कपिलवस्तु २० जेठ
गर्मी अत्यधिक बढदै गए पछि पठनपाठनमा समस्या आएको जनाउदै कपिलस्तुका २ पालिकाका बिद्यालय बन्द गरिएका छन । कपिलवस्तुका बाणगंगा र कपिलवस्तु नगरपालिकाले बिदालय बन्द गर्ने निर्णय गरेका हुन । जिल्लाका अन्य ८ स्थानीय तहले समेत गर्मी बढे पछि बिदालय बन्द गर्ने बारे छलफल चलेको बताएका छन ।
कपिलवस्तु नगरपालिका नगर शिक्षा समितिले ५ दिन र बाणगंगा नगरपालिकाका बिद्यालयका प्रअहरुको बैठकले एक हप्ता गर्मी बिदा दिने निर्णय गरेका हुन । कपिलवस्तु नगरपालिकामा जेठ २२ देखि २६ जेठ सम्म र बाणगंगा नगरपालिकामा जेठ २२ देखि २८ जेठ सम्म बिद्यालयमा बिदा दिइएको छ ।
कपिलवस्तु नगरपालिका शिक्षा शाखाका प्रमुख हरि प्रसाद ज्ञवालीले गर्मी निरन्तर बढदै गए पछि पठनपाठनमा समस्या आएकाले बिद्यालय ५ दिन बिदा दिइएको बताए । पठनपाठनमा समस्या आएकाले एक हप्ताकालागि बिदा दिइएकोे बाणगंगा नगरपालिकाका शिक्षा शाखाका खिम बहादुर जिसिले बताए ।
जिल्लाका अधिकांस बिद्यालय टीनको छानो भएको र बिद्युत समेत अनियमित हुने गरेको छ । जसले गर्दा गर्मीमा पठनपाठनमा समस्या आउने गरेको शिक्षकहरु बताउछन । कपिलवस्तुक नगरपालिका– ६ स्थित जलवायु मापन केन्द्र रामनगर अनुसार एक साता यता जिल्लाको तापक्रम ४० देखि ४३ डिग्री सम्म पुगेको छ ।
गर्मीका कारण जिल्लाका अधिकांश विद्यालय विहानमा सञ्चालन हुँदै आएका छन् । गर्मीका कारण साना बालबालिकाहरु कक्षा कोठा मै निदाउने, अर्धचेत हुने समस्या बढेको शिक्षकहरु बताउछन ।