काठमाडौँ । लुक्लाबाट काठमाडौँका लागि उडेको सीता एयरले यात्रुलाई रामेछाप विमानस्थलमा ओरालेर अलपत्र पारेको छ ।
बिहीबार (आज) बिहान लुक्लाकाट काठमाडौँको उडान भरेको सीता एयरको (एन–एजेएच) जहाज काठमाडौँको मौसम खराब भएपछि धुलिखेलको आकाशबाट रामेछाप डाइभर्ट भएको थियो ।
रामेछाप विमानस्थलमा यात्रु ओरालेर सोही जहाजले लुक्लाको उडान गरेको थियो । अघिल्लो उडानमा काठमाडौँ जाने यात्रु भने रामेछाप विमानस्थलमा नै छोडिएको छ ।