Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

छात्रबृत्तिको लोभमा सरकारी बिद्यालयमा भर्ना गरी पढाई भने बोडिङ स्कुलमा गर्ने

Author Avatar साझा न्यूज 28th May 2023 , 12:34 PM
विद्यालयका तह समायोजन गर्दै बैतडीका पालिकाहरु

कपिलवस्तुमा छात्रबृत्तिको लोभमा सरकारी बिद्यालयमा भर्ना गरी पढाई भने बोडिङ स्कुलमा गर्ने गरिएको छ। खासगरी सरकारी शिक्षकहरुले नै आफनो छोरालाईलाई छात्रबृत्ति पाउने लोभमा सामुदायिक बिद्यालयमा भर्ना गरी पढाई भने निजी बिद्यालयमा गर्ने गरिएको हो।

सामुदायिक बिद्यालयमा अध्ययन गरेका बिद्यार्थीलाई सरकारले छात्रबृत्तिमा प्राथमिकता र थप नम्बर दिने भएकोले कपिलवस्तुमा यस्तो अबैध काम बिगत लामो समय देखि हुदै आएको छ। तौलिहवा स्थित सिद्धार्थ बिद्या मन्दिर बोडिङ स्कुलका प्राचार्य गुनाखर गैरले खासगरी सरकारी शिक्षकहरुले नै आफना छोरा छोरीलाई छात्रबृत्ति पाउने आशमा सामुदायिक बिद्यालयमा भर्ना गरीे निजी स्कुलमा पढाईने गरिएको बताए। ‘ कपिलवस्तुमा यस्तो बिकृत्ति पहिले देखि हुनै आएको छ, तर यसलाई रोक्न कसैले चासो दिएका छैनन ’।

‘ मेरो बिद्यालयमा पनि सरकारी बिद्यालयमा भर्ना गराइएका आफना छोरा छोरीलाई पढाउन भन्दै बिद्यालयमा पनि शिक्षकहरु आएका थिए ’ उनले भने ‘ तर मैले मनिन ती शिक्षकहरुले अन्तै बोडिङ स्कुलमा पढाउन लागे ’। सरकारी बिद्यालयमा शिक्षक प्रअ, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरुले अहिले पनि सामुदायिक बिद्यालयमा भर्ना गराएका आफना छोरा छोरीलाई बोडिङ स्कुल पढाउने गरेका छन। कक्षा ८ देखि त्यसरी सरकारी बिद्यालयमा भर्ना गराईन्छ।

परिक्षा समेत सरकारी बिद्यालयमा दिलाईन्छ। त्यस्ता बिद्यार्थीहरु पढन भने निजी बिद्यालयमा जान्छन। लाग्ने सबै शुल्कहरु समेत निजी बिद्यालयमा तिर्ने गरेका छन। जाच मात्र सरकारी बिद्यालयमा दिने गर्छन। त्यस्ता बिद्यार्थीहरुको हाजिर समेत एकै पटक सरकारी बिद्यालयमा गराईन्छ। शिक्षा विकास तथा समन्वय ईकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेले ६ बर्ष अघि सम्म आफुले त्यस्ता अबैध काम गरिएको थाहा पाए पछि रोक्न खाजेको बताए। अहिले सबै अधिकार जति पालिकालाई गएकाले त्यस बारे आफुलाई थाहा नभएको उनले बताए। ‘

६ बर्ष अघि सम्म शिक्षाको काम शिक्षा कार्यालयले गथ्र्यौ तर ६ बाषर्् यता पालिकाहरुले शिक्षाका सबै काम गर्ने गरेका छन ’ उनले भने। छात्रबृत्तिको आशमा खासगरी शिक्षकहरुले नै यस्तो काम गर्ने गरेका उनी बताउछन। शिक्षा ऐन र नियमावली अनुसार बिद्यार्थीहरु जुन बिद्यालयमा भर्ना हुनछन त्यही हाजिर हुनु पर्ने, पढनु पर्ने र जाच पनि त्यही बिद्यालयमा दिनु पर्ने प्रावधान छ। तर सरकारी शिक्षकले निजी बिद्यालयलाई मिलाएर यस्ता अबैध काम गर्दै आएका छन।

तौलिहवा स्थित एक बोडिङ स्कुलका संचालक तथा शिक्षकले आफनो बिद्यालयमा समते दबाव दिएर एक सरकारी बिद्यालयका प्रअले आफनो छोरालाई पढाउन पठाएको बताए। ‘ मैले मानेको थिएन तर सारै दबाव दिए पछि माने, त्यो बिद्यार्थी सरकारी बिद्यालयमा भर्ना थियो तर मेरो बोडिङ स्कुलमा पढ्थ्र्यौ ’ उनले भने। ‘ लाग्ने शुल्कहरु सबै तिरेको थियो, एसईीईको जाच पनि सरकारी बिद्यालयबाट दिएको थियो ’ उनले भने। उनले खास गरी शिक्षकहरुले नै आफना छोरा छोरीलाई त्यसरी पढाउने र जाच दिलाउने गरेको बताए।

कपिलवस्तु नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख तथा उप सचिव हरि प्रसाद ज्ञवालीले जुन बिद्यालयमा भर्ना गरिन्छ त्यसैमा पढेर जाच दिनु पर्नै नियम रहेको बताए। ‘ भर्ना सरकारीमा पढाई बोडिङ स्कुलमा गर्न पाइैदैन ’ उनले भने ‘ यस बारे मलाई जानकारी छैन, कसैले त्यस्तो गरको थाहा पाए कारबाही गर्छौ ’ उनले भने। एसइई पछि आगाडीको पढाई गर्दा सरकारले सामुदायिक बिद्यालयमा पढेकालाई थप अंक दिने गरेकोले शिक्षकहरु नै यो अबैध काममा संल्न भएको बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

भर्खरै प्रकाशित

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज