Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बाल कक्षा व्यवस्थापनमा तीव्रता


बाल कक्षा व्यवस्थापनमा तीव्रता

जनकपुरधाम, जेठ १६ गते । गुणस्तर शिक्षा प्रदानका लागि बाल विकास कक्षा व्यवस्थापनमा धनौजी गाउँपालिकाले तीव्रता देखाएको छ । शिक्षालाई जरैबाट बलियो बनाउने उद्देश्यका साथ धनुषा जिल्लाको धनौजी गाउँपालिकाले पालिका क्षेत्रभित्रका सात वटा विद्यालयमा सञ्चालित १७ वटा बाल विकास कक्षा कोठालाई व्यवस्थित गर्न तीव्रता देखाएको हो ।

बालबालिकालाई गुणस्तर शिक्षा प्रदान गर्न गाउँपालिकाले १७ वटै बाल विकास केन्द्रका कक्षा कोठा व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा पच्चिस लाख रुपियाँ विनियोजन समेत गरेको धनौजी गाउँपालिकाका शिक्षा शाखा प्रमुख अनिलकुमार साहले बताउनुभयो । पालिकाको कुल ८ विद्यालयमध्ये सात विद्यालयमा १७ वटा बाल विकास कक्षा सञ्चालनमा रहेको बताउनुहुँदै शाखा प्रमुख साहले विगतमा बोरा ओछ्याएर भुँइमा बस्दै आएका बालबालिकाको सुविधाका लागि १७ वटै बाल विकासका कक्षा कोठालाई व्यवस्थित गर्न पालिकाले सो बजेट विनियोजन गरेको बताउनुभयो ।

विगतमा २४ वटासम्म सञ्चालनमा रहेका बाल विकास कक्षा बालबालिकाको चाप अनुसार घटाएर १७ वटा बनाइएको छ । प्रत्येक कक्षामा २० देखि २५ जना राख्ने गरिन्छ, त्यसको आधारमा १७ वटा बाल कक्षा मात्र सञ्चालन गरिने अवस्था देखिएकाले आवश्यकता अनुसार मात्र कक्षा सञ्चालन गरी गुणस्तर शिक्षा प्रदान गर्ने उद्देश्यले कक्षा घटाएर सुविधा बढाएको शाखा प्रमुख साले बताउनुभयो । “तर, पनि अहिले कतिपय विद्यालयमा कक्षा कोठाको अभावमा एउटै कोठामा दुई वटा कक्षा समेत सञ्चालनमा आएका छन्”, उहाँले भन्नुभयो ।

विगतमा भुँइमा बस्दै आएका बालबालिका कार्पेटमा बस्न थालेका छन् भने बालबालिकाका लागि खेलकुदका सामाग्रीहरु पनि व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो। कक्षा कोठा व्यवस्थापनमा सुधार आएपछि बालबालिका नियमित कक्षामा आउन थालेको र पढाइमा पनि उत्सुकता देखिएको उहाँको भनाइ छ ।

यसअघि गाउँपालिकाको शिक्षालाई चुस्तदुरुस्त बनाउन नयाँ शैक्षिक सत्र सञ्चालकको लागि शिक्षकहरुलाई पाँच दिने नयाँ परिपार्जित पाठ्क्रम सम्वन्धी तालिम समेत दिइएको जानकारी दिनुभयो ।

यस्तै, शिक्षा क्षेत्रमा काम गर्दै आएको सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाले युनिसेफलको सहयोगमा गाउँपालिकामा अभिभावक शिक्षा सञ्चालनको तयारी समेत पुरा गरिसकेको छ । यसको लागि पालिकामा १७ जना सहजकर्ता समेत तयार पारेको छ भने चाँडै नै अभिभावक शिक्षा पनि पािलकामा सञ्चालन हुने बाल विकास संयोजक अर्चना ठाकुरले जानकारी दिनुभयो ।

अभिभावक शिक्षाले बालबालिकाको शिक्षामा सकारात्मक प्रभाव पर्ने संयोजक ठाकुरको भनाइ छ । अभिभावक शिक्षाले बालबालिकालाई घोकाउने प्रवृत्ति हट्ने र अभ्यास मार्फत बालबालिकालाई शिक्षामा प्रेरित गरिने उहाँले बताउनुभयो ।

“विगतको कक्षा कोठा र अहिलेको कक्षा कोठामा पनि निकै भिन्नता छ”, उहाँले भन्नुभयो । पहिले बालबालिका भुँइमा बस्ने गर्थे, कोही घरबाट बोरा लिएर आउने गर्थे भने अहिले सबै कक्षा कोठामा चिसोबाट बच्ने कार्पेटको व्यवस्थाका साथै सुत्ने र खेल्ने सामग्रीको समेत व्यवस्था गरिएको संयोजक ठाकुरले बताउनुभयो ।

गाउँपालिकामा यसरी नै शिक्षा क्षेत्रमा सुधार हुँदै जाने हो भने शिक्षामा चाँडै फड्को मार्ने पालिका हुने उहाँको विश्वास छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

स्वीकृतिबिना पुरातात्विक क्षेत्र कुदानमा लुम्बिनी विकास कोषले गेट निर्माण गर्दै

स्वीकृतिबिना पुरातात्विक क्षेत्र कुदानमा लुम्बिनी विकास कोषले गेट निर्माण गर्दै

उपाध्यक्ष ल्हारक्यालले मायादेवी मन्दिर जीर्णोद्धारमा ७ करोड दिने

बढ्याे मायादेवी मन्दिरको प्रवेश शुल्क

सगरमाथा क्षेत्र पुग्ने पर्यटकको सङ्ख्या ८४ प्रतिशतले बढ्यो

सगरमाथा क्षेत्र पुग्ने पर्यटकको सङ्ख्या ८४ प्रतिशतले बढ्यो

कपिलबस्तु आउदै शेखर कोईराला र मन्त्री आचार्य

कपिलबस्तु आउदै शेखर कोईराला र मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार

मन्त्री आचार्यका सय दिन : मन्त्रालय र जिल्ला जोड्नेदेखि नीतिगत सुधारसम्म

एसडिजीले तय गरेको रणनैतिक कार्यविधिलाई हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ: मन्त्री आचार्य

भर्खरै प्रकाशित

स्वीकृतिबिना पुरातात्विक क्षेत्र कुदानमा लुम्बिनी विकास कोषले गेट निर्माण गर्दै

स्वीकृतिबिना पुरातात्विक क्षेत्र कुदानमा लुम्बिनी विकास कोषले गेट निर्माण गर्दै

मुख्यमन्त्री चौधरीले गरे प्रमुख राजनीतिक सल्लाहकार नियुक्त

मुख्यमन्त्री चौधरीले गरे प्रमुख राजनीतिक सल्लाहकार नियुक्त

उपाध्यक्ष ल्हारक्यालले मायादेवी मन्दिर जीर्णोद्धारमा ७ करोड दिने

बढ्याे मायादेवी मन्दिरको प्रवेश शुल्क

सगरमाथा क्षेत्र पुग्ने पर्यटकको सङ्ख्या ८४ प्रतिशतले बढ्यो

सगरमाथा क्षेत्र पुग्ने पर्यटकको सङ्ख्या ८४ प्रतिशतले बढ्यो

कपिलबस्तु आउदै शेखर कोईराला र मन्त्री आचार्य

कपिलबस्तु आउदै शेखर कोईराला र मन्त्री आचार्य

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज