Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

काभ्रेका स्थानीय तह : ‘जनताको सेवामा पहिलो वर्ष’

Author Avatar साझा न्यूज 26th May 2023 , 12:19 PM
काभ्रेका स्थानीय तह : ‘जनताको सेवामा पहिलो वर्ष’

काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको जनप्रतिनिधिले शपथ लिएको बिहीबार ठीक एक वर्ष पूरा भयो । शपथको एक वर्ष पूरा भएकै दिन नगरप्रमुख कुन्साङ लामाले ‘जनताको सेवामा पहिलो वर्ष’ नामक पुस्तक जनप्रतिनिधि, स्थानीय नागरिक, दलका स्थानीय प्रतिनिधि तथा सञ्चारकर्मीमाझ सार्वजनिक गरे।

पुस्तकमा समेटिएका विकासका विवरण उल्लेखित संक्षिप्त विवरण प्रस्तुत गर्दै उनले भने, ‘हामीले एक वर्षको अवधिमा अघिल्ला जनप्रतिनिधिले सुरु गरेको बाँकी कामलाई निरन्तरतासँगै नयाँ विकास–निर्माण कामको सुरुआत गरेका छौँ ।’ उनले नगरमा १८ वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षणको सुरुआत, नसर्ने रोग उच्च रक्तचाप, मधुमेह (सुगर), प्रोटिन परीक्षण निःशुल्क र एक वर्षसम्म निःशुल्क औषधिको व्यवस्था, नगरका ११ वटै वडाका विभिन्न एक सय सात स्थानबाट स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको बताए ।

यस्तै नगरले स्थानीय पाठ्यक्रम निर्माणको सुरुआत, बालमैत्री स्थानीय शासन सुरुआत, सबै विद्यालयमा बालमैत्री सम्पर्क शिक्षक तोकिएको र ११ वडामा बालमैत्री वडा समिति र बाल अधिकार वडा समिति पुनर्गठन, ४० सामुदायिक विद्यालय र छ संस्थागत विद्यालयमा बालमैत्री सूचकको अनुगमन, रु आठ करोड ३६ लाख लागत अनुमान तयार गर्दै बहु वर्षीय योजनामा समावेश गरी कृषि उत्पादन भण्डारणका लागि कोल्डस्टोर (शीतभण्डारण) निर्माणको सुरुआत, घरदैलोमै सामाजिक सुरक्षा वितरण, आफ्नो क्षेत्रमा पर्ने बिपी राजमार्गमा फोहर फाल्ने सवारीसाधनका चालक र यात्रुलाई कारबाही गर्न थालिएको लामाले जानकारी गराए ।

यसैगरी नगरले योजनाबद्ध विकासलाई प्राथमिकतामा राख्दै आवद्यिक योजना बैंक तयार गरेर विकास आयोजना सञ्चालन गर्न लागेका तथा रणनीतिक कृषि योजनामा भूगोल सुहाउँदो कृषि, उत्पादन र उत्पादकत्व बढाउने, लागत घटाउनेलगायतका योजना समावेश गराइने जनाइयो । यस्तै नगरवासीलाई स्वच्छ खानेपानीको व्यवस्था गराउने उद्देश्यअनुरूप ‘एक घर एक धारा’ अभियान सञ्चालनअन्तर्गत सुनकोसी खानेपानी आयोजनालगायत चार बृहत् खानेपानी आयोजना तथा आठ साना खानेपानी आयोजना सञ्चालन गरिएको जानकारी गराए।

यसैगरी जिल्लाको रोशी गाउँपालिकाले पनि बुधबार समीक्षा गरेको छ । गाउँपालिका अध्यक्ष दिनेश लामाले समीक्षा कार्यक्रममा शपथग्रहणमा गरिएका प्रतिबद्धता कार्यान्वयनमा सफलता मिल्दै गएको दाबी गरे । उनले पनि बुँदागत रूपमा प्रगति विवरण प्रस्तुत गर्दै अघिल्ला जनप्रतिनिधिले गरेको बाँकी कामलाई निरन्तरतासँगै नयाँ विकास–निर्माणको कामको सुरुआत गरेको जानकारी गराए । ‘हामी समृद्ध रोशी बनाउन प्रतिबद्ध छौँ, यसका लागि निर्वाचनका घोषणा गरेका सबै काम पूरा गर्नेछौँ’, लामाले भने ।

खानीखोला गाउँपालिकाका जनप्रतिनिधिले भने गत वैशाख ३१ गते एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै समीक्षा गरेको थियो । उक्त गाउँपालिका काभ्रेपलाञ्चोकको दक्षिण–पश्चिम क्षेत्र डाँडापारि(महाभारत पर्वत शृङ्खला)मा अवस्थित दुर्गम मानिने स्थानीय तह हो । एक वर्षको अवधिमा गाउँपालिकाले आफ्ना कृषकलाई व्यावसायिक कफी खेतीमा अनुदानदेखि वृद्ध वृद्धाको स्वास्थ्य परीक्षण तथा असहाय बालबालिकाको लागि आवासीय शिक्षणसम्मको अपेक्षित प्रगति गरेको जनायो ।

गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले एक वर्षको १४ बुँदे उपलब्धि सार्वजनिक कार्यक्रम निर्वाचित भएको एक पूरा हुँदै गर्दा आफूहरूले गरेको कामले खानीखोलाको विकास र समृद्धिको आधार निर्माणको चरणमा प्रवेश गरेको बताएका थिए । उनले खानीखोलाको भौतिक पूर्वाधारसँगै विशेषगरी शिक्षा र कृषि क्षेत्रलाई स्थानीयको सेवा सुविधामा उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन् । ‘एक वर्षमा सामाजिक न्याय, सुशासन र विकास थालनीका लागि थुप्रै काम प्रारम्भिक चरणमा अघि बढिरहेको छ’, थिङले भने ।

थिङका अनुसार एक वर्षमा कृषकलाई कफीमा अनुदान वितरणदेखि गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि मन्त्रिपरिषद् (क्यविनेट)बाट जग्गा स्वीकृत गरिएको तथा असहाय बालबालिकाको शिक्षा व्यवस्थित बनाउन कक्षा १ देखि १० सम्मका लागि आवासीय शिक्षण आरम्भ गर्नेसम्मका गतिविधि भएका छन् । उनीद्वारा सार्वजनिक एकवर्षे प्रतिवेदनमा देशमै पहिलोपटक ‘जसको उत्पादन: उसैलाई अनुदान’ कार्यक्रममार्फत खानीखोलालाई कफी पकेट क्षेत्रसँगै कृषकको आर्थिक जीवनस्तर वृद्धि गर्ने उद्देश्यले कफीमा प्रतिकेजी रु ३५ का दरले अनुदान वितरण, विकट खानीखोलालाई सदरमुकाम तथा सङ्घीय राजधानीसँग जोड्ने सडकअन्तर्गत खानीखोला र दुर्लुङ खोलामा पक्की पुलका लागि बोलपत्र आह्वान, बालविवाहविरुद्ध जनचेतनाका लागि आफ्नो क्षेत्रभित्रका सबै माध्यमिक विद्यालयमा सडक नाटक ‘जुनकिरी’ प्रदर्शनलगायतका काम भएको उल्लेख छ ।

यस्तै यस शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रमअन्तर्गत पहिलोपटक ११ विद्यालयमा मातृभाषा (तामाङ) भाषा शिक्षणको सुरुआत, छुकुम–धाप्ले महाँकालको सडकको ट्रयाक खोल्ने र संस्थागत खेलकुदको विकास गर्न प्रत्येक वर्ष सञ्चालन हुने गरी ‘खानीखोला कप खेलकुद प्रतियोगिता’को सुरुआतलगायतका काम गरिएको गाउँपालिकाले आफ्नो एक वर्षको उपलब्धिका रूपमा उल्लेख गरेको अध्यक्ष थिङले जानकारी दिए ।

यसैगरी गाउँपालिकाले बितेको एक वर्षमा ‘एकीकृत घुम्ती स्वास्थ्य सेवा’मार्फत ६० वर्ष नाघेका वृद्धवृद्धा तथा दीर्घरोगीको घर–घरमै मासिक नियमित स्वास्थ्य परीक्षण गर्दै आवश्यक औषधिमा सहयोग गरेको छ । अधिकांश जनजातिको बसोबास रहेको यस क्षेत्रमा गाउँपालिकाले तामाङ समुदायको इतिहास, उत्पत्ति र ताम्बाको भूमिका विषयक ताम्बा/डम्फु प्रतियोगिता, मगर समुदायको ‘वापा’ तालिम, आधारभूत मेलमिलापसँगै महिला सशक्तीकरण तथा रेविज सङ्क्रमणको जोखिम कम गर्ने उद्देश्यले सामुदायिक कुकुरको बन्ध्याकरण गराएको छ । काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन् । जिल्लाका केही स्थानीय तहले आउँदो साता वार्षिक समीक्षा तथा प्रगति विवरण सार्वजनिक गर्ने जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज