४० हजार रुपैयाँसम्म लिएर नक्कली परीक्षार्थीलाई एसईई दिन लगाउने धरानका एक कन्सल्टेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।
धरानको डल्फिन पूर्वाञ्चल एकेडेमीका सञ्चालक सन्तोष राई मोटो रकमसहित नक्कली परीक्षार्थीलाई एसईई दिन लगाएको प्रमाणसहित पक्राउ परेका हुन्।
एसईई दिँदा मोरङबाट पक्राउ परेका २ सय नक्कली परीक्षार्थीलाई सुनसरी र मोरङका इन्स्टिच्यूटहरुले भाडामा लगाएको प्रहरीले बताएको छ।
मोरङ प्रहरीका अनुसार गत चैत २२ र २३ गते २ सय १ नक्कली परीक्षार्थी पक्राउ परेका थिए। उनीहरु अधिकांशलाई मोरङ र सुनसरीका कन्सल्टेन्सी सञ्चालकहरुले मोटो रकम दिएर भाडामा लगाएको प्रहरीले जानकारी दिएको छ।