साझा न्यूज । तौलिहवा
सशस्त्र प्रहरी बल नेपाल नं. २८ गणद्वारा भारतबाट अबैध रुपमा बरामद गरिएको चल्ला नष्ट गरिएको छ । जिल्लाको कृष्णनगर नगरपालिका १२ भगवानपुर स्थित भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको चल्ला नष्ट गरेको हो ।
सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म कृष्णनगरले एक लाख उनानब्बे हजार बराबरको दुई हजार एक सय गोटा चल्ला नष्ट गरेको छ । सीमा सुरक्षा गुल्म कृष्णनगर सशस्त्र प्रहर िनायब उपरिक्षक राजेश फुयाँलको कमाण्डमा खटिएको टोलीद्वारा सो चल्ला बरामद गरि पशु क्वारेन्टाइन कष्णनगर, स्थानिय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ ।