साझा न्यूज । तौलिहवा
सिचाई परियोजनका लागि बनाइएको नहर भत्कार माटो लैजाने क्रममा एउटा जेसिवि र दुई वटा टेक्टर कपिलबस्तु प्रहरीले नियन्त्रणमा लिइएको छ । कपिलबस्तु नगरपालिका वडा नं. ६ को निगालिकोटबाट दक्षिण तर्फ आउने नहर भत्काएर माटो लैजाने क्रममा उक्त जेसिवि र टेक्टर प्रहरीले नियन्त्रणमा लिइएको हो ।
राति नौ बजे नहर खन्दै गरेको थाहा पाएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । खबर गर्ने वित्तिकै सो स्थलमा प्रहरी पुगि टेक्टर र जेसिवि नियन्त्रणमा लिइएको स्थानिय क्रमुल्लाह जोल्हाले बताउनुभयो । उहाँले भन्नुभयो वर्षौ देखि सो नहरबाट स्थानियले हजौरा विगहा खेतमा सिचाई गर्दै आएको बताउनुभयो ।
सो विषयबारे सम्बन्धित निकाय बेखबर बनेको स्थानियको आरोप छ ।