Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गाउँ गाउँमा पुगेर उपचार गर्दै विदेशी चिकित्सक मार्ता

Author Avatar साझा न्यूज 24th May 2023 , 10:55 AM
गाउँ गाउँमा पुगेर उपचार गर्दै विदेशी चिकित्सक मार्ता

हुम्ला, जेठ १० गते । सिमकोट र खार्पुनाथ गाउँपालिकाका तीन वटा वडाका बस्तीमा पुगेर स्पेनिस चिकित्सक मार्ताले बिरामीको निःशुल्क उपचार गर्नुभएको छ । नेपाल घुम्न आएको बेला हुम्ला पुग्नुभएको मार्ताले दुर्गमका बिरामीलाई गाउँमै पुगेर उपचारमा सहभागिता जनाउनुभएको हो ।

चिकित्सक मार्ताले पेसाले चिकित्सक हुनुहुन्छ र नेपाल घुम्ने क्रममा हुम्ला जिल्लामा पुगेपछि दुुर्गमका बस्तीमा बस्दै आउनुभएका बिरामीलाई उपचारमा सरिक हुनु आवश्यक ठानेपछि बिरामीको चेकजाँचमा सहभागिता जनाएको बताउनुभयो ।

स्पेन अध्ययनका क्रममा सँगैको चिकित्सक साथि हर्कसिंह भण्डारीलाई भेट्न हुम्ला पुग्नुभएको हो । हुम्ला पुगेकै समयमा उहाँले बिरामीको उपचारका लागि एक दिन पैदल हिँडेर गाउँतिर लाग्नुभएको हो ।

स्वास्थ्य क्षेत्रमा काम गर्दै आउनुभएको हेल्थ अस हुम्लाका एचए नारायण फडेराले चिकित्सक मार्ताले चार दिन लगाएर गाउँका बिरामीको उपचारमा सहभागिता जनाएको बताउनुभयो । एउटा बस्तीबाट उहाँले चारदेखि पाँच घण्टा पैदल हिँडेर उपचारमा सहभागिता जनाउनुभएको हो । यो बीचमा उहाँले २५ जना जटिल खाले र अन्य सामान्य बिरामीको निःशुल्क उपचार गर्नुभएको थियो ।

उहाँले चिकित्सक मार्ताले चेकजाँच गर्ने र हेल्थ असले बिरामीका लागि आवश्यक औषधिको व्यवस्था पनि निःशुल्क गरेको बताउनुभयो । सबै खाले बिरामीलाई निःशुल्क उपचार र औषधिको व्यवस्था गरिएपछि बिरामी समेत निक्कै हर्षित हुनुभएको थियो । चिकित्सक मार्ताले उपचार गरेका गाउँहरुमा सिमकोट गाउँपालिका– १ र २ को ठेहे र दोजाम तथा खार्पुनाथ गाउँपालिका–५ को ताक्ला बाम्टा गाउँका बिरामीहरु रहनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

भर्खरै प्रकाशित

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज