राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्।
छाती तथा पेटको समस्याबाट ग्रस्त भएपछि चैत १८ गते उनी अस्पतालमा भर्ना भएका थिए।
भर्नापश्चात् राष्ट्रपति पाैडेल सघन चिकित्सकीय निगरानीमा रहेका थिए।
स्वास्थ्य लाभपश्चात् उनी डिस्चार्ज भइ राष्ट्रपति निवास फर्किएको सचिवालयले जनाएको थियो।