साझा न्यूज । तौलिहवा
कपिलबस्तुको कपिलबस्तु नगरपालिका ५ स्थित धर्म भक्त माध्यमिक विद्यालय बभनीमा सरस्वती मन्दिरको शिलान्यास गरिएको छ । सो मन्दिरको शिलान्यास वडाध्यक्ष दिरेप चौधरीले गरेका हुन ।
सो अवसरमा कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले कपिलबस्तु नगरपालिका भित्र रहेका ५२ वटै विद्यालयमा निशुल्क शिक्षा लागु गरिएको बताउनुभो । उहाँले नगरभित्रका कुनै पनि सामुदायिक विद्यालयहरुमा माध्यमिक शिक्षा सम्मका लागि कुनै पनि बाहानामा शुल्क उठाउन नपाईने निति आफुहरुले पूर्ण रुपमा लागु गराएको बताउनुभयो ।