पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेका छन् । बुधबार बिहान कोटेश्वरस्थित मदन भण्डारी स्मृति वाटिका महादेवस्थान पुगेर उनले भण्डारीको सालिकमा माल्यार्पण गरेका हुन् ।
राष्ट्रपतिको कार्यकालबाट बिदा भएपछि यो उनको पहिलो सार्वजनिक कार्यक्रम हो । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको २०५० जेठ ३ गते दासढुंगा, चितवनमा जिप दुर्घटनामा मृत्यु भएको थियो । दुर्घटना नभई हत्या भएको अनुमान पनि भएकोमा उनको मृत्युको रहस्य अझै खुलेको छैन ।