कपिलवस्तु, २० जेठ
महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले नागरिकता बिधेयक पारित भए पछि बर्षौ देखि नागरिता बिहीन बनेकाहरुले नागरिकता पाउने बाटो खुलेको बताएका छन । राष्ट्रपतिले प्रमाणीकरण गरे पछि अब भने नागरिकताबाट बंचितहरुले नागरिकता पाउने उनले बताए ।
कपिलवस्तु नगरपालिकाले राखेको बधाई तथा स्वागत कार्यक्रममा उनले सो कुरा बताएका हुन । उनले यो बिधेयकको अनावश्यक बिरोध नगर्न आग्रह गर्दै नागरिताका कारण कैयो नागरिकता राज्यले प्रदान गर्ने धेरै सुबिधाबाट बंचित हुनु परेको बताए । पढाई रोजगारी बैकिंग सेवा लगातयका थुप्रै कार्यहरुबाट नागरिकताले गर्दा बंचित हुुन परेको उनले बताए । उनले वास्तविकले नागरिकका पाउनु पर्छ गैर नागरिकले भने पाउन नहुने उनले बताए । ‘ नागरिकता वास्तविकले पाउनु पर्छ, गैर नेपालीले भने पाउनु ह्दैन यसमा हामी सचेत हुनु पर्छ ’ उनले भने ।
उनले विकासमा पछि परको कपिलवस्तुमा ठुला परियोजना ल्याई विकास गर्ने आफनो पहिलो प्राथमिकता रहेको बताएका छन । समग्र जिल्लाको विकास नै आफनो ध्यय रहेको उनले बताए । जिल्लाका किसानको समस्या, बिकासको पछौटेपन आदी समस्या समाधानका लागि आफुले केन्द्रिय योजनामा जिल्लाका केहि बिकासका योजना सम्मिलित गराएको बताए ।
प्रदेश सरकारको योजनामा समेत कपिलवस्तु बिकासको लागि आवश्यक योजना राख्न पहल गरिने बताए । निर्वतमान काँग्रेस केन्द्रिय सदस्य तथा साँसद अतहर कमालले मानव बिकास सुचकाँकमा पछि रहेको कपिलवस्तु जिल्लाको बिकासमा मन्त्री आचार्यको पहल गर्नु पर्नेे बताए ।
नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले देशको अर्थतन्त्रमा समस्या देखिएको अवस्थामा आफुहरुले निर्वाचनमा गरेका प्रतिबद्धता अनुसार अगाडी बढ्ने बताए । सो अवसरमा मेयर पौडेलले समग्र जिल्लाको विकासमा मन्त्री आचार्यले पहल गर्नु हुने कुरामा आफुल ढुक्क रहेको बताए । सो अवसरमा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष तौलिहवाको कृषि देखि महिता सम्मको बाटो, बहादुरगंज देखि भवानी भिक्षु सम्मको बाटो लागतयका विकास निर्माणको काम छिटो छरितो गराउन ठोस पहल गर्न आग्रह गरे ।