काठमाण्डाै – सरकारले सामाजिक सुरक्षा भत्ता यथावत् राखेकाे छ । आउँदाे आर्थिक वर्ष २०८०/८१ काे बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सामाजिक सुरक्षा भत्ता यथावत् राखेकाे बताउनुभयाे ।
सरकारले सामाजिक सुरक्षाअन्तर्गत ६८ वर्षमाथिका नागरिकलाई मासिक चार हजार रुपैयाँ प्रदान गर्दै आएकाे छ ।