुलप्रसाद पराजुलीकाे ज्यान गएका हाे।
पूर्वी चितवनको बकुलर चोकमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा४ख ८९१६ नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट घाइते पराजुलीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटना आज बिहान १० बजे भएको हो । ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।