Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

शिक्षा क्षेत्रमा लगानी बढाउन माग

Author Avatar साझा न्यूज 31st May 2023 , 4:59 PM
शिक्षा क्षेत्रमा लगानी बढाउन माग

सुर्खेत, जेठ १७ गते । सार्वजनिक शिक्षा सुधारका लागि शिक्षामा लगानी बढाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । कर्णाली प्रदेश सरकारको बजेट तर्जुमाको सन्दर्भमा शिक्षामा २० प्रतिशत लगानी सुनिश्चित गर्न माग गरिएको हो ।

शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले सुर्खेतको वीरेन्द्रनगरमा बुधबार आयोजना गरेको छलफल कार्यक्रममा बजेट व्यवस्थापबाट शिक्षामा लगानी बढाउन आग्रह गरिएको छ ।

शिक्षामा कुल बजेटको २० प्रतिशत रकम छुट्याउनुपर्ने, प्रदेशमा शिक्षा ऐन जारी गर्नुपर्ने, विद्यालयमा कर्मचारीको स्वीकृत दरबन्दी सिर्जना गर्नुपर्ने, विद्यार्थी अनुपात कम भएका विद्यालय गाभिनुपर्ने माग राखिएको छ ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ कर्णाली प्रदेशका अध्यक्ष गोविन्द कोइरालाले शिक्षामा लगानी कम हुँदा विपन्न र गरिव अभिभावक र विद्यार्थीलाई मार पर्ने गरेको बताउनुभयो । राज्यले शिक्षामा लगानि न्यून गर्दा प्रतिफल सोचेअनुसार आउन नसकेको उहाँको भनाइ छ । शिक्षामा लगानी बढाउन आवश्यक रहेको भन्दै बजेट बनाउँदा विशेष जोड शिक्षामा दिन उहाँले सुझाव दिनुभयो ।

अधिकारकर्मी देवि पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा क्षेत्र समेट्न प्रदेश सरकारसँग माग गर्नुभयो । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा अभिवृद्धिका लागि लगानी बढाउनुपर्ने उहाँको सुझाव थियो ।

सांसद कल्याणी खड्काले शिक्षामा लगानी कम हुँदा प्रतिफल खस्कदो अवस्थामा रहेको बताउनुभयो । शिक्षा क्षेत्र अगाडि बढ्न नसक्नुमा लगानी कम भएको भन्ने आएको सन्दर्भमा प्राकृतिक स्रोत साधनलाई उपयोग गरेर शिक्षा प्रणालीलाई सञ्चालन गर्न सक्नुपर्ने उहाँको भनाइ छ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेलले शिक्षा क्षेत्रमा पर्याप्त लगानी हुन नसकेकोबारे आफू सचेत रहेको जानकारी दिनुभयो ।

आउँदो बजेटमा सकेसम्म शिक्षा क्षेत्रलाई समेट्नेगरी योजना तर्जुमा भइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभया्े, “मन्त्रालयमा गत वर्षभन्दा बजेट घटेर आएको छ । तरपनि शिक्षा, स्वास्थ्य क्षेत्रमा लगानी नघटाउने योजना बनाउँदै छौं ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

भर्खरै प्रकाशित

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज