Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विद्यालय आउजाउ गर्न अब चार घण्टा हिँड्नु पर्दैन


विद्यालय आउजाउ गर्न अब चार घण्टा हिँड्नु पर्दैन

कमलामाई (सिन्धुली),  जेठ १० गते । सिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ । रीतुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ । विद्यालय जानुअघि एक भारी घाँस काट्नु उहाँको दैनिकी हो । यसैगरी उहाँले कक्षा १० सम्मको पढाइ सकाउनुभयो ।

कक्षा ११ पछि माथिल्लो कक्षा पढ्न मरिण गाउँपालिकाले निःशुल्क साइकल उपलब्ध गराएको छ । विद्यालय आउजाउ गर्न सहजताका लागि स्याङ्तानसँगै स्थानीय खयरसाल मावि र कपिलाकोट माविका कक्षा ११ मा अध्ययनरत एक सय ६० छात्रालाई साइकल वितरण गरिएको छ ।

“साइकल चलाउनुका फाइदैफाइदा छन् । स्कुल आउजाउ गर्न छिटो हुन्छ, शारीरिक कसरत पनि हुने भयो । यो वातावरणमैत्री पनि छ”, साइकल चलाउन सिक्दै गर्नुभएकी स्याङ्तानले भन्नुभयो ।

रीतुमायालाई विद्यालय आउजाउ गर्न साइकल पाउँदा खुसी लागेको छ । दुःख साइकल चलाउने बाटोे कच्ची भएकामा छ । तल्लो देउजोरबाट माथिल्लो देउजोरसम्म ९एक घण्टा०को बाटो साँघुरो र कच्ची भएकाले साइकल डोहोर्याएर हिँड्नुको विकल्प नभएको उहाँले बताउनुभयो । साइकल दिएको स्थानीय सरकारले अब साइकल गुडाउने बाटो सुधार गरिदिनुपर्ने स्याङ्तानको भनाइ छ ।

मरिण बहुमुखी क्याम्पस पढ्न छोरीलाई कोठा खोजेर राख्नुभएका मरिण–२ सिर्थौलीका सुब्बा सिंह अब साइकलमा आउजाउ गराउने सोचमा हुनुहुन्छ । घरबाट विद्यालय पदैल आउजाउ गर्र्न छोरीलाई तीन घण्टा बढी लागेपछि कोठा भाडामा लिएर राख्नुपरेको थियोे ।

पालिकाले दिइएको साइकलले छोरीमात्रै होइन, अभिभावक पनि खुसी छन् । “छोरीसित साइकल चलाउने सीप हुने भयो, थप पढ्ने हौसला बढ्यो । पढेर छोरीले साइकल पाइन् भनेर हामीलाई पनि हर्ष भयो”, सिंहले भन्नुभयो ।

मरिणले गरेको कार्यको उहाँले प्रशंसासमेत गर्न भ्याउनुभयो । मरिणले जस्तै अरु पालिकाले पनि प्रोत्साहनका कार्यक्रम ल्याउन उहाँको सुझाव छ । साना बालबालिकालाई पनि १० कक्षा पास भएपछि साइकल पाउने कुराले पढ्न हौसला मिल्ने उहाँको धारणा छ ।

मरिण गाउँपालिकाले सुरु गरेको ११ कक्षामा अध्ययनरत छात्रालाई साइकल वितरण र स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई रु एक लाख दिने कार्यक्रमले शैक्षिक सुधारमा मद्दत गर्ने मरिण बहुमुखी क्याम्पसका प्रमुख खेमहरि बराल बताउनुहुन्छ । उच्च शिक्षामा महिलाको पहुँच बढाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँपालिकाले शनिबार साइकल दिएको भए पनि छात्रा पदैल नै विद्यालयमा आइरहेका छन्, केही दिन सिक्न समय लाग्छ । आफैँ चलाउन सक्ने भएपछि साइकलमै विद्यालय आउजाउ गर्दछन् भन्ने हाम्रो विश्वास छ ।”

आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रमअनुसार बजेट व्यवस्था गरेर कक्षा ११ मा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विर्मश मोक्तानले बताउनुभयो । उहाँका अनुसार स्थानीय सरकारले सडक नपुगेको ठाउँमा कच्ची बाटो भने पनि खनेको छ । त्यसलाई क्रमशः स्तरोन्नति गर्दैै लगिने छ ।

छात्राले एसइई दिएपछि पढाइ छाड्ने र सानै उमेरमा विवाह गर्नेको सङ्ख्या बढिरहेकाले छात्रा केन्द्रित कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष मोक्तानले बताउनुभयो । यी र यस्ता कार्यक्रमले स्नातक तह उत्तीर्ण गरेर परनिर्भर नहुने गरी विवाह गर्ने किशोरीको सङ्ख्या बढ्ने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्वाचन कार्यालय खारेज नगर्न सत्तारूढसहित १२ दल एकमत

निर्वाचन कार्यालय खारेज नगर्न सत्तारूढसहित १२ दल एकमत

पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा चर्को महँगी

पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा चर्को महँगी

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक बस्दै

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौंमा थप ६२ जनामा दादुरासँग मिल्दाजुल्दा लक्षण

काठमाडौंमा थप ६२ जनामा दादुरासँग मिल्दाजुल्दा लक्षण

सुरु भयो चीन–काठमाडौँ दैनिक उडान

सुरु भयो चीन–काठमाडौँ दैनिक उडान

खडेरीले बीउ सुक्यो, रोपाइँँ प्रभावित

खडेरीले बीउ सुक्यो, रोपाइँँ प्रभावित

भर्खरै प्रकाशित

निर्वाचन कार्यालय खारेज नगर्न सत्तारूढसहित १२ दल एकमत

निर्वाचन कार्यालय खारेज नगर्न सत्तारूढसहित १२ दल एकमत

पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा चर्को महँगी

पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा चर्को महँगी

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक बस्दै

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौंमा थप ६२ जनामा दादुरासँग मिल्दाजुल्दा लक्षण

काठमाडौंमा थप ६२ जनामा दादुरासँग मिल्दाजुल्दा लक्षण

सुरु भयो चीन–काठमाडौँ दैनिक उडान

सुरु भयो चीन–काठमाडौँ दैनिक उडान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि