Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विदेशी लगानीलाई प्रोत्साहन र स्वदेशी उद्योगलाई संरक्षण गरी आर्थिक भार कम गर्छाैँ: प्रधानमन्त्री


विदेशी लगानीलाई प्रोत्साहन र स्वदेशी उद्योगलाई संरक्षण गरी आर्थिक भार कम गर्छाैँ: प्रधानमन्त्री

काठमाडाैँ, जेठ ४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी लगानीलाई प्रोत्साहन र स्वदेशी उद्योगलाई संरक्षण गरी आर्थिक भार कम गर्ने सरकारको नीति रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा प्रतिनिधि सभा सदस्य पदम गिरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो। उहाँले सरकारले राजश्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाउँदै राजश्वको दायरा बिस्तार गर्ने र राजश्व चुहावट, राष्ट्रिय पुँजी पलायन, अवैध कारोबारलाई कडाईका साथ नियन्त्रण गर्ने सरकारले नीति लिएको बताउनुभयो।

प्रधानमन्त्री प्रचण्डले सरकारले सरकारी खर्चमा मितव्यययिता कायम गरी,फजुल खर्चको नियन्त्रण गरिरहेको बताउनुभयो। उहाँले वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन गरी खर्चको आवश्यकता र राजश्व क्षमताको आधारमा वित्तिय हस्तान्तरणको कार्यक्रमलाई सुदृढ गर्दै लगिने प्रतिवद्धता जनाउनुभयो।

उहाँले प्रदेश र स्थानीय सरकारको राजश्व क्षमता वृद्धि गर्ने, करको दायरा वृद्धि गरी सक्षम र आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउने बताउनु भयो।

उहाँले २०७२ सालको महाभूकम्प, कोभिड–१९ को प्रभाव, अन्तर्राष्ट्रिय आर्थिक मन्दीलगायतका कारणबाट देशको अर्थतन्त्रको समग्र मागमा ह्रास आएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले तरलताको संकुचनको साथै घट्दो दरमा राजश्व परिचालन भएको र पुँजीगत खर्चमा अपेक्षित सुधार हुन नसकेको बताउनुभयो।

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रका चुनौतीहरुलाई सम्बोधन गर्न वित्तीय, मौद्रिक र क्षेत्रगत नीतिगत व्यवस्थामा आवश्यक सुधार गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने सरकार प्रयत्नशील रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘२०७२ सालको महाभूकम्प, कोभिड–१९ को प्रभाव, अन्तर्राष्ट्रिय आर्थिक मन्दीलगायतका कारणबाट देशको अर्थतन्त्रको समग्र मागमा ह्रास आएको कुरा हामी सबैलाई ज्ञात नै छ । तरलताको संकुचनको साथै घट्दो दरमा राजश्व परिचालन भएको र पुँजीगत खर्चमा अपेक्षित सुधार हुन नसकेको अवस्था पनि सबैलाई जानकारी नै छ । अर्थतन्त्रका यस्ता चुनौतीहरुलाई सम्बोधन गर्न वित्तीय, मौद्रिक र क्षेत्रगत नीतिगत व्यवस्थामा आवश्यक सुधार गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने सरकार प्रयत्नशिल रहेको छ ।’

प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे ‘विदेशी लगानीलाई प्राथमिकता दिँदै सरकार र निजी क्षेत्रको साझेदारीमा उत्पादन र उत्पादकत्व अभिवृद्धि गरी रोजगारी सिर्जना गर्ने खालका काम कार्यक्रमहरु सरकारको प्राथमिकतामा रहेको छ । सरकारी खर्चमा मितव्ययिता कायम गरी,फजुल खर्चको नियन्त्रण गरिएको छ । सरकारले राजश्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाउँदै राजश्वको  दायरा बिस्तार गर्ने र राजश्व चुहावट,राष्ट्रिय पुँजी पलायन, अवैध कारोबारलाई कडाईका साथ नियन्त्रण गर्ने सरकारले नीति लिएको छ ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे ‘विदेशी लगानीलाई प्रोत्साहन र स्वदेशी उद्योगलाई संरक्षण गरी आर्थिक भार कम गर्ने सरकारको नीति रहेको छ । वित्तीय संघीयताको प्रभाकारी कार्यान्वयन गरी खर्चको आवश्यकता र राजश्व क्षमताको आधारमा वित्तीय हस्तान्तरणको कार्यक्रमलाई सुदृढ गर्दै लगिनेछ । प्रदेश र स्थानीय सरकारको राजश्व क्षमता वृद्धि गर्ने, करको दायरा वृद्धि गरी सक्षम र आत्मनिर्भर बनाउने कार्यक्रम पनि रहेको छ ।’

उहाँले विदेशी लगानीलाई प्राथमिकता दिँदै सरकार र निजी क्षेत्रको साझेदारीमा उत्पादन र उत्पादकत्व अभिवृद्धि गरी रोजगारी सिर्जना गर्ने खालका काम कार्यक्रमहरु सरकारको प्राथमिकतामा राखेको बताउनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बिश्व वातावरण दिवसका अवसरमा, चमेरा संरक्षणकालागि जन चेतनामुलक कार्यक्रम

बिश्व वातावरण दिवसका अवसरमा, चमेरा संरक्षणकालागि जन चेतनामुलक कार्यक्रम

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

अब मायादेवी गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिने

अब मायादेवी गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिने

भर्खरै प्रकाशित

बिश्व वातावरण दिवसका अवसरमा, चमेरा संरक्षणकालागि जन चेतनामुलक कार्यक्रम

बिश्व वातावरण दिवसका अवसरमा, चमेरा संरक्षणकालागि जन चेतनामुलक कार्यक्रम

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि