Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पेसा (कथा)

Author Avatar साझा न्यूज 24th April 2023 , 12:31 PM
पेसा (कथा)

अकस्मात आज हरिलाई पशुपतिको भिक्षा माग्न लहरै लाम लागेर बसेको देख्दा छक्क परेँ । मुखमा पनि कालो कालो दलेको, झुत्रो कमिज र त्यस्तै फाटेको हाफ पाइन्टमा हरि आफ्नोसामु एउटा सिलेवरको थाल ठटाउँदै “गरिबलाई सहयोग गर्नुहोस् हजुर” भन्दै भिक्षा मागेको देखेँ । एकैछिन टक्क अडेर हेरिरहेँ । उसले देखे न देखे झैँ गरेको ।

मेरा मानसपटलका हरि र म गाउँमा खेलेको, दौडेको, झगडा गरेको र एकैछिनमा अँगालो मारेको दृश्य सल्बलाई रह्यो । वन जङ्गलमा दुवै जना गई ऐँसेलु खाएको, रुखमा आँप चोर्दा कति कुटाइ खाएको सम्झँदा अहिले पनि रमाइलो लाग्छ । अनि हरिले सबै दोष मलाई नै लगाई घरमा आपूmचाहिँ चोखो भएको पनि सम्झना आइरहन्छ । हाम्रो घरखेत उसकै आमाबुवाले जोत्दथे । हाम्रै घरको टहरोमा सबै बस्थे र त हरि र म साथी– साथी भयौँ । बिस्तारै म काठमाडौँतिर पढ्न भनेर आएँ । पढाइ पछिको जागिर अनि घरपरिवार भित्रभित्रै  बाल्यकालको साथी हरायो । आज झन्डै ३०–४० वर्षमा हरिलाई देख्दा ऊ हो होइन भन्नेमा म एकछिन अलमलिरहेछु । मनमा अनेक कुरा खेलाउँदै म घर फर्कें । आज अचानक बाल्यकालको साथी भेटी अल्मलिएँ । हरिको बुबा अलि रोगी थिए । उसकी आमाले   हाम्रो घरको सबै घरधन्दा  भ्याउँदथिन् । साह्रै नै मेहनती थिइन् हरिको आमा । हरिचाहिँ जहिले पनि मसँग मस्ती गर्नमा भुलिरहन्थ्यो । म पनि घरको एक्लो छोरो अरू साथी थिएनन् खेल्ने, अनि हरि त मेरो अभिन्न मित्र नै भइसकेको थियो । त्यो एकै ज्यानको साथी आज यो रूपमा  थाल ठटाएको देख्दा मेरो कल्पनाभन्दा बाहिरको दृश्य यो । मलाई छट्पटी भइरहेछ । हरिको यस्तो रूप देख्न म किन आज पशुपति गएँ होला ? नगएको भए त यो दृश्य देख्नै पर्दैनथ्यो । उफ् ! मेरो बाल्यकालको साथी एउटै ज्यान भई खेलेको र जिन्दगीभरि सँगै बस्ने वाचा पनि गरेको । के हुँदो रहेछ समयको खेल अचम्म लाग्यो । उसका बुवाआमालाई हरिको यो रूप थाहा छ, छैन । थाहा पाए कस्तो होला उनीहरूलाई । कठै कता छन् होला तिनीहरू । मलाई के गरूँ, के गरूँ ? जस्तो भयो । घरमा पनि आज कोही छैन एक्लै छु । कोठामा हरिले थाल ठटाएर कराएको दृश्य आइरहेछ । आँखाभरि मानौँ हरिले भन्दै छ मेरो त यही हो जिन्दगी साथी । तिमी कस्तो छौ ।” उफ् ! म कोठामा एक्लै बस्न पनि सकिनँ । हरिको सम्झना मनबाट हटाउन पनि त सकिन । के गरूँ कता जाऊँ, आफैँ फेरि ऊसँग कसरी भेटुँ । त्यही ठाउँमा ? हैन म उसलाई त्यसरी थाल ठटाएको देख्न सक्दिनँ । ओछ्यानमा पल्टिन्छु आँखा चिम्लिन्छु । उही दृश्य आउँछ । ओहोर दोहोर गर्छु । कहिले पशुपतिको भीड सम्झन्छु भने कहिले हरिको थाल ठटाएको ट्वाक ट्वाक आवाज कानमा आइरहेछ । हरि मेरो प्यारो साथी किन त्यसरी बस्यो किन किन ? मलाई ऊसँग एकपल्ट जसरी पनि भेट्नै पर्छ तर कसरी ?

अचानक एक दिन राति सात आठ बजेतिर म कामको सिलसिलामा न्युरोडमा थिएँ । चियाको तलतले एउटा सानो चिया पसलमा पसेँ । परको टेबलमा हरि चिया र समोसा खान लागेको देखेँ । आज त हरि सर्ट पाइन्टमा सफा र आकर्षक राम्रो देखेँ, म त छक्क परेँ, पशुपतिको हरि र आजको हरि के हो यो ठम्याउँनै गाह्रो भयो । तर मलाई देखेर मन्द मन्द मुस्कुराउँदै हरिले हात मिलाउन आयो । अनि मात्र म मेरो साथी हरि नै हो भन्नेमा ढुक्क भएँ । हात मिलाउँदै सोधेँ, “हरि ! अस्ति पशुपतिमा… भन्दाभन्दै हरिले फेरि हात समाई भन्यो, “हिँड साथी हिँड घर गएर सबै कुरा गरौँ” भन्दै मलाई उसको असनको डेरामा लग्यो ।

एउटा भित्री बाहिरी भएको कोठा र त्यहाँ उसको श्रीमती र सानो छोरालाई हरिले बडो प्रेमले चिनायो । कोठामा आवश्यक सबै सामानले सजाएको सफा र राम्रो । म अकमक्क परेर सबैतिर निहालिरहेको थिएँ । पशुपतिमा देखेको हरि हो कि अर्कै हो आँखाले त्यहाँको दृश्यबाट विश्वास नै गर्न सकेन । जे होस् मेरो मित्र हरि नै हो भन्नेमा म ढुक्क भएँ ।

एकैछिनमा हामी दुवै चियाको चुस्की लिँदै हरिको जीवन कथा सुन्दै थियौँ । हरिले भन्यो, “हेर साथी ! तिमी पढ्न गइहाल्यौ । मैले त पढ्न पनि सकिनँ । तिमी नहुँदा म एक्लै परेँ । केही दिन त तिम्रो घरमा शरण लिएँ । तर मलाई त्यहाँ बस्नै मन लागेन । जता गए पनि तिम्रै साथ खोज्छु मनले हृदयले । डाँडाकाँडा, खोलाले खै साथी भनी सोधेभैmँ लाग्छ । हामी कति तल खोलामा बसी बात माथ्र्यौ, हगी साथी ? तर त्यो सबै मलाई बिरानो भयो ।

घर जङ्गल, पहाड पर्वतले पनि तिमीलाई नै खोजे जस्तो लाग्न थाल्यो साथी । अनि के गर्ने मनै उडेपछि म पनि तिम्रै बाटो । एक दिन यही सहरमा पसेँ । के काम गर्ने, को छ र चिनेजानेको, कसकोमा बस्ने ? तिमीलाई खोज्न पनि सकिनँ । कता खोज्नु केही ठेगाना पनि त आपूmसँग थिएन नि । मलाई साह्रै नै छट्पटी भयो । घुम्दै घुम्दै पशुपति पुगे ।

त्यहाँ त लाम लागेर माग्न बस्दा रहेछन् । मलाई खाना खान पनि धौ धौ भइसकेको थियो र म पनि त्यहीँ एउटा केटासँगै रुमाल ओछ्याएर बसेँ । तर त्यहाँ पनि माग्नेहरूको समूह हुँदोरहेछ । जसलाई पाए उसलाई बस्न दिँदा रहेनछन् । केही दिन त मलाई पनि दुःख दिए तर पछि मैले आफ्नो एक्लोपनको वृत्तान्त सुनाएपछि बस्न दिए । पछि तिनै दुःख सुखका साथी पनि भए । बिहानदेखि बेलुकासम्म बस्दा कहिले त चार पाँच सय पनि हुन्थ्यो ।

बिस्तारै मैले पैसा जम्मा गर्दै गएँ र यही पेसामा लाग्ने निधो गरेँ । उमेर पनि बढ्दै गयो, आपूmलाई यो पेसाको अनुभव पनि भयो र यतै लगनशील भएर माग्न थालँे । चाडवाड र पर्व पर्वको बेलामा  त निकै आम्दानी हुन्छ । समय समयमा दर्शनार्थीको जन्मदिन, विवाह, महोत्सवको बेला  विशेष खाना, लुगा र पैसा पनि पाइने ।

म त साथी यसैमा रमाएँ । साथै यसरी नै बस्दा बस्दै साथमा माग्ने गरेकी एउटी केटीसँग मेरो हिमचिम बढ्यो । उसको पनि केही रहेनछ । उनीसँगको मेलमिलापले मेरो जीवनमा खुसीका किरण  झलमल छरिए । सुन्दर बिहानीमा भर्खर उदाएको घामजस्तै उनको उज्ज्वल चम्किलो मुहारले मलाई आकर्षित गरायो साथी ।

हामीसँगै  माग्न बस्थ्यौँ । हामीसँगै खाना खाई प्रेमका कुरा गर्दै रमाउँथ्यौँ । बिस्तारै हामी जवान भयौँ  उनको र मेरो सानिध्यता बढ्दै गयो । बेलुका छुट्टिनुपर्दा पनि मनै नमान्ने भइसकेको थियो । समयलाई परिवर्तन दिने एउटा गतिलो माध्यम हो रात । त्यस दिन रातले दिनलाई लुकाइसकेको थियो । मैले त्यस दिन उनलाई आलिङ्गनमा बाँधे, दुवै जना अन्तै संसारमा पुगेको अनुभूति भयो । सम्झनाको बगैँचामा त्यस दिन मैले एक थुँगो मायाको पूmल उनलाई दिएँ । उनी र म दुवै प्रसन्न मुद्रामा छुट्टियौँ ।

मानवको जन्म यौन क्रियाकलापबाट नै हुन्छ । यौन प्राणी जगत् र मान्छेमा अपरिहार्य आवश्यकता हो भन्ने कुराको अनुभूति हामीलाई त्यस दिन भयो । विवाह गरी घरजम गर्ने पनि निधो ग¥याँै । उनको र मेरो कमाइले एउटा सानो कोठा भाडामा लियौँ । हामीसँगै बस्न थाल्याँै साथी ।

म उसको जीवनी सुन्दा कथा पढेभैmँ अविचलित भई सुनिरहेको थिएँ । हरिले भन्दै थियो, “अनि एक दिन हामी दुवैले गुहेश्वरीमा गई आपैmँ माला आदान प्रदान गर्दै विवाहको विधि पु¥यायौँ । त्यस दिन हामी कति खुसी थियौँ । साथी कति कति । मेरा खुसीहरू घामका किरणजस्तै पोखिए । जताततै म त्यसैमा भुलिएँ । केही दिन त हामी रमायौँ, घुम्न पनि गयौँ, सिनेमा पनि हेर्न गयौँ ।

जीवनको अन्धकारबाट हामी सुनौलो बिहानीलाई अँगाल्दै मस्त थियौँ । समय त वायुपङ्खी घोडा उडिरह्यो र हामी रमाइ रह्यौँ । तर हाम्रो बटुको रित्तिन लागेपछि उनले हामी के गर्नेबारे सोच्न प¥यो भनेपछि अरू धन्दाभन्दा यही नै ठीक देखेर फेरि हामी उही पुरानो कपडा, पुरानै सिलेबरको थाल ठटाउँदै पशुपति मन्दिरसामु आइपुग्यौँ । हामी दुईमा अपार प्रेम थियो ।

आर्थिक अभावले हामीलाई साथसाथ नै बस्न बाध्य बनाएको थियो । तर पनि हामी खुसी नै थियौँ । दाताहरू पनि थरीथरीका हुन्छन् । मारवाडीहरूले भोग लगाएको बेलामा त हामीलाई धेरै नै आड पुग्छ । रकम, खानेकुरा र कपडाहरू समय समयमा पाइ नै रहन्छौँ । भन्नेले माग्ने भने पनि साथी हाम्रो बिहानदेखि बेलुकीसम्म दुई जनाको गरी झन्डै एक हजार पनि हुन्छ । हामीले भविष्यका लागि जम्मा गर्दैछौँ र एक दिन हामीले एउटा असनको साहुलाई काम गरिदिन्छौँ भनेर एक कोठाको डेरा लियौँ । पशुपति नजिकै लियौँ भने मानिसले चिन्छन् भनेर हामी यो पुरानो सहरमा बस्न थाल्यौँ । समय बगिरहन्छ नि, प्रकृतिको नियमलाई कसले हार्न सक्छ र ? मेरो र उनको प्रेमको अङ्कुर उनको पेटमा आइहाल्यो ।

दुवैलाई अपार हर्ष भयो । सुन्दर बिहानीमा भर्खर उदाएको घामजस्तै उनको मुहार उज्यालो देखेँ । अनि मलाई आफ्नो दायित्वको पनि बोध भयो । बिस्तारै मैले उनलाई माग्ने कामबाट वञ्चित गराएँ । केही दिन नमाने पनि उनलाई घरमा नै बस्न अनुरोध गरेँ र म मात्रै सिलेबरको थाल ठटाउन थालेँ । भगवान् अशुतोषको कृपाले धर्मात्माहरूको भीड लाग्न थाल्यो पशुपतिमा । चाडपर्व पनि नजिकै आयो । मेरो दिन पनि पलाउँदै गयो । राम्रो आम्दानी हुँदै गएपछि मेरो अन्धकार जीवनमा उज्यालोको किरण देखा प¥यो । दुवै प्रसन्न थियौँ आउने बच्चाको प्रतीक्षामा ।

म आफ्नो साथीको जीवन यात्रा सुनिरहेथेँ मानौँ कुनै चलचित्रको कथाभैmँ । उसकी श्रीमतीले चिया ल्याइन् हाँस्दै । म हिजो र आजको हरि र उसको पारिवारिक गृहस्थीमा रुमल्लिरहेँ । कहिले हरिका कुरा अस्वाभाविकभैmँ लाग्छ भने कहिले प्रत्यक्ष उसको बयानले यथार्थ बुझाइरहेछ ।

हरिले आफ्नो कथा फेरि सुरु ग¥यो– “किन साथी ! किन ? पत्याइनस् । मेरो दुःखभरि जीवनको कथा । हेर यो २०–२५ वर्षमा मैले बैङ्कमा १५–१६ लाख जम्मा गर्न सफल भइसकेको छु साथी । यसैले त म मेरो बूढीको र आउने बच्चाको रेखदेख गर्न ढुक्क छु । तर म अभैm जो सन्तान हुन्छ, त्यसलाई पढाएर योग्य नभएसम्म यही पेसा नै अपनाउँछु साथी । यही पेसा नै अपनाउँछु ।”

म उसको आत्मविश्वासलाई मनन गर्छु । मेहनतलाई हेर्छु, उसको सुखमय, शान्त गृहस्थीलाई हेर्छु र मानिसले गर्न खोजे जिन्दगी त जसरी पनि चलाउन सकिने रहेछ भन्ने कुराको ज्वलन्त उदाहरण हो मेरो प्रिय मित्र हरि भन्ने लाग्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

धानको बिउ अभावले किसान चिन्तित, समस्या समाधान गर्न प्रशासनसँग माग

धानको बिउ अभावले किसान चिन्तित, समस्या समाधान गर्न प्रशासनसँग माग

भारत–नेपाल सीमामा गुट्खा र जर्दासहित एक भारतीय पक्राउ

भारत–नेपाल सीमामा गुट्खा र जर्दासहित एक भारतीय पक्राउ

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

अत्यधिक गर्मी बढेपछि विद्यालयमा बिदा

विद्यालयको अतिक्रमित जग्गा सात दिन भित्र खाली गर्न निर्देशन

सामाजिक सद्भाव र एकताको प्रतीक बट सावित्री व्रत

सामाजिक सद्भाव र एकताको प्रतीक बट सावित्री व्रत

भर्खरै प्रकाशित

धानको बिउ अभावले किसान चिन्तित, समस्या समाधान गर्न प्रशासनसँग माग

धानको बिउ अभावले किसान चिन्तित, समस्या समाधान गर्न प्रशासनसँग माग

भारत–नेपाल सीमामा गुट्खा र जर्दासहित एक भारतीय पक्राउ

भारत–नेपाल सीमामा गुट्खा र जर्दासहित एक भारतीय पक्राउ

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

अत्यधिक गर्मी बढेपछि विद्यालयमा बिदा

विद्यालयको अतिक्रमित जग्गा सात दिन भित्र खाली गर्न निर्देशन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज