Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पूर्वराजालाई सुवास नेम्बाङले भने— ज्ञानेन्द्रजी,दल खोलेर राजनीतिमा आउनुस्, मेरो शुभकामना !

Author Avatar साझा न्यूज 29th May 2023 , 12:44 PM
पूर्वराजालाई सुवास नेम्बाङले भने— ज्ञानेन्द्रजी,दल खोलेर राजनीतिमा आउनुस्, मेरो शुभकामना !

काठमाडौं, १५ जेठ । संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले विगतका कमीकमजोरी सच्चाएर अघि बढ्नुमा नै पन्ध्रौं गणतन्त्र दिवस मनाउनुको सार्थकता रहेको बताएका छन् ।
‘७० वर्ष लामो जनचाहना बमोजिम संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, धर्मनिरेपक्षता र समाजवादोन्मुख संविधान बनाएर हामीले गणतन्त्रलाई संस्थागत गर् यौं । पहिलो पटक जनताको संविधान बनायौं । नेपाली जनतालाई सार्वभौमसत्तासम्पन्न बनायौं । जनता अधिकारसम्पन्न भएका छन् । अब कुनै पनि परिवर्तनका लागि आन्दोलन गर्न नपर्ने अवस्था छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
नेम्बाङले मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा धेरै काम हुन बाँकी रहेको पनि औंल्याए । उनले भने, ‘संघीय गणतान्त्रिक व्यवस्थाका लागि हामीले धेरै राम्रो संविधान बनायौं । अब त्यसको कार्यान्वयनका सन्दर्भमा बुद्धि, विवेक र क्षमता देखाउनुपर्छ । जनताले नेतृत्वप्रति धेरै प्रश्न उठाएका छन् । आउने दिनमा तमाम कमीकमजोरीलाई सच्चाएर अघि बढ्नुमा नै गणतन्त्र दिवस मनाउनुको सार्थकता छ ।’
सरकारले जनताले अपेक्षा गरेअनुसार काम गर्न नसकेकाले निराशा छाएको पनि उनले स्विकारे । नेम्बाङले थपे, ‘मुलुकमा सरकार छ कि छैन, बन्यो कि बनेन भन्ने प्रश्न उठेका छन् । मंसिरमा चुनाव भएर संसद आयो तर सिन्को भाँच्न सकेन । संसद सरकारको बिजिनेसबाट चल्ने हो । सरकारले त्यो दिन सकेन । सर्वोच्च अदालत धेरै समयदेखि नेतृत्वविहीन रह्यो । यस्तो अवस्थामा जनता वाक्कदिक्क हुने नै भए ।’
नेता नेम्बाङले गणतन्त्रलाई चुनौती दिने भन्दा दल खोलेर अघि बढ्न पूर्वराजा ज्ञानेन्द्रलाई सुझाव दिए । उनले भने, ‘ज्ञानेन्द्रजीलाई नागरिकका नताले सम्मान गर्छु । आज उहाँले जे प्रश्न उठाउनुभएको छ, म त्यसलाई सम्मान गर्छु । लोकतन्त्रमा उहाँलाई त्यसो भन्ने अधिकार छ । उहाँले आलोचना गर्न पाउनुहुन्छ । दल खोल्न पनि पाउनुहुन्छ । दल खोलेर प्रतिस्पर्धा आउनुस्, मेरो शुभकामना छ ।’
दलहरु र तिनको नेतृत्वले संविधानलाई टेकेर देश र जनताको पक्षमा काम गर्न पर्याप्त ठाउँ रहेको पनि उनले औंल्याए । नेता नेम्बाङले भने, ‘गणतन्त्र यस्तो व्यवस्था हो, जहाँ व्यक्ति मन नपरे व्यक्ति बदल्न सकिन्छ, दल मन नपरे दल नै दल्न सकिन्छ । त्यसकारण नेतृत्व सच्चिएर जानुपर्छ , जनताको भावना बमोजिम चल्नुपर्छ र संविधानलाई टेकेर देश र जनताको पक्षमा काम गर्नुपर्छ ।’ देश र जनताको आधारभूत कुरामा राष्ट्रिय सहमति हुनुपर्ने पनि नेम्बाङको धारणा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

भर्खरै प्रकाशित

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज