Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पाँच वर्षमा छयासी प्रतिशत काम

Author Avatar साझा न्यूज 30th September 2026 , 4:12 PM
पाँच वर्षमा छयासी प्रतिशत काम

रेसुङ्गा (गुल्मी), असोज १४  गते । गुल्मीको रिडी हुँदै सुर्खेत जोड्ने राष्ट्रिय राजमार्ग अन्तर्गत रिडी–खज्र्याङ–बलकोटको ८६ प्रतिशत काम सकिएको छ । मदन भण्डारी राजमार्ग आयोजना कार्यालय गुल्मीमार्फत रिडी–खज्र्याङ–बलकोट खण्डको २६.६७ किलोमिटर सडक कालोपत्रे गर्ने काम अगाडि बढेको छ ।

यो सडकको शर्मा सगुन जेभीले २०७८ असार २७ गते निर्माण सम्झौता गरेको थियो । निर्माण व्यवसायीले म्याद थपसहित २०८४ वैशाख २८ गतेभित्र काम सक्नुपर्ने छ । मदन भण्डारी राजमार्ग आयोजना कार्यालय गुल्मीका सूचना अधिकारी इन्जिनियर प्रभात तिवारीका अनुसार एक अर्ब नौ करोड ५० लाख १६ हजार ९६० रुपियाँको लागतमा सडक कालोपत्रे हुँदै छ ।

अहिलेसम्म ८४.४४ प्रतिशत वित्तीय प्रगति भएको तिवारीले जानकारी दिनुभयो । रिडी–खज्र्याङ–बलकोट खण्डको २६.६७ किलोमिटरमध्ये गुल्मी खण्डको ११.५ किलोमिटर कालोपत्रे भएको छ । बाँकी काम चालु आर्थिक वर्षमा अगाडि बढ्ने कार्यालयले जनाएको छ । यो सडकलाई खज्र्याङबाट सालझन्डी–तम्घास सडकले छुन्छ । खज्र्याङ–तम्घासको सबै खण्ड कालोपत्रे भएको छ । मदन भण्डारी राजमार्गको रिडी–तम्घास खण्डको विकल्पका रूपमा गुल्मी पश्चिमका यातायातका साधनले यो सडक प्रयोग गर्ने गरेका छन् ।

तम्घासदेखि सिमीचौर–खज्र्याङ हुँदै रिडी पुगिने भएकाले पाल्पा, बुटवल जाने यातायातका साधनले रिडी–खज्र्याङ–बलकोट खण्ड प्रयोग गर्न थालेको व्यवसायी तथा छत्रकोट गाउँपालिका–३, हर्दिनेटाका स्थानीय जनक पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “गुल्मेलीका लागि गौरवको विषय जिल्लाको पहाडबाट मदन भण्डारी र तराईबाट रिडी–सुर्खेत सडकको काम धमाधम भइरहेको छ । दुवै सडक हाम्रा समृद्धि मार्ग हुन् ।”

मदन भण्डारी राजमार्गको नजिक र रिडी–सुर्खेत राजमार्ग तथा सालझन्डी–पटौटी हुँदै तम्घास जोड्ने सडकका कारण खज्र्याङ र आसपासका क्षेत्रमा सहरीकरण, उद्यम विकास र कृषि तथा पशुपालनका गतिविधि बढिरहेका छन् । गुल्मी दरबार गाउँपालिका–६, चारपालका नारायण अर्यालले खज्र्याङमा अस्पताल मात्रै नभएर ठुला रिसोर्ट र व्यावसायिक कृषि फार्म राजमार्गकै कारण खुलेको बताउनुभयो । उहाँले दुवै सडकको गन्तव्य रिडी पुगेपछि कालीगण्डकी कोरिडोरसँग भएकाले व्यावसायिक योजना बिस्तारै कार्यान्वयनमा देखिन थालेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सरकारले गर्‍यो १७ जना सहसचिवको सरुवा

सरकारले गर्‍यो १७ जना सहसचिवको सरुवा

खानेपानी विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

खानेपानी विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मल्चिङ प्रविधिबाट तिहार लक्षित फूलखेती

मल्चिङ प्रविधिबाट तिहार लक्षित फूलखेती

आज हिमाली र पहाडी थोरै ठाउँमा हल्का वर्षा हुने

आज हिमाली र पहाडी थोरै ठाउँमा हल्का वर्षा हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

मनाङमै अड्किए पर्यटक

मनाङमै अड्किए पर्यटक

भर्खरै प्रकाशित

सरकारले गर्‍यो १७ जना सहसचिवको सरुवा

सरकारले गर्‍यो १७ जना सहसचिवको सरुवा

खानेपानी विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

खानेपानी विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पाँच वर्षमा छयासी प्रतिशत काम

पाँच वर्षमा छयासी प्रतिशत काम

मल्चिङ प्रविधिबाट तिहार लक्षित फूलखेती

मल्चिङ प्रविधिबाट तिहार लक्षित फूलखेती

आज हिमाली र पहाडी थोरै ठाउँमा हल्का वर्षा हुने

आज हिमाली र पहाडी थोरै ठाउँमा हल्का वर्षा हुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज